Breaking News
Home / अर्थ / मन्त्री लिलाबाट लुम्विनी महोत्सवको समापन गरिदैंं

मन्त्री लिलाबाट लुम्विनी महोत्सवको समापन गरिदैंं

भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवामा जारी सातौं लुम्बिनी राष्ट्रिय महोत्सवको आईतवार विधिवतढंगले समापन्न हुदैछ । महोत्सव मंसिर २० गते देखि सुरु भई पुस १ गतेसम्म व्यवस्थीतढंगले भव्य र सभ्यढंगले जारी रहयो । समापन्न समारोहमा प्रदेश नम्बर५ सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री लिला गिरी प्रमुख अतिथिको रुपमा रहेको महासचिव नेत्र आचार्यले जानकारीदिनुभयो ।

महोत्सवमा अन्य दिनभन्दा शनिवार दर्शकको घुइँचोले मेलास्थल भरीभराऊ देखिन्थ्यो । भैरहवाका स्थानीयवासी समेत रहेका राष्ट्रियस्तरका लोकप्रिय आधुनिक गायक हेमन्त शर्माको प्रस्तुती हेर्न मेलास्थलमा दर्शकको उल्लेखनीय उपस्थिति रहेको थियो ।

दर्शकलाई छमछम नचाएका हेमन्तले महोत्सवको माहोल नै उत्साहजनक बनाएका थिए । गायक शर्माका साथै शनिबार लोकदोहरी गायक प्रचण्ड जिसी, रुपा घर्ती मगर, धन बहादुर गुरुङ्ग लगायतको प्रस्तुति रहेको सांस्कृतिक कार्यक्रम व्यवस्थापन समिति संयोजक दिपेन्द्र प्रधानले बताए ।

मेलामा मायादेवी पेभिलियन समेत गरी २ सय ७५ स्टलहरु रहेका छन् । कृषि पेभिलियन तर्फ २० हस्तकला तर्फ २५, औद्योगिक तर्फ ५५, होजेरी तथा गार्मेन्ट ६५ अटोमोबाइल्स तर्पm १३, बैंक तथा वित्तीय संस्था ५, होटल तथा रेष्टुरेन्ट तर्फ १६, इलेक्ट्रोनिक्स ८, खाद्यान्न तर्फ १९, कस्मेटिक ४, शैक्षिक परामर्श, २, फुटवेयर ९, स्वास्थ्य तर्फ २, पर्यटन तर्फ ७ वटा रहेका स्टल व्यवस्थापन समिती संयोजक ठाकुर श्रेष्ठले वताए ।

महोत्सवमा मुख्य आकर्षणको रुपमा प्रदेश नम्बर ५ का प्रमुख मध्ये दुई गन्तव्य लुम्बिनीको मायादेवी मन्दिर र नेपालको ताजमहलको रुपमा परिचित पाल्पाको रानीमहलको आकृतिको निर्माणले भेलामा दर्सकलाई आकर्षीत गरेको महोत्सव संचालन मूल समिती संयोजक कुलप्रसाद न्यौपानेले जानकारीदिनुभयो ।

महोत्सवमा करिव दर्सकको उत्सहाजनक भिड रहेको र उनीहरुलाई सहज रुपमा टिकट उपलव्ध गराएको टिकट व्यवस्थापन एवं प्रकाशन समितीका संयोजक सुरेन्द्र उपाध्याय पौडेलले जानकारी दिनुभयो ।

WHO hand washing technique

Check Also

आन्तरिक मामिला तथा कानुनमन्त्री केसी आइसोलेसनमा

रुपन्देहीमा दिनप्रतिदिन कोरोना संक्रमीत विरामीहरुको वढेका छन्।

Leave a Reply

Tweet
Share
Pin
Share