Breaking News
Home / खेलकुद / ४ इंगलिस टिम संगै च्याम्पियन लिग फुटबलको अन्तिम १६ को टुंगो

४ इंगलिस टिम संगै च्याम्पियन लिग फुटबलको अन्तिम १६ को टुंगो

च्याम्पियन लिग फुटबलमा ग्रुप चरणका खेलहरु सकिएका छन्। यसका साथै अन्तिम १६ टिमको पनि टुंगो लागेको छ। यस अघि भएको खेलमा लिभरपुल र टोटेन्ह्यम ले अन्तिम १६ मा स्थान बनाए संगै ४ वटै इंगलिस टिम अन्तिम १६ मा जाने पक्का भएको हो ।

गएराती भएको इ ,एफ,जी र एच ग्रुप का खेल संगै ग्रुप चरणका खेलहरु सकिएका छन। गएराती भएको खेलमा म्यानचेस्टर युनाइटेड, रिअल म्याड्रिड, र युभेन्टस पराजित हुदा बायेर्न म्युनिख २-२ गोलको बराबरी खेलेको छ। इंगलिस टिम म्यानचेस्टर सिटी भने घरेलु मैदानमा २-१ ले बिजयी भएको छ।

नया टिम योङ्ग ब्योइजले युभेन्टस लाइ हराउदा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलेपनि केहि गर्न सकेनन, पाउलो डिबालाले १ गोल फर्कायेपानी हार जोगाउन सकेनन। खेल पछि म्यानेजर एलेग्री ले युभेन्टसले सबैकुरा गलत हुदापनि आफुहरुले लक्ष्य प्राप्ति गरेको बताएका छन।

अर्को खेलमा रिअल म्याड्रिडले घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको छ । रसियन टिम CSKA मस्को संग ०-३ ले हार्दापनि रिअल म्याड्रिड समूह बिजेता हुदै अगाडी बढेको छ ।

गएराती भएको खेलमा इंगलिस टिम म्यानचेस्टर युनाइटेड स्पानिस टोलि भ्यालेन्सिया संग पराजित हुन पुगेको छ। यद्धपि म्यानचेस्टर युनाइटेड यस अघिनै समूह चरण पार गरेको हुदा खासै असर नपरे पनि योङ्ग ब्योइजले युभेन्टस लाइ हराउदा समूह बिजेता हुने अवसर गुमाएको छ।

२०१८/१९ को च्याम्पियन लिग अन्तिम १६ टिमको लिस्ट।

२०१८/१९ को च्याम्पियन लिग अन्तिम १६ टिमको लिस्ट, तस्बिर (livescore.com/soccer)
Yatra Gear

Check Also

रुपन्देही र बाँके विजयी

भैरहवा । प्रदेश क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत मंगलवारको खेलमा रुपन्देही र बाँके जिल्ला विजयी भएका …

Leave a Reply

Tweet
Share
Pin
Share