Breaking News
Home / Featured / भक्तजनले बल्ल पाए मुल मन्दिरमा प्रवेश

भक्तजनले बल्ल पाए मुल मन्दिरमा प्रवेश

जीर्णोद्धार गरेको प्यागोडा शैलीको मनकामना मन्दिर

गोरखा । नेपालमा ३ वर्षपहिले आएको विनासकारी महाभुकम्पबाट क्षतिपुगेको गोरखास्थित प्रसिद्ध मनकामना मन्दिर पुननिर्माणको कार्य सम्पन्न गरेसंगै भक्तजनलाई प्रवेश दिईएको छ । मन्दिर पुरानै प्यागोडा शैलीमा पुननिर्माण गरिएको छ।

मन्दिर पुननिर्माणमा करिव १४ करोड रुपैया लागेको र करिव १८ किलो सुन खर्च भएको मन्दिर जीर्णोद्धार समितीले जनाएको छ । जसमा पूरातत्व विभागले चार करोड रुपैयाँ दिएको र उक्त रकमबाट सात किलो सुन खरिद गरेको मन्दिर जिर्णाेद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए ।

२०७२ साल बैशाख १२ गते वारापाक केन्द्रविन्दुबाट आएको भुकम्पको कम्पनबाट मनकामना मन्दिरमा क्षति पुगी दक्षिण पश्चिमतर्फ ६ इन्च ढल्किएको थियो । मन्दिरमा क्षति पुगेपछि मनकामना मन्दिरमा प्रवेश रोक लगाएको थियो ।

मन्दिरका पुजारी इन्सान थापाले सर्वसाधारणलाई रोक लगाएको स्थायी मन्दिर बुधवार विहान नित्य पूजा गरेर मन्दिर खुल्ला गरिएको बताउनुभयो ।

मन्दिर व्यवस्थापन समितीले विगत ४३ महिना धार्मीक आस्थावन धर्मावलम्वी एवं दर्सनार्थीहरुलाई अस्थायी टहरा बनाएर पुजाआजा गर्ने व्यवस्था मिलाईएको थियो । मन्दिरको पुननिर्माण पस्चात ४३ महिनापछि स्थायी मन्दिर र मुर्तीमा दर्सनार्थीहरुले पुजाआजा एवं दर्सन गर्ने बाटो खुला गरिएको छ । 

मन्दिर जिर्णाेद्वार समितिका संयोजक श्रेष्ठले मन्दिर र वरिपरीको आगन सवै पहिलाको भन्दा मजवुत बनाउने काम भएको र बुधवार मन्दिरका सवै ढोका खुला गरि सर्वसाधारणलाई प्रवेश दिईएको जानकारीदिनुभयो ।

दशकर्म पूजा गरेर भक्तजनलाई मन्दिर खुल्ला गर्ने सोचमा थियौ तर उक्त पुजा माघ यता नजुरेको हुदा भक्तजनको व्यग्र इच्छा र पूजाआजामा सहजताका लागि मन्दिर खुल्ला गरिएको उनले वताए ।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Leave a Reply

Tweet
Share
Pin
Share