भैरहवा । राष्ट्रिय वाणिज्य बैंक भैरहवा शाखा देसभरकै समानान्तर शाखाहरुमध्ये प्रथम हुन सफल भएको छ। उक्त कुरा विहिवार बैंकको ५४ औं वार्षिक उत्सवमा आयोजित कार्यक्रममा बैंकका अधिकारीले जानकारीदिएको हुन।
बैंकले आ.व.०७४।७५मा गरेको आर्थिक प्रगती एवं व्यवस्थापन सफलतासंगैं अन्य बैंकहरुभन्दा उत्कृष्ट हुन सफल भएको र उक्त अवधीमा सात करोड कढी मुनाफा गरेको बैंकका शाखा प्रवन्धक चिन्तमणी घिमिरेले जानकारीदिनुभयो।
राष्ट्रिय वाणिज्य बैंक भैरहवा शाखाले आ.व.०७४।७५मा एक अर्व लगानी गर्नृका साथै एकअर्व ४० करोड निक्षेप कारोवार गरेको छ । बैंकको खराव कर्जा शुन्य रहेको छ। उक्त बैंकमा कारोवार गर्ने हाल कुनैपनि ग्राहक कालो सूचीमा परेका छैनन।
राष्ट्रिय बाणिज्य बैंक बुटवल, कोटिहवा लगायत अन्यत्र रहेपनि भैरहवा शाखाले रुपन्देही जिल्लाभरीनै लगानी गर्ने क्षेत्राधिकार पाएको छ।
बैंकका कर्मचारीहरुको मेहनत एवं प्रयासका कारण कार्यालय प्रथम सूचीमा पर्न सफल भएको बैंकका प्रवन्धक घिमिरेले दावी गर्नुभयो।
बैंकले सरकारी अनुदानको सहुलियत ऋणको कार्यविधी कार्यान्वय सुरु गरेको र शाखामा ग्राहकले विभिन्न प्रस्ताव योजनाको फाईल लिएर आउने क्रमसंगै प्रक्रिया अगाडी बढेको उनले वताए।
बैंकको ५४ औं बार्षिक उत्सवमा उपहार वितरण
यसैविच शाखाले बैंकको ५४ औं वार्षिक उत्सवको अवसरमा सामाजिक उतर दायित्वबोध गर्दै विहिवार सिद्धार्थ बालगृहका अनाथ असहाय बालवालिकालाई उपहार प्रदान गरेको छ। शाखा प्रवन्धक एवं बैंक कर्मचारीहरुले चामल, दाल, तेल चिउरा, चाऊचाऊलगायतका खाध्यान्न सामाग्रीहरुका साथै एक थान नयाँ साईकल बाल गृह संचालिका कृष्णमाया गुरुङलाई हस्तान्तरण गरेका थिए।
बालगृहमा ३ वर्षदेखि १८ वर्ष उमेर २८ जना वालवालिका रहेका छन् । जसमा वालक १९ जना र बालिका ९ जना रहेका छन्। गृहले आफै नर्सरी देखि कक्षा तीनसम्म पढाई संचालन गर्दैआएको छ।
कलेज एवं उच्च मावि एवं माविहरुको सहयोगमा गृहका वालवालिकालाई स्नातक कक्षासम्म पढाउने व्यवस्था छ। साना बच्चाहरुको पालन पोषण एवं संरक्षण गरी हुर्काउन र सहि मार्गमा ढोराउन धेरै मुस्कील परिरहेको बताउदैं आफनो जीवनभरीकै धेरै कष्ट भोग्न बाध्य भएको गृह संचालिका कृष्णमायाले दुखोसो पोखिन।