Breaking News
Home / शिक्षा / मुनलाईटमा विद्यार्थी सम्मान

मुनलाईटमा विद्यार्थी सम्मान

भैंरहवा । मुनलाईट आवसीय माध्यमीक विद्यालय भैंरहवाले एसइइ परीक्षा उर्तीण विद्यार्थीहरुलाई शुक्रवार एक कार्यक्रमका विच सम्मान गरेको छ।

विगत २८ वर्षदेखि शैक्षीक क्षेत्रमा योगदान गर्दै आएको उक्त विद्यालयले २०७५ सालको एसइइ परीक्षामा ८४ जनालाई सहभागी गराई सतप्रतिशत विद्यार्थीलाई उच्च ग्रेडमा सफल बनाउन सक्षम ठहरेको छ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कृष्णप्रसाद शर्माले एसइइ परीक्षामा सफल विद्यार्थीहरुलाई सम्मान गर्दै विद्यार्थीहरु एसइइ पास भएर मात्रै नहुने बताउनुभयो।

अध्यक्ष शर्माले एसइइ पास विद्यार्थीहरु नैतिक, सामाजिक र व्यवहारीक रुपमा पनि पास भएर देखाउनुपर्ने जिम्मेवारीबोध गर्न आग्रह गर्नुभयो।

विश्वलाई आकर्षीत गर्ने थलो लुम्विनी यहि भएको बताउदैं विषयगत शिक्षाहरुको महत्व दर्साउदैं व्यवस्थापन पक्षलाई जोडदिनुभयो। व्यवस्थापन कमजोर भयो भने सवै असफल हुने भएकाले व्यवसायीक रुपमा व्यवस्थापनको महत्व वढी रहेको बताउनुभयो।

 

अवको केहिसमयपछि भैरहवामा अन्तराष्ट्रिय विमानस्थल संचालन हुने भएकोले पर्यटक आकर्षण टुर गाइईड अप्रेटरको व्यवस्थापनका लागि ततकालै साच्नुपर्ने वेला आएको वताउनुभयो।

विद्यालयका प्रिन्सीपल राजेशराज जोशीले म्यानेजमेन्ट शिक्षालाई जोड दिएर कक्षा संचालन गर्दै आएको र गतवर्ष कक्षा ११ र १२मा यहि मुनलाईटमा अध्ययनरत विद्यार्थीहरुले रुