Breaking News
Home / Featured / Update News : नुवाकोटमा साँझपख गाडी पल्टदा ठूलो मानविय क्षति

Update News : नुवाकोटमा साँझपख गाडी पल्टदा ठूलो मानविय क्षति

 

काठमाण्डौं । नुवाकोटको समुद्रटारबाट शिखरबेंसी हुँदै घ्याङफेदीतर्फ गइरहेका बा३ख३९१३ नम्बरको मिनी ट्रक साझपख दुर्घटना हुदा १७ जनाको ज्यान गएको छ भने एकदर्जनवढी घाईते भएको बताईएको छ । प्रहरीले घाईतेहरुलाई उपचारका लागि घटनास्थल नजिक रहेको खरानीटारस्थित स्वास्थ्य चौकीमा पठाईएको छ । स्थानियले गंभिर घाईते ७ जनालाई काठमाण्डौं र अन्य केहिलाई जिल्ला सदरमुकाम विदुर पठाएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी भीमलाल भट्टराईका अनुसार दुर्घटनामा १४ जना पुरुष र तीनजना महिलाको ज्यान गएको भन्ने जानकारी पाएको बताउनुभयो ।  मृतकमध्ये घ्याङ्फेदीका आइते तामाङ, रिबल तामाङ र शिवरबेसीका रितेश पण्डितको पहचिान खुले र अन्य १४ जनाको परिचय नखुलेको भन्ने जानकारी आएको उनले बताए ।

सिम्टाङमा आएका स्थानियवासी घर फर्किने क्रममा दुर्घटनामा परेका बताइएको छ । उक्त मिनी ट्रक भीरबाट तीनसय मिटर तल खसेको छ। मृतकको शव र घाईतेहरु सदरमुकाम विदुरमा ल्याउने काम भएको छ । मिनी ट्रकमा ४० जना भएको अनुमान गरिएको छ । घटनास्थल सदरमुकामदेखि तीनघण्टा टाढाको दुरीमा रहेको प्रहरीले जनाएको छ ।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Leave a Reply

Tweet
Share
Pin
Share