Breaking News
Home / Featured / रुपन्देहीबाट चारहजार अभियुक्त फरार

रुपन्देहीबाट चारहजार अभियुक्त फरार

भैरहवा । रुपन्देही जिल्ला अदालतले फैसला गरेका चारहजारवढी अभियुक्त फरार रहेका छन् । अदालत एवं प्रहरीले ८१ वर्षदेखि हराइरहेका अभियुक्तलाई अझै फेला पार्न सकेको छैन । रुपन्देही जिल्ला अदालतले डाकाँ मुद्धामा ६ बर्षको कैद फैसला गरेका रुपन्देही तप्पे जोगडा, सडहवाका अधारे कोहार, बिडारी थारु र श्रीपथ पाठक ८१ बर्ष देखी हराइ रहेको जिल्ला अदालत रुपन्देहीका तहसिलदार एवं फैसला कार्यान्वयन अधिकारी पे्रमनारायण पराजुलीले जानकारीदिए । बिस १९९२ साल जेठ ३ गते अदालतले उनीहरुमाथि डाँका मुद्धाको अभियोगमा ६ वर्ष कैद सजाय सुनाई खोजी गरेपनि पता लगाउन सकेको छैन ।

उनीमात्रै होईन रुपन्देही प्रहरी एवं अदालतका कर्मचारीले विभिन्न मुद्धाका नेपाली ४ हजार एकसय ६५ जना र विदेसी ९१ जना सहित कुल चारहजार दुईसय ६१ जना विदेसी अभीयुक्तलाई अझै पक्राउ गरी फैसला कार्यान्वयनमा पछाडी परेका छन् । यो संख्या  कार्तिक मसान्तसम्म रुपन्देही जिल्ला अदालतले दण्ड जरिवाना लागेका व्यक्तिहरुको असुल पछर्यौट गर्न बाँकी विवरण हो ।

उनीहरुमाथि विभिन्न प्रकृतिका अपराधजन्य मुद्धा छन् । जसमध्ये लागुऔषध सेवन तथा ओसारपोसार, कर्तब्य ज्यान, जवरजस्ती करणी, ठगी, चोरी अभियोगका बढी छन् । जसमा कैदमात्र लागेका ७४७,  जरिवाना लागेका दुईहजार १९, कैद र जरिवाना दुवै लागेका एक हजार ४०४ जना नेपाली रहेका छन्

तहसील फाटका अनुसार कार्तिक मसान्तसम्म अदालतले पाचहजार ७२ बर्ष ७ महीना २० दिनको कैद संजाय भुक्तानी गर्न अझ बाँकी छ  । चालुवर्षको पहिलो चौमासिकभित्र ३ सय ९८ वर्ष ४ महिना १५ दिन कैद फछर्यौट भएको छ । साथै उनीहरुबाटै अदालतले १७ करोड ३६ लाख ५६ हजार ४ सय ४२ रुपैया दण्ड जरीवाना असुली गर्न अझै बाँकी देखिएको छ । चालुवर्ष एक करोड ९ लाख ८३ हजार ४ सय ८८ रुपैया असुल गरेको छ । समयमै जरिवाना असुल हुननसक्दा सरकारी राजस्व संकलन प्रभावित भएको छ ।

मुलुकमा राजनैतिक परिवर्तनसंगै स्थानिय निकाय गाविसहरुको नाम पनि वेलावखतमा फरक परेकाले अभियुक्त जीवित फेला पार्न चुनौती देखिएको तहसीलदार पाण्डेले बताए । ततकालिन समयमा अभियुक्त कोहार, थारु र पाठकले अदालतको रजिष्टरमा लेखाएको तप्पे जोगडा, सडहवाको उल्लेखित ठेगाना रुपन्देही जिल्लाभरी कतै छैन् । ठेगानाको अस्पष्टताले गर्दापनि मान्छेलाई पक्राउ गर्न अफठारो परेको अदालतका कर्मचारी एवं प्रहरीले गुनासो गरे ।

अदालतले फैसला गरेर पनि लामो समयदेखि अभियुक्तहरु पक्राउ नपर्दा फैसला कार्यान्वयन हुन नसकेको अवस्था छ ।

