Breaking News
Home / अर्थ / पूर्णीमा र साईन बैंक मर्ज हुदैं

पूर्णीमा र साईन बैंक मर्ज हुदैं

भैरहवा । नेपाल राष्ट्र बैंकको पछिलो नीतिलाई आत्मसाथ गर्दै शाइन रेसुङगा र पूर्णीमा विकास बैंक एकताको प्रयास थालेका छन् । रुपन्देही जिल्लाको मुख्य शहर बुटवल र भैरहवामा प्रधान कार्यालय रहेका यी दुई बैंक एकआपसमा मिलेर अगाडी बढ्ने प्रतिवद्धता सहित बैंकका संचालकले लिखित सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

बैंक संचालकले प्रदेस नं. ५को मात्रै नभई नेपालकै सक्षम, सुदृढ र सवल बैक बनाउने लक्ष्य लिएका छन् । बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन यसअघि रेसुङगा डेभलपमेन्ट बैंक लिमिटेडसंग मर्जर भएका थिए ।

रुपन्देही जिल्ला सदरमुकाम औधोगिक एवं व्यापारीक नगरी भैरहवामा प्रधानकार्यालय रहेको पूर्णीमा विकास बैंक नेपाल राष्ट्र बैंक (ख) वर्गको ईजाजत प्राप्त सूचिकृत बैंक यसक्षेत्रका अन्य समानान्तर बैंक तथा वितिय संस्थाहरुको तुलनामा बलियो र सवल बैंक हो ।
नया“ संघीय संरचना अनुसार बैंकले लगानी एवं शाखा विस्तारको अभियानमा रेसुगासंग एकताको प्रयास थालेको बैंक संचालक समितीका निर्वतमान अध्यक्ष राजुनारायण श्रेष्ठले बताउनुभयो ।

एकताको चरणका निम्ती सोमवार शाइन रेसुङगा डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र पूर्णीमा विकास बैंकका अध्यक्ष सुरज उप्रेतिले सहमतीपत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा दुबै बैकका मर्जर समितीका संयोजक, सदस्यहरु तथा सञ्चालक समितीका सदस्यहरु समेत सहभागी थिए । उक्त सहमतीपत्रमा बैंक मर्जरपछि ‘शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड’ नाम रहने उल्लेख छ ।मर्जरभएसंगै केहिसमयपछि पूर्णीमा विकास बैंकको नाम लोप हुनेछ । 

हाल शाईनले १० जिल्लामा ४० शाखा र पूर्णीमाले ३ जिल्लामा १२ वटा शाखा विस्तार गरी आर्थिक कारोवार गर्दै आएका छन् ।दुवै बैंक मुनाफा छन् र गतवर्ष २४ प्रतिशससम्म लाभाशं समेत शेयर सदस्यलाई वितरण गरेका थिए ।

बैंकलाई विस्तार गरी आर्थिक समृद्धिमा टेवा पुर्याउने योजनाका साथ अघि बढ्ने अध्यक्ष श्रेष्ठले बताए । पूर्णिमा विकास बैंकका अध्यक्ष उप्रेतीले बैंकहरुको एकताको यात्राले आर्थिक क्षेत्रमा थप नया“ उर्जा प्रदान हुने र राष्ट्रले अगालेको समृद्धिका मार्ग पछाउन सहज हुने बताउनुभयो ।

यसैगरी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र पुर्णीमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले बैंक मर्जरको आवश्यकता र औचित्यलाई प्रष्टाउदैं राष्ट्रिय स्तरको एक सवल बैंकका रुपमा अझ संशक्तढंगले बढ्ने मार्ग खोलिदिएको बताएका थिए ।

प्रदेशका ५ जिल्लामा सबैभन्दा बढी शाखा भएको बैकका रुपमा स्थापित हुने जर्मको गरेको छ । हाल शाइनको १ अर्व ६२ करोड २६ लाख चुक्ता पू“जी र पूर्णीमाको र ५५ करोड १२ लाख चुक्ता पू“जी रहेको छ ।

WHO hand washing technique

Check Also

विचौलीयाद्धारा भंसार नाकामा गाडी अवरोध

गाडी जाचपासको वहानामा भंसारमा दलाली गर्न नपाएकाहरुले सिमा ३५० वढी मालवाहक गाडीहरु दिनभर रोकीए

Tweet
Share
Pin
Share