Breaking News
Home / अर्थ / लुम्बिनी महोत्सवमा हस्तकला आर्कषण

लुम्बिनी महोत्सवमा हस्तकला आर्कषण

 

भैरहवा । लुम्बिनी राष्ट्रिय महोत्सव भैरहवामा हस्तकलाका सामानहरुमा दर्शकको आर्कषण बढेको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीद्धारा गतविहिवारदेखि जारी महोत्सवमा हस्तकलासंगै घरेलु कच्चा पदार्थ सिस्नो (अल्लो)बाट बनाईएका विभिन्न उपयोगी वस्तुहरु दर्सकले विशेष अभिरुची पुर्वक अवलोकन गरी खरिद गर्ने गरेका छन् ।

दाङबाट आएको अल्लोको सामान र ए फोर टे«निङ सेन्टर प्रा.लि.द्धारा निर्मीत सामानहरु कुशन, गुडिया, चुरा तथा माला सहित ३५ वटा वस्तुहरुमा भिड वढेको छ ।
महोत्सवमा कुशन, गुडिया, चुरा, पोते, फूल, माला, झोला बनाउने तालिम, बुटिक तालिम, फेशन डिजाइन तालिम, हाउस वायेरिङ, मोबाइल रिपेयरिङ, प्लम्बिङ तालिमसंगै प्रचारप्रसार र सचेतना जगाउने काम भईरहेको छ ।

विगत १५ वर्ष देखि हस्तकला क्षेत्रमा काम गर्दै आएकी ए फोर टेनिङ सेन्टर प्रा.लि. का प्रबन्ध निर्देशक हेमा बेल्बासे के.सी.(अनिशा)ले मेलामा हस्तकला सामाग्रीको विक्री बढ्दा खुशी लागेको र स्वदेशी वस्तुको प्रबर्धनमा टेवा पुगेको बताउनुभयो ।
उनले बनाएका सामानहरु ५० रुपैंयादेखि ३ हजारसम्ममा विक्री भईरहेका छन् । उनले स्टलबाट दैनिक १५ देखि २० हजारको कारोबार भईरहेको वताईन । मेलामा अन्यदिनभन्दा शनिबार कारोबार बढी हुने गरेको उनले दावी गरिन ।

“महोत्सवमा स्टल राखेपछि प्रचारप्रसार पनि भयो, तर स्वदेशी वस्तुको प्रयोग गर्नुपर्छ भनेर सचेतना नभएका कारण स्टलमा आउने केही ग्राहकहरुलाई बुझाउन ग्राहो हुन्छ, तैपनि विगतको तुलनामा स्वदेशी उत्पादनको प्रयोग बढेको छ, उनले भनिन ।

स्टल बाहेक सिद्धार्थनगर–८ स्थित बुद्धचोकमा रहेको ए फोर टेनिङ सेन्टर प्रा.लि.मा कोरियामा २० वर्षको अनुभव प्राप्त परीक्षकद्वारा कोरियन भाषा, एपिएस, टपिक परीक्षाको तयारी कक्षा तथा बुटिक तालिम, फूल, झोला बनाउने तालिम, चुरा तथा पोतेको माला बनाउने तालिम, फेशन डिजाइन तालिम, हाउस वायेरिङ, मोबाइल रिपेयरिङ, प्लम्बिङ तालिम पनि सञ्चालन भइरहेको छ ।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Leave a Reply

Tweet
Share
Pin
Share