Breaking News
Home / Featured / जेहेन्दार एवं गरिव विद्यार्थीलाई सुईटर

जेहेन्दार एवं गरिव विद्यार्थीलाई सुईटर

 

बुटवल । तराईमा शितलहर र जाडो वढ्न थालेसगै तिलोत्तमा ७ भलवारीका एक व्यवसायीले स्थानिय प्रभात आधारभूत विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थिलाई न्यानो कपडा सुइटर बितरण गरेका छन् ।

भलवारीका भुवन इलेक्ट्रिकल्स संचालन उपेन्द्र अधिकारीले हाम्रो सानो सहयोगले विद्यार्थिलाई पढ्नमा उत्प्रेरण जगाउनुका साथै उनीहरुको पढन पाउनुपर्ने नैसर्गीक अधिकारमा वल पुगेको वताउनुभयो ।

स्थानिय तहमा रहेको सो सामुदायिक विद्यालयमा रहेका विभिन्न कक्षाका विद्यार्थिलाई सुइटर वितरण गर्दा मनमा अर्कै आनन्द आएको अधिकारीले अनुभव सुनाउनुभयो ।

एकदसकदेखि समाजसेवामा क्रियाशील उनी विद्यार्थीको पढ्न पाउने अधिकारसंगै उनीहरुलाई गास बास र कपासको समेत अत्यन्त जरुरी भएकाले सानो सहयोगले पनि उनीहरुका लागि ठूलो सर्पोट हुने धारणा राख्नुभयो ।

सहयोगी एवं समाजसेवी मनभएका महानुभावहरुका लागि विद्यालयका अतिरिक्त कपिलवस्तु वाल गृह तौलिहवा, सिद्धार्थ वालगृह भैरहवा लुम्विनी रोड, सत्यसाई वृद्धाश्रम भैरहवा, शान्ति वालगृह रुपन्देहीमा पनि सहयोग गर्ने ठाऊ एवं अवसरहरु रहेका छन् ।

जन्मदिन, विवाह, कुनै पुन्य कर्म गर्नुपरेमा उक्त स्थानमा रहेका अनाथ विपन्न, असहाय, वृद्ध एवं वालवालिकालाई आफनो गच्यअनुसार सक्दो सहयोग गर्दा सवैको कल्याण हुनेछ ।
यसैगरी कपिलवस्तु वालगृहमा संरक्षीत अनाथ एवं विपन्न वालवालिकाहरु दयालु महानुभावहरुको अन्न दान, लतोकपडो र शैक्षिक सामाग्रिको सहयोगबाटै जेनतेन गुजारा चलाईरहेको गृहका व्यवस्थापक रामप्रसाद अर्यालले जानकारीदिनुभयो ।

WHO hand washing technique

Check Also

हुईप जारीसंगै बहुमतले लुम्विनी प्रदेसको राजधानी बुटवलबाट देउखुरी जादैं

बुटवलबाट राजधानी सार्दा लुम्विनीको क्षेत्र १२ जिल्लासम्म फैलिएको, सरकारले प्रदेसको प्रशासनिक राजधानी देउखुरीमा वनाएर रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई पर्यटकीय, सांस्कृतिक राजधानी र बुटवल–भैरहवा वितिय राजधानी वनाउने यसैगरी बुटवल–भैरहवा वितिय राजधानी वनाउने

Leave a Reply

Tweet
Share
Pin
Share