Breaking News
Home / Featured / भैरहवामा महोत्वको तयारी पुरा 

भैरहवामा महोत्वको तयारी पुरा 

भैरहवा। उद्योग व्यापार संगठन रुपन्देहीले भैरहवामा मंगलबारदेखि संचालन हुने पाँचौं लुम्विनी पर्यटन प्रवद्र्धन एवं औधोगिक व्यापार तथा कृषि महोत्सवको तयारी एवं व्यवस्थापनको कार्य अन्तिमचरणमा पुगेको जनाएको छ।

प्रदेश ५ को राजधानी रुपन्देही जिल्ला सदरमुकाम भैरहवामा संचालन हुन गईरहेको उक्त महोत्सवको उदघाटन मंगलबार नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुने निश्चीत भएको छ।

महोत्सव मुल समारोह समितीका संयोजक एवं उद्योग व्यापार संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारीले महोत्सव स्थलमा आवश्यक निर्माणका कार्यहरु सवै पुरा गरी अब सिगार्ने काम सुरु भईरहेको जानकारीदिनुभयो।

महोत्सवस्थलमा आकर्षक गेट एवं सचिवालय तथा मायादेवी मन्दिर, पशुपतिनाथ मन्दिर र विभिन्न प्रकुतिका ४०० वटा स्टलहरु निर्माण भएका छन्।

भारत, पाकिस्तान, चीन र बगंलादेशका ५ वटा सांकेतिक स्टलहरु पनि महोत्सवमा आउने आयोजकले जनाएको छ। स्टलहरु सवै बुकिङ भएको र स्टलहरु पनि आउने क्रममा रहेको स्टल व्यवस्थापन समितीका संयोजक एवं संगठनका उपाध्यक्ष रामचन्द्र रेग्मीले वताउनुभयो।

नेपाल सरकारले आयोजना गरेको नेपाल भ्रमण वर्ष–२०२० र प्रदेश ५ सरकारले मनाईरहेको लुम्विनी भ्रमण वर्ष २०७६लाई सफल पार्नका निम्ती आयोजकले महोत्सवस्थलमा पर्यटक प्रवद्र्धनका विभिन्न कार्यक्रम एवं योजनाहरु सहित पर्यटकीय क्षेत्रहरुको पेभिलिएन निर्माण गरेको छ।

गौतम बुद्धको जन्मस्थल लुम्विनीमा रहेको मायादेवी मन्दिरको ढाचा नक्कल गरी महोत्सवस्थलभित्र पाल्पाको रानी महल, स्वर्गदारी, सुपा देउराली, चीतवनको सौरहा, पोखरा, अन्नपुर्ण पदयात्रा, निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको भौतिक प्रगतीका बारेमा जानकारीदिने उदेश्यले विभिन्न पर्यटकीय क्षेत्रहरुको डुमभित्रै व्यवस्थीतढंगले प्रर्दशनी गरिएको महोत्सव प्रचारप्रसार समितीका संयोजक कृष्ण गुरुङले जानकारीदिनुभयो ।

यसैगरी कृषिसंग सम्वन्धीत छुट्टै पेभिलिएन वनाईएको छ। महोत्सवस्थलमा विभिन्न प्रकृतिका जनरल, होटल, मनोरञ्जन, बाल उद्यान, अटोलगायतको छुट्टाछुट्टै स्टलहरुको तयार भएको संगठनका सहकोषाध्यक्ष राममिलन यादवले बताउनुभयो।

प्लाष्टिकको झोला प्रतिवन्ध

आयोजकले महोत्सवमा प्लाष्टिकको झोला प्रतिवन्ध गरेको छ। व्यापारीले प्लाष्टिकको झोला बिक्री वितरण गर्न प्रतिवन्ध गरिएको छ। उपभोक्ताले कागज वा कपडाको झोला प्रयोग गर्न पाउने व्यवस्था मिलाएको महोत्सव सचिवालय प्रमुख एवं संगठनका महासचिव अनिल ज्ञवालीले जानकारीदिनुभयो।

महोत्सवमा स्वदेशी उद्योग, उत्पादन र उद्यमीहरुको प्रवद्र्धन गर्नका निम्ती टेवा पुग्ने आयोजकले अपेक्षा गरेको अध्यक्ष भण्डारीले बताउनुभयो। महोत्सवको तयारीका बारेमा जानकारीदिने उदेश्यले आईतवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले भन्नुभयो।

केहि सामानहरु भारतमा भन्दा नेपालमा धेरै सस्तो पाईन्छ तर उपभोक्तालाई थाहा नभई भारतमा गएर किन्ने र ठगीने गरेका छन्। उपभोक्ताका लागि अत्यावश्यक उपभोग्य सामानहरुको दुवैदेसमा पाईने मुल्य दररेट सूचि सार्वजनिक गर्ने तयारी गरेका छौं। भारतीय व्यपारीबाट नेपाली कति ठगीएका छन भन्ने उपभोक्ताले थाहा पाउन।

महोत्सस्थल विभिन्न आकर्षक रंगिन व्यानर, फूलमाला, ध्वजापंतका, पोष्टर, पम्पलेटको रंगीचंगीले वेहुलीझै सिगारीने कार्य जारीछ। महोत्सव उदघाटनपूर्व देवकोटाचौकदेखि कलशयात्रा, पञ्चवाजा, विभिन्न सांस्कृतीक भेषभुषामा संयुक्त झाँकी, मोटर साईकल रयालीले भैरहवा क्षेत्रको परिक्रमा गरि महोत्सवस्थल अंचल पुग्ने कार्यक्रम रहेकोछ ।

यसैगरी महोत्सवमा विभिन्न भेषभुषा एवं धर्मसंस्कृतिका नृत्य, कलासंस्कृति, राष्ट्रिय एवं क्षेत्रिय तथा स्थानिय कलाकारहरुले विभिन्न विद्याको प्रतिभाहरु प्रस्तुत गर्न अवसर प्रदान गरिने संगठनका वरिष्ट उपाध्यक्ष गिरीश चन्द्र त्रिपाठीले वताउनुभयो।

साथै महोत्सवमा नेपाल–भारतका महिला एवं पुरुषहरु विच कुस्ती प्रतियोगिता, तेक्वान्दो र व्याटमेन्टीन खेल प्रतियोगिता समेत संचालन गरिने भएकोछ।

महोत्सव अवधिभर तीन लाख दर्शकले अवलोकन गर्ने र २५ करोड बराबरको आर्थिक कारोवार हुने अपेक्षा राखिएको कोषाध्यक्ष सचिन रोक्काले जानकारी दिनुभयो। महोत्सव मंसिर ३ देखि १६गतेसम्म भैरहवाको अंचलपुरमा चल्नेछ।

लुम्विनी महोत्सवको तयारीका बारेमा जानकारीदिदै आयोजक। फोटो : कृष्णप्रसाद ढकाल
WHO hand washing technique

Check Also

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको

Tweet
Share
Pin
Share