Breaking News
Home / Featured / चर्पीमा शौच गर्न ११ वर्ष लाग्यो !

चर्पीमा शौच गर्न ११ वर्ष लाग्यो !

 

कृष्णप्रसाद ढकाल/लुम्विनी । प्रदेस ५को राजधानी रुपन्देही जिल्ला अधिराज्यभरमा ६१ औं खुला दिसामुक्त जिल्लाको सूचीमा परेको छ ।
विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्विनीस्थित ग्लोवल बौद्धिष्ट कन्फरेन्स हलमा शुक्रवार आयोजित खुला दिसामुक्त घोषणासभामा आयोजकले उक्त कुराको जानकारीदिएको हुन । शुक्रवार औपचारिक रुपमा प्रदेस ५ सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको आतिथ्यतामा खुला दिसामुक्त घोषणा गरिएको छ । उनले लुम्विनीमा खुला दिसामुक्त स्मारकको समेत अनावरण गरेका छन् ।

विकास समृद्धिको अभियान कहिलेसम्म ?
राजनैतिक परिवर्तनसगै नागरिकमा जनचेतना जागृत भएको र उनीहरुको सपना र अपेक्षा पनि ज्यादै वढेको बताउदैं मन्त्री चौधरीले अव मुलुक चर्पीको पछि नलागी विकास र समृद्धिको अभियानको चरणमा प्रवेश गरेकाले सरकार गंभिर भएर अगाडी बढेको उनले वताए ।
प्रदेस एवं राज्यभरमा अन्य जिल्लाभन्दा रुपन्देही स्वास्थ्य, शिक्षा, उद्योग व्यापार, कृषि, पर्यटन एवं जनचेतनास्तरमा अग्रणी ठानिएपनि खुला दिसा मुक्त क्षेत्रमा भने पछाडीेको सूचीमा पर्दा अलि नरमाईलो महशुस भएको उनले गुनासो गरे ।

प्रदेसमा प्युठान पहिलो
प्रदेसका १२ वटा जिल्लामध्ये खुला दिसामुक्त घोषणा अभियानमा प्यूठान पहिलो र रुपन्देही अन्तिम–अन्तिम ११औं मा परेको छ । यसैगरी राज्यका ७७ जिल्लामध्ये ६१ औं जिल्ला बनेको खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालयका प्रमुख राजकुमार चौधरीले जानकारीदिनुभयो । प्रदेस ५मा अझै खुला दिसामुक्त हुन बाँकी देखिएको कपिलवस्तु जिल्ला मात्रै हो ।

कपिलवस्तु पछाडी
कपिलवस्तुका नगर एवं गाऊपालिकाका धेरै वडाहरु खुला दिसामुक्त घोषीत भएका छन् । पहिलेदेखि खुला ठाउँमा शौच गर्न बानी परेका र केहि व्यक्तिको अटेरी एवं प्राविधिक कठिनाईका कारण केहि वडाका टोल वस्तीमा केहि घरहरुले चर्पी नबनाउदा अलिकति पछाडी परेको जिल्ला समन्वय समितीका अध्यक्ष एवं जिल्ला खानेपानी सरसफाई स्वच्छता समन्वय समिती कपिलवस्तु संयोजक नारायण खनालले जानकारीदिनुभयो । उनीहरुलाई फकाई फूलाई, समझाई बुझाई सम्मानका साथ चर्पी वनाउन अनुरोध गरेका छौं । उनले भने । 

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले चर्पी वनाउने अभियानमा हामीलाई ठूलो सहयोग पुराएको शौचलाय निर्माणका अभियन्ता एवं सामाजिक परिचालक अर्जुन वेल्वासेले बताए ।

