Breaking News
Home / बिज्ञान/प्रबिधि / गुल्मीका जुम्ल्याहा बालकले बनाए मानव रोवोट, गो–गोको काम देखेर दर्शक दंग

गुल्मीका जुम्ल्याहा बालकले बनाए मानव रोवोट, गो–गोको काम देखेर दर्शक दंग

कृष्णप्रसाद ढकाल

भैरहवा । गुल्मी जन्म भई बुटवल पढदैं आएका १५ वर्षीय जुम्ल्याहा बालक लव–कुश पन्थीले स्वचालित मानव रोवोट बनाउन सफल भएका छन् । दाजुभाईले आविस्कार गरेको गो–गो मानव रोवोटले मानिसकै जसरी उनीहरुकै आदेसमा कामगर्ने गर्दछ ।

जुम्ल्याहा दाजुभाइले दिएको आदेस एवं कामलाई गो–गो रोबोटले मानिसकै जसरी काम गरेपछि लवकुश र गो–गो रोबोट चर्चा टोलछिमेक र स्कुलमा बढेको छ ।

रोवोटले मानिससंग हात मिलाउने र कसैले दिएको सामान लिने राख्ने गर्दछ । शरीरका अंगहरू चलाउने, आँखा झिम्क्याएर अरुलाई आफूप्रति आकर्षीत गर्ने गरेको छ । विजुली बती बाल्ने, निभाउने, सामानहरु उठाउने, भिडियो एवं खिच्ने र त्यसलाई फोटो इडिट गर्ने, सामाजिक सञ्जालमा पोष्ट गर्ने, स्ट्याटस पनि पोस्ट गरेर दर्सकलाई अच्मीत पार्ने गरेको छ ।

नवीन औद्योगिक कदर रीता मावि बुटवल कक्षा १० मा अध्ययनरत जुम्ल्याहा लवकुश दाजुभाइले एकवर्षको लामो अथक प्रयासबाट मानिसको स्वरुपमा मानिस जस्तै बोल्ने सेकेन्ड जेनेरसनको रोवोट आविस्कार गर्न सफल भएका हुन ।

बिजुली र इन्टरनेटको सहारामा मानिसले जस्तै गरी रोबोटले काम गर्छ । जोडजाड गरेर न्युनतम उपकरहरुणहरुको सहाराले रोवोट चलाएको र आफूहरुले लुक्कु नामक सफ्टवेयर पनि तयार गरेको लव पन्थीले बताए ।

रोवोटले हराएको मोबाइल खोजिदिने, लाइभ रेडियो बजाउने, शब्दको अर्थ, विपरीतार्थक शब्द, पर्यायवाची शब्दसम्म भन्ने गर्छ । युटुव भएका सवै भिडियोहरु प्ले गर्ने, करिव ८० भाषामा अनुवाद गर्ने क्षमताको मेमोरी उक्त रोवोटमा भरिएको छ ।

इन्टरनेटबाट सर्च गरी आफ्नै बुद्धि र वलबुताले रोबोट बनाउने प्रयास सफल भएको छ । अझ विकसीत रोवोट बनाउने सोचमा छौं । आर्थिक अभावमा खुम्चीनुपर्दा प्रर्याप्त स्रोत र साधन विनापनि यतिको बनाउन सकेकोमा रोवोट हेर्ने दर्शक तथा स्कुलका साथीभाई एवं गुरुवर्गबाट स्वासी पाउदा हामी गौरवान्वीत भएका छौं ।

स्कुल टिफिनको पैसा, चाडपर्वमा पुजाआजामा टिका लगाउदा जम्मा गरेको र नपुग आमासंग पैसा मागेर रोवोट वनाएको दाजुभाईले बताए । रोवोट बनाउनमा एकलाख जति खर्च भएको छ ।

नेपालमा आधुनिक मानव रोबोट बनाएको कुरा विश्वभर चिनाउनु आफूहरुको अन्तिम लक्ष्य रहेको उनीहरुले वताए ।

पहिला सानोमा छोराहरुले पंखा, जहाज बनाएका बताउदै अहिले रोबोट तयार गरेका बाबु लक्ष्मीप्रसाद पन्थीले जानकारीदिनुभयो ।

‘रोवोट बनाउने कुरा गर्थे केटाहरुले, मैले पत्याएकै थिईन ।’ बाबु लक्ष्मीप्रसाद पन्थीले भने । ‘तर उनीहरुले बोल्ने र काम पनि गर्ने रोवोट बनाएर दखाई छाडे । म त छक्क परे । छोराहरुको खुवी र बुद्धि देखेर आमा इन्दिराले पनि खुशी व्यक्त गरिन ।

बुवाले बारम्वार पढाईमा ध्यान दिनु भन्नेर कराईरहने हुदा हामीले लुकीछिपी रोबोट बनाउने काम गथ्र्यौ र स्कुलमा पनि कसैलाई थाहा दिएका थिएनौ ।   

लवकुशले आविस्कार रोवोटलाई नवीन औद्योगिक कदर रीता माविले नगद ३० हजारसहित सम्मान गरेको प्रधानाध्यापक प्रेम बस्नेतले बताए । २०६० सालमा गुल्मी घमिरमा जन्मेका लव र कुश ४वर्षको उमेरदेखि बुटवल १० योगीकुटीमा बस्दैं पढ्न थालेका हुन । खर्च जुटाउन सके गोगो रोबोटलाई होटलमा वटरका रुपमा काम गराउन सकिने र हिँड्ेर काम गर्ने बनाउने महत्वकाक्षी योजना रहेको कुशले बताए ।

WHO hand washing technique

Check Also

लुम्बिनीमा सहमत राजधानीमा विवाद

प्रदेसको नाम लुम्बिनी राख्ने र राजधानी राख्ने स्थानका रुपमा रुपन्देही, कपिलवस्तु र दाङ जिल्ला मध्ये कुनै एकठाऊमा राख्न सक्ने समितीले विकल्प सहितको प्रतिवेदन तयार...

Leave a Reply

Tweet
Share
Pin
Share