नव नियुक्त प्रधानन्यायधिश ओमप्रकाश मिश्रले चालुवर्षलाई फैसला कार्यान्वयनको वर्षका रुपमा मनाउने निर्देशन एवं निर्णय बमोजिम रुपन्देही अदालतले पनि उक्त कार्यकालागि कर्मचारी तथा न्यायिक प्रहरी परिचालन गरे उपसचिव श्रेस्तेदार संजीव पोख्रेलले जानकारीदिए । भदौं १ गतेदेखि लागु भएको नयाँ मुलुकी संहितालाई कार्यान्वयन गर्दै जाने र अर्कोतर्फ अदालतले  विगत ५० वर्ष पुराना मुद्धाहरुको लगत कट्टा गर्ने तयारी गरिरहेको छ । अदालतले निर्णय गरेका देवानी तथा फौजदारी मुद्धाको फैसला कार्यान्वयन एवं फर्छौटमा देखिदै आएको समस्यामा र संख्यामा अब केहि कमी आउने विश्वास गरिएको छ । यसबाट करिव १५ प्रतिसत मुद्धा लगत कटौती हुने अधिकारीले जानकारीदिए ।

यसैगरी देवानीतर्फका अधिकांश मुद्धाहरु पनि फौजदारी जस्तै अदालतले फैसला कार्यान्वय गर्नसकेको छैन । देवानी अन्र्तगत बिगो भराउने, चलन चलानी, बण्डा छुट्याउने मुद्धाको कार्यान्वयन हुन ढिलाई हुदा पिडितले न्याय पाउन सकिरहेका छैनन । अदालतले न्याय सुनाएपनि अझसम्म फैसला कार्यान्वय नहुदा पिडितले न्यायको महसुस गर्न पाएका छैनन् । अर्कोतर्फ करौडौ जरीवाना वापतको रकम उठाउन बाँकी देखिएको छ । कतिपय पुराना लगतहरुको अस्पष्टता, बिदेसी नगारीक, अभीयोगीहरु फरार भई बाह्य मुलुकमा बस्दै आउनु तथा फैसला कार्यान्वयन सम्वद्ध सरकारी निकायहरु बिच अन्तरसमन्वयको कमीका कारण पनि फैसला कार्यान्वयनमा केही कठीनाई भएको तहसिलदार पाण्डेले गुनासो गरे ।

सरकारले समेत अदालतको फैसला कार्यान्वयलाई प्रभावकारी रुपमा संचालन गर्न अदालतमा न्यायीक प्रहरी समेत राख्ने निर्णय गरेको छ । अभियुक्त पक्राउ गरे वापत प्रहरी एवं अदालतका कर्मचारीले अभियुक्तबाट असुल उपर गर्न बाकी ठहरेको कैद दण्ड जरीवानाको रकमबाट २५ प्रतिसत प्रोत्साहन कमीसन पाउने व्यवस्था रहेको छ । तर पनि रुपन्देहीमा फैसला कार्यान्वयन धेरै फितलो देखिएको छ ।

सरकारले २०७१ कार्तिकदेखि रुपन्देही सहीत १६ जिल्लामा फैसाला कार्यान्वय बिशेष अभियान सचांलन गरेको छ । जिल्ला न्यायधिशको अध्यक्षमा ५ सदस्यीय फैसला कार्यान्वयन जिल्ला अनुगमन समिति गठन गरिएको छ । समितिले अदालतको फरार सुचिमा रहेकाहरुको विवरण जिल्ला प्रशासन, जिविस, नगरपालिका, गाउपालिकालाई उपलब्ध गराई उनीहरुले त्यहाँबाट पाउने सुविधा रोक्न निर्देशन समेत दिएको छ ।

अभियान संचालन गरेको आर्थिक वर्ष कार्तिक मसान्तसम्म प्रहरी एवं अदालतका कर्मचारी मिलेर २ सय ३२ जनाबाट मात्रै कैद दण्ड जरीवाना असुली गरेका छन् । अझै अदालतले विभिन्न मुद्धाका ९१ जना विदेसी र नेपाली चारहजार १ सय ६५ जना अभीयुक्तबाट दण्ड जरीवाना असुली गर्न बाँकी छ ।

WHO hand washing technique

Check Also

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको

Leave a Reply

Tweet
Share
Pin
Share