वर्षेनी लाखौं रकम खर्च
खुला दिसामुक्तको अभियान २०६४ सालदेखि जारी छ । वर्षेविच्छे खुलादिसामुक्त अभियानको बानी पार्न लाखौं रकम खर्च गर्ने विभिन्न नाराहरु एवं रणनीति तय गरी व्यवापक रुपमा पर्चा, पोष्टरीङ, व्यानर, रयाली प्रर्दसन, अन्तरक्रिया गोष्ठी, छलफल बैंठक गर्ने सरोकारवालाहरुले प्रतिबद्धता जाहेर गर्ने र जनचेतना फैलाउने काम गरेका छन् ।
तर लक्ष्य अनुसारको प्रगती हुननसक्दा अभियान चलाएको ११ वर्षमा पनि अझै हामी आफनो दिसा–पीसाव चर्पीमा गर्नुपर्छ भन्ने कुरामा अल्झीरहदा विकास र समृद्धिमा पछाडी परेको जिल्ला समन्वय समिती रुपन्देहीका अध्यक्ष एकराज विश्वकर्माले बताए ।

‘एक घर एक चर्पी’
‘एक घर एक चर्पी’ निर्माण अभियानको सन्देसलाई जिल्लाका सबै घरधुरीहरुमा पुराएर चर्पी बनाउन सफल भएको पश्चिमाञ्चल ग्रामिण खानेपानी सरसफाईका विपिन पौडेलले बताए ।
यसैगरी नमूना एकिकृत विकास परिषदको अध्यक्ष ज्ञानु पौड्यालले धेरै चुनौतिका बाबजुद जिल्लालाई खुल्ला दिसामुक्त घोषणाको अभियानमा पुगीएकोले अब पुर्ण सरसफाईका लागि अझै काम गर्न धेरै बाकी रहेको वताउनुभयो ।
जिल्लाका पालिकाभित्रका शहरी क्षेत्र एवं सडक चौकहरुमा आवश्यक रुपमा सार्वजनिक शौचालयहरु नभएको र ग्रामीण क्षेत्रमा ठाटीमाटी, सेउलाले वारेका अस्थायी कच्ची चर्पीको अवस्था कमजोर छ । कतिपयले घरमा चर्पी निर्माण गरेपनि प्रयोग गरेका छैनन।

पर्यटकलाई लाज
नेपालमा स्थलमार्ग भएर सवैभन्दा बढी पर्यटक भित्रिने रुपन्देही नाका एवं बुद्धको जन्मभूमीमा खुला शौच गर्ने बानी रोक्नुपर्ने वताउदैं उनले भने । ‘बाहिर खुला ठाउँमा शौच गर्दा व्यक्ति, परिवार, टोल, गाउँ, गाउँपालिका र अन्त्यमा जिल्लाकै बेइज्जत भइरहेको छ ।’ जिल्लामा खुला दिसामुक्त घोषणामा पछि पर्दा बेइज्जती एवं लाजमर्दो भइरहेको कुरा हामीले अफठारो महशुस गरेका छौं उनले भने ।
गतचैतमा १९ गते लुम्विनी सास्कृतिक नगरपालिका खुला सिदामुक्त क्षेत्र घोषा भएपछि रुपन्देहीका सवै क्षेत्र खुला दिसामुक्त क्षेत्र घोषणा भएका छन् । जिल्लामा एक लाख ६३ हजार ८ सय ३५ घरधुरीमा शौचालय निर्माण सम्पन्न भएका छन् ।
सरसफाई गुरुयोजना, औचित्य एवं आवश्यकताका आधारमा रणनीति परिवर्तन, मर्चवारमा सरसफाई सम्मेलन, चर्पी निर्माणमा अनुदान दिने, नदिने, प्रोत्साहन रकम दिने, सवैलाई चर्पी बनाउन अनुदान नदिने, सरसफाई अभियान सफल पार्नका लागि विभिन्न रणनीतिहरु तर्जुमा, सरोकारवालाहरुविच प्रतिवद्धता एवं सक्रियताका कारण ११ वर्षपछि रुपन्देही बल्ल शुक्रवार औपचारिक रुपमा खुला दिसामुक्त घोषीत भएको छ ।

पर्यटकको प्रवेशद्वार वेलहिया नाकास्थित ढलमा अडकिएको फोहर सफा गर्दै नेपालका सुरक्षाकर्मीहरु ।

