Breaking News
Home / Featured / दाङमा वस दुर्घटनामा ९ जनाको शव फेला

दाङमा वस दुर्घटनामा ९ जनाको शव फेला

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्री भन्नेस्थानमा शुक्रबार साझपख बस दुर्घटना हुँदा नौ जनाको ज्यान गएको छ ।

सल्यानदेखि दाङका लागि गुडिरहेको बा४ख९७६६ नम्बरको उक्त वसमा विद्यार्थी एवं शिक्षक सवार रहेका थिए ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक प्रेमबहादुर शाहीले दुर्घटनामा नौजनाको शव फेला परेको र घटनास्थलबाट घाईतेको उद्धारको कार्य जारी रहेको जानकारीदिनुभयो । घटनामा आठ जना पुरुष र एक महिलाको शव फेला परेको तर उनीहरुको सनाखत नभएको उनले वताए । प्रहरीले घाईतेको उद्धारसंगसंगै मृतकको पहिचान गर्ने कार्य जारी राखेको छ ।

जिल्ला सदरमुकाम तुल्सीपुरदेखि १३ किलोमिटर उत्तरमा भएको उक्त वस दुर्घटना हुदा सडकदेखि ५–६ सयमिटर तल खसेको छ । प्रहरीले घटनास्थलबाट घाइते एवं मृतकको शव खोजी कार्य जारी राख्दै उनीहरुलाई राप्ती अञ्चल अस्पताल पुराउने कार्य गरिरहेको छ ।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Leave a Reply

Tweet
Share
Pin
Share