Breaking News
Home / अर्थ / बैंकरोडमा ४० लाखको गरगहना चोरी

बैंकरोडमा ४० लाखको गरगहना चोरी

शम्भु पन्त। भैरहवा

भैरहवाको व्यस्त बजार बैंक रोड स्थित ए आर सुन चाँदी पसलमा मंगलवार राती ठूलो परिमाणमा चोरी भएको छ।

चोरी भएको सुनचाँदी पसलदेखि १०० मिटर पुर्वमा रहेका देवकोटाचौकस्थित १नंं प्रहरी विट, राष्ट्र बैंकका सुरक्षा गार्ड एवं नेपाली सेनाको सुरक्षा पहरालाई समेत चोरले चुनौति दिएर पसल फोडेर करिब ४० लाख बराबर गरगहना लगेका छन्।

जिल्ला प्रहरी कार्यालय पनि २०० मिटर पश्चिम नजिकै मिलन चौकदेखि उतर छ।

जहा प्रहरीको बाक्लो उपस्थित हुने गर्दछ यति मात्र नभै पसलको ठिक अगाडि नेपाल रास्ट्र बैंक रहेको छ जहा नेपाली सेनाको चौबीसै घन्टा डिउटी हुने गर्दछ र भैरहवाको व्यस्त बजार भएकोहुनाले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको गस्ती पनि चौबीसै घण्टा हुने पसलमा सटरको ताला फुटाल्दासम्म सुइँकोसम्म नपाउने अचम्म भएको छ।

पसलबाट करिब १ कुन्टल ८० किलोको फलामे तिजोरी सेफ चोरेर लैजादासम्म पनि प्रहरीले केही थाहा पाएको छैन।

पसलबाट चोरले नगद र गरगहना गरि करिब ४० लाख बराबरको चोरी भएको ए आर सुनचाँदी पसलका प्रोपाइटर दीपक बि.के.ले गुनासो गरे। उनी पसलदेखि टाढा पक्लीहवामा बस्ने गर्दछन्।

पसल र तिजोरी सेफ फोरेर लैजादासम्म पनि प्रहरीले थाहा नपाएकोमा अचम्म लागेको र शान्ति सुरक्षाप्रति चिन्ता जागेको एक व्यपारीले गुनासो गरे।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share