अव पुर्णसरसफाईको चरणमा प्रवेस
जिल्लाका सवै १६ वटैं पालिकाहरु घोषणा भएका छन् । खुल दिसामुक्तपछिको पुण्र्ढा सरसफाई कार्यक्रम संचालनमा जोड, सूचक र स्टिकरहरुको मोडल ल्याईएको छ । खुल्ला दिसामुक्त घोषणा भएका क्षेत्रहरुको निरन्तर अभिमुखीकरण र अनुगमनमा जोड दिदै अध्यक्ष विश्वकर्माले अव पुर्णसरसफाईको चरणमा रुपन्देही प्रवेस गरेको जानकारीदिए ।
शौचालय बनाउने हैसियत नभएका विपन्न दलितलाई स्थानिय सरकार गाउँपालिका नगरपालिकाले धेरै ठाऊमा रिङ, पाइप, प्यान सिट र एक जना मिस्त्रीको ज्याला समेत उपलव्ध गराउन बाध्य भए ।

सम्मान कस–कसले पाए
जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिती रुपन्देही डिवासिसिको १० लाख अक्ष्यकोषको व्याज रकमबाट सिद्धार्थनगर नगरपालिका ततकालिन प्रमुख प्रशासकीय अधिकृत यमबहादुर कुँवर, लुम्विनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, गैडहवा गाउपालिकाका कार्यकारी प्रमुख रुद्रमणी गिरी, टेकराज भट्टराई, सचिवहरु शैलेन्द्र मिश्र, विष्णु गौतम, सामाजिक परिचालकहरु कविता थारु, धर्मेेश यादव, लक्ष्मण उपाध्याय, दीपा शर्मा, संचारकर्मीद्वय मिना ढकाल, राधेश्याम विश्वकर्मा, समाजसेवी मर्चवारका रामगणेश पाल, गैडहवाका तुलबहादुर वि.क., सिद्धार्थनगर नगरपालिकाका शेखरनाथ पन्थीलगायत सम्मानीत भएका छन् । उनीहरुले आर्थिक वर्ष २०७३।७४ र ०७४।७५ मा गरेको कामको मुल्याङकनका आधारमा छुट्टाछुट्टै रुपमा सम्मान गरेको हो ।

घोषणासभामा को–को बोले
प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मंगर, नमूना एकिकृत संस्थाका अध्यक्ष ज्ञानु पौडेयाल, खानेपानी विभागका प्रतिनिधी उपसचिव नन्दलाल वन्जाडे, खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालयका अधिकृत ईश्वरी प्रसाद आचार्य, सामुदायिक प्रकोप नियन्त्रणका जगनाथ कुर्मी, युनिसेफका प्रतिनिधीहरु लगायत विभिन्न संघसंस्था एवं पालिकाका प्रमुख सहभागी थिए ।

फिनल्याड राजदूतावासका प्रतिनिधी यारी लोका
फिनल्याड राजदूतावासका प्रतिनिधी यारी लोका फिनल्याण्डले नेपालमा खानेपानी सरसफाई, स्वास्थ्य र शिक्षाको क्षेत्रमा लगानी गरिरहेको छ । फिनल्याण्ड सरकारले युनिसेफलाई पनि सहयोग गरिरहेको छ । विगत १० वर्षदेखि फिनल्याण्ड सरकारले नेपालमा सरसफाई र खानेपानीमा लगानी गरिरहेको छ । आजको खुलादिसामुक्त घोषणा गरिएको छ अब पुर्णसरसफाई हुनुपर्दछ । सरसफाई हुदा सवैको स्वास्थ्य हुन्छ ।

वासुको प्रतिवद्धता
तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले नगरपालिकालाई पुर्ण सरसफाईको अभियानमा लागेको बताउनुभयो । यसैगरी बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमा आचार्यले घरमा चर्पी नबनाउनेको नक्सापास नहुने र अन्य सिफारीशमा समेत रोक्का गरीएको बताउनुभयो ।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Leave a Reply

Tweet
Share
Pin
Share