Breaking News
Home / Featured / पेट्रोल डिजेल र मट्टितेलको मुल्य घट्यो

पेट्रोल डिजेल र मट्टितेलको मुल्य घट्यो

नेपाल–भारतले संयुक्त रुपमा भारतको मोतिहारीबाट बाराको अमलेखगन्जसम्म पेट्रोलियम पाईपलाईन बिच्छाएर तेल आयत गर्न थालेसंगै स्वचालित मुल्य समायोजन अन्तर्गत नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। आयल निगमले मंगलबार दिउसोदेखि पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटरमा दुई रुपैयाँका दरले मुल्य कम गरेर बिक्री बितरण गर्न थालेको छ।

नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजना उदघाटनका अवसरमा निगमले इन्धनको मूल्य घटाएर उपभोक्ताहरुलाई छुट सुविधा दिएको हो। तर उक्त पाईपलाईनबाट अहिले डिजेल मात्रै नेपाल आउने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारीदिनुभयो। आजै दिउसो १२ वजेपछि मुल्य घटाएर अहिले पेट्रोल प्रतिलिटर १०७ रुपैयाँ, डिजेल ९५ र मट्टीतेल ९५ रुपैयाँ कायम गरिएको छ। 

 

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share