Breaking News
Home / Featured / विपदमा रेडक्रसको कविता वाचन

विपदमा रेडक्रसको कविता वाचन

सुशील गुरुङ/सिद्धार्थनगर । नेपाल रेडक्रस सोसाइटी बेलहिया एवं सिद्धार्थ र पड्सरी उपशाखाको संयुक्त आयोजनामा ‘विपद्मा रेडक्रस’ कविता प्रतियोगितामा काशी नोवेल एकेडेमीका सहभागी विद्यार्थी प्रथम भएका छन् ।

नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाका अनुसार ‘विपद्मा रेडक्रस’ कविता प्रतियोगितामा मावि स्तरीय कविता प्रतियोगितामा काशी नोबल एकेडमी स्कुलका छात्र आयुष पन्थ प्रथम भएका छन् । उसैगरी सि.वि. पब्लिक स्कुलका छात्रा रुपाली खाती द्धितीय र मुनलाईट आवासिय मा.वि.का छात्रा निकिता पाण्डे तृतीय भएकी छन् । यसैगरी नेपाल नालन्दा मा.वि.का छात्र विजय थापाले सान्त्वना भएको आयोजकले जनाएको छ ।

प्रथम र द्धितीय हुने विजेता प्रतियोगीहरुले यही २०७५ पुष १२ गते विहिबारका दिन हुने जिल्ला स्तरिय प्रतियोगितामा समेत आफनो प्रतिभा देखाउने अवसर पाउने नेपाल रेडक्रस रुपन्देहीका निर्वतमान उपसभापति रामचन्द्र उपाध्यायले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय उपाध्यक्ष प्रा.डा. सुदर्शन प्रसाद नेपालको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका जिल्ला सदस्य दिपक क्षेत्री न्यौपाने, कोषाध्यक्ष रुपमा हिराचनले विपदमा रेडक्रसले पुराएको सहयोगको बारेमा चर्चा गर्नुभएको थियो ।
यसैगरी काशी नोबल एकेडमी स्कुलका प्राचार्य राजेन्द्र घिमिरे, भन्सार एजेण्ट महासंघका केन्द्रिय अध्यक्ष डा.शान्त कुमार शर्माले विपदको समय, देशव्यापी रुपमा रगतको व्यवस्थापन, एम्बुलेन्स सेवा आदि मानवीय कार्यमा रेडक्रसले गरेको भुमिका, योगदान तथा विद्यार्थीको व्यक्तित्व विकासमा अतिरिक्त क्रियाकलाप अन्तर्गत कविता प्रतियोगिताले पार्ने प्रभाव बारेमा आप्mनो धारणा राख्नुभएको थियो ।

प्रतियोगितामा साहित्यकार तथा समाजसेवी वनमाली निराकर, पक्लिहवा कृषि क्याम्पसका उप–प्रध्यापक शैलेष गुरुङ्ग तथा नेपाल रेडक्रस सोसाइटी, सिद्धार्थ उपशाखाका निवर्तमान अध्यक्ष सतीष कुमार चौधरीले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रम संयोजक राकेश गुरुङ्गकोे स्वागत तथा पंकज उदासको संचालन गर्नुभएको थियो ।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Leave a Reply

Tweet
Share
Pin
Share