Breaking News
Home / Featured / कपिलवस्तुका ५ जना अधिकारकर्मी समान्नीत

कपिलवस्तुका ५ जना अधिकारकर्मी समान्नीत

 

कपिलवस्तु । ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मधेश मानव अधिकार गृह (माहुरी होम)ले जवाफ देहिता निगरानी समिति मार्फत यसवर्ष ५ जना मानव अधिकारकर्मीहरुलाई सामुहिक रुपमा सम्मान गरेको छ ।

उच्च जोखीममा रही तराई मधेशका जिल्लामा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरु इन्सेकका प्रतिनिधी नन्दराम पौडेल, संचारकर्मी वनारसी बर्मा, महिला अधिकारकर्मी मिना विश्वकर्मा, कानुन व्यवसायी ओमप्रकाश अर्याल र दलित एवं पिछडा वर्गका सवालमा निगरानीकर्ता शैलेन्द्र हरिजनलाई सम्मान गरेको माहुरीहोमले जनाएको छ ।

मानव अधिकार, सामाजिक न्यायप्रति सदैव समर्पित रही बिगत एकदशक देखि कपिलवस्तु जिल्लामा मात्र नभई समग्र तराई मधेशका जिल्लाहरुमा मानव अधिकार उल्लघंनबाट पिडीतलाई न्यायमा पहुंच पुरयाएकोले उनीहरुको प्रसंशनीय कार्यको मुल्याङकन गरी सम्मान गरिएको माहुरी होमका संस्थापक अध्यक्ष रविन्द्र्रनाथ ठाकुरले जानकारीदिनुभयो।


प्रदेश सभा सदस्यहरु धर्मबहादुर श्रीवास्तव, दीर्घनारायण पाण्डे, शुषमा यादव, फौजिया नसीम र जिल्ला समन्वय समिति संयोजक नारायण खनालले उनीहरुलाई दोसल्ला एवं नगद र प्रशंसापत्र प्रदान गदैं संयुक्त रुपमा सम्मान गरेका थिए ।

यसैगरी जवाफदेहिता नगरानी समितीले विगत वर्ष अधिकारकर्मी रविन्द्रनाथ ठाकुर (रवि), गोपाल बहादुर सिंह, माधुरी श्रेष्ठ र माया ज्ञवाली सम्मान गरेको थियो ।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Leave a Reply

Tweet
Share
Pin
Share