Breaking News
Home / Featured / लिभरपुल भर्सेस आर्सनल: म्याच अफ दि विक

लिभरपुल भर्सेस आर्सनल: म्याच अफ दि विक

 

प्रिमियिर लिगको २० औ चरणका गेम शनिबारबाट सुरु हुनै लाग्दा लिभरपुल र आर्सनल बीचको एनफिल्डमा हुने खेल लाइ निकै महत्वका साथ हेरिएको छ। जर्मन प्रशिक्षक योर्गन क्लोपको लिभरपुल प्रिमियिर लिगमा निकैनै सशक्त प्रदर्शन गर्दै आएको छ । त्यस्तै आर्सनल पनि उत्कृष्ट सुरुवात गर्दै पुरानो लय समात्ने आश गरिएको छ। पछिल्ला २ खेलमा खराब नतिजा निकालेको आर्सनललाइ ५४००० घरेलु दर्सकका माझ एनफिल्डमा लिभरपुललाइ टक्कर दिन निकैनै गार्हो पर्ने छ।

जर्मन प्रशिक्षक योर्गन क्लोपको लिभरपुललाइ यस सिजनको निकैनै सशक्त टिमको रुपमा हेरिएको छ Credit (Medium)

नजिकैको म्यानचेस्टर सिटीसंग लिगको टेबलमा स्पस्ट ७ अंकको अग्रता लिएको लिभरपुललाइ सिजन बिजेताको रुपमा हेर्न लागिएको छ। यध्दपी, पछिल्ला रेकर्डहरु नर्थन इन्ग्लिश क्लबका पक्षमा भने छैन। चिर परिचित प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडलाइ हराएसंगै लिभरपुल उत्कृष्ट लयमा देखिएको छ।

यसै बीच आफ्नो घरेलु मैदानमा आर्सनलको सामना गर्न लागेको लिभरपुलको लागि टाइटल दौडमा सशक्त दाबेदारीका लागि पनि आर्सनल संगको प्रतिस्प्रधा महत्वपुर्ण रहेको छ। पछिल्ला २ खेलमा खराब नतिजा निकालेको आर्सनललाइ भने टप ४ मा रहेर अर्को सिजन मा च्याम्पियन लिग खेल्न पनि यो गेमको नतिजाले निकै नै महत्व राख्ने छ।

लिभरपुल समर्थकले भन्ने गरे जस्तै, यो वर्ष लिभरपुल फुटबल क्लबको हुनका लागि पनि यो म्याच महत्वपुर्ण रहेको छ। सिजन को सुरुवात संगै रक्षापंक्ति सुध्रिढ़ बनाएको लिभरपुलका फरवार्डले पनि पछिल्ला केहि खेलमा राम्रो लय पकडेका छन। आधा सिजन सकिनै लाग्दा सम्म अपराजित लिभरपुल को लागि निकै नै शशक्त फरवार्डले सुसज्जित आर्सनल लाइ हराउन पनि चुनौती रहेको छ।

आधा सिजन सकिदा प्रिमियिर लिगको टेबल यस्तो देखिएको छ:

https://twitter.com/premierleague/status/1078412978012205057

 

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Leave a Reply

Tweet
Share
Pin
Share