Breaking News
Home / Featured / कपिलवस्तुमा नेपाल समृद्धिको ढोका भेटियो

कपिलवस्तुमा नेपाल समृद्धिको ढोका भेटियो

कृष्णप्रसाद ढकाल

जसले जिल्लाको मात्रै नभई नेपालकै आर्थिक सामाजिक एवं सास्कृतिक रुपमा सकारात्मक रुपान्तरणका लागि योगदान गर्दछ, यिनै कुराहरुलाई मध्यनजर गर्दे ओझेलमा परेका जिल्लाका पुरातात्विक, ऐतिहासिक स्थलहरुको प्रवर्धन, कृषि तथा व्यापारको विकास तथा विस्तार, असल संस्कृति एवं पहिचानको संरक्षण गर्दै महत्वपूर्ण पर्यटकीय क्षेत्रको रुपमा विकास गनुपर्र्ने आजको टडकारो आवश्यकता छ । यसो हुनसके समृद्ध नेपाल सुखी नेपाली भन्ने सरकारी नाराले सार्थकता पाउने छ । र कपिलवस्तुसंगै लुम्विनी एवं नेपालमा पर्यटक वृद्धि हुनेछन् । यसर्थमा मात्रै सरकारले आँटेको पर्यटन वर्ष २०२० सफल हुनेछ । 

सांस्कृतिक, धार्मीक र पुरातात्वको १५२ भन्दा वढी क्षेत्रहरु कपिलवस्तु जिल्ला भित्र रहेको विभिन्न स्रोतको दावी छ । यसैले होला अर्कोतर्फ कपिलवस्तु जिल्लालाई खुला संग्रहालय पनि भने गरिन्छ । प्रचार प्रसारमा कमी र फाईदा लिन नजान्दा कपिलवस्तु तराईको दुर्गम हुनपुगेको छ । यतिका धेरै संभावना र बहुमुल्य सम्पती हुदा बुझनेलाई श्रीखण्ड नवुझनेलाई खुर्पाको विड भएको छ ।

संघीय मुलुकको संरचना अनुसार प्रदेस ५मा परेको कपिलवस्तु जिल्लामा १० वटा स्थानिय सरकार र तीन निर्वाचन क्षेत्रमा विभाजित छ । प्रदेसको भूगोलका हिसावले पनि केन्द्र विन्दु मानिन र प्रदेसको राजधानी बनाउन उपयुक्त छ । पहाड जिल्लासंग जोडिएको चुरेको काख, मध्येक्षेत्र तराई र भारतका ठूलो रेल स्टेसन लाईन एवं पारवहनसंग नजिक सिमावर्ती जिल्ला हुदा धेरै संभावना र विकासमा सहजता देखिन्छ ।

विश्व शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्धको गृहराज्य कपिलवस्तु जिल्ला नेपालकै ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक क्षेत्रको खानी मानिन्छ । कपिलमुनी ऋषिको आश्रयस्थल, भगवान गौतम बुद्धले २९ वर्षे जीवन व्यतित गरेको र उनका बावु राजा शुद्धोधनको दरवार तथा ऐतिहाँसिक कपिलवस्तु राज्यको राजधानी तिलौराकोट, श्रृंगी ऋषिको तपोभुूमी, कनकमुनी बुद्धको जन्मस्थल निग्लीहवा, क्रकुछन्द बुद्धको जन्मस्थल गोटीहवा, हजारो शाक्यहरुको नरसंहार गरिएको संग्रहवा, राम वनवास वस्दा गुमेफिरेको जंगल र वाण हानी पानी निकालेको वाणगंगानदी, रामघाट, लक्ष्मणघाट, विश्वसम्पदा सूचि रहेको मानव निर्मीत ठुलो जगदीशपुर ताल, ऐतिहासिक तौलेश्वरनाथको शिवालय मन्दिर, शिवगढी, निग्लीहवा, अरौराकोट, लम्वुसागर ताल, कूदान, गोटीहवा लगायत कृषि, चरा, माछा, अवालोकन, स्थानीय चाड–पर्वहरु, ग्रामीण पदयात्रा साथै नेपाली कला संस्कृती झल्काउने विभिन्न आकर्षण हुन् ।

वहुभाषी, वहुजाती, बहूधर्म, बहू संस्कृति तथा परम्परा वोकेका सम्प्रदायको नमूना वस्तीहरु यहा पाउन सकिन्छ । विविधतामा एकता पाउन सकिन्छ । जिल्लाका ७८.५ प्रतिशत मानिसहरु कृषि पेशामा आश्रीत छन् । धान, गहु, माछा र उखु लगायतका कृषि जन्य उत्पादनहरु प्रमुख रहेका छन् । यसैगरि चुरे क्षेत्रको काँखमा रहेको प्राकृतिक घना जंगलको आफनै पहिचान तथा महत्व वोकेको छ जसले यस जिल्लाको सौन्दर्यता वढाएको छ ।

कपिलवस्तु जिल्ला ऐतिहासिक तथा पुरातात्विक हिसावले समृद्ध जिल्लाको रुपमा परिचय दिन सफल कपिलवस्तुको आफनै गौरव रहेको छ । कपिलमुनी ऋषिको आश्रय स्थल, भगवान गौतम बुद्धले २९ वर्षे जीवन व्यतित गरेको र उनका वावु राजा शुद्धोधनको दरवार तथा ऐतिहासिक कपिलवस्तु राज्यको राजधानी तिलौराकोट, श्रृंगि ऋृषिको तपोभूमि, विश्व सम्पदा सूचिमा रहेको मानव निर्मीत ठूलो जगदिशपुर ताल, ऐतिहासिक तौलेश्वरनाथको शिवालय मन्दिर, शिवगढि, निग्लहिवा, अरौराकोट, लम्वु सागर ताल, कुदान, गोटिहवा लगातका ६५ भन्दा वढि क्षेत्रहरु यहाँका गहनाहरु हुन् ।

यस्ता गहनाहरुले श्रृगारित कपिलवस्तु जिल्लाका सयौ मन्दिर र मस्जिद एवं गुम्वा र चर्चहरुका पुजारी र स्थानियवासीहरुको आपसी सद्भाव र सहिष्णुताले जिल्लाको सकारात्मक परिवर्तनका लागि उर्जा प्रदान गरेको छ । कपिलवस्तु जिल्लाका विभिन्न धरोहरहरु तथा विशिष्ट पहिचानलाई प्रवर्धन गर्दै जानु पर्ने आवश्यकतालाई कपिलवस्तुवासीहरुले आत्मसाथ गर्दै गएमा यसको विश्वब्यापी पहिचानलाई थप उचाईमा पुराउन सकिन्छ ।

चुरे पर्वत श्रृखंलाले काख च्यापेको कपिलवस्तु मध्यक्षेत्र भएर वग्ने वाणगंगा नदीले जिल्लालाई दुई चिरा पारेको छ । कपिलवस्तु जिल्ला ऐतिहासिक तथा पुरातात्विक हिसावले समृद्ध जिल्लाको रुपमा परिचय दिन सफल आफ्नै गौरव रहेको छ । कपिलवस्तु पूर्वमा रूपन्देही, पश्चिम दांङ देउखुरी, उत्तरमा अर्घाखाँची, केही पश्चिमी भाग र दक्षिण भारतीय सिमासँग जोडिएर रहेको छ । भौगोलिक अवलोकनमा कपिलवस्तु जिल्लाको कुल क्षेत्रफल १७३८ वर्ग किलो मिटर (१७५६९८ हेक्टर) रहेको छ । कपिलवस्तु उत्तर दक्षिण तीन क्षेत्र र पुर्व पश्चिम पनि तीन खण्ड क्षेत्र रहेका छन् । 

विभिन्न कोणले पहिचान र महत्व ठानिएका कपिलवस्तुको एकसय ५२ वटा स्पर्ट नेपालको समृद्धि ढोका हुन । यतिका धेरै संभावना र बहुमुल्य सम्पती हुदा बुझनेलाई श्रीखण्ड नवुझनेलाई खुर्पाको विड भएको छ । समृद्ध नेपाल सुखी नेपाली भन्ने सरकारी नाराले सार्थकता पाउन प्रदेस ५को केन्द्रविन्दु एवं राजधानीको संभावना बोकेको यसक्षेत्रसंग जोडिएको छ । अनि सरकारले आँटेको पर्यटन वर्ष २०२० सफल पार्न कपिलवस्तु लुम्विनीले ठूलो काँध थापेको छ ।

WHO hand washing technique

Check Also

देस अस्थिरतातर्फ जान लागेकाले संसद विघटन गरे : प्रधानमन्त्री ओली

निर्मला पन्त, भागरथी भट्ट लगायतको हत्यामा संलग्नलाई कारवाही गरेरै छाड्ने

Leave a Reply

Tweet
Share
Pin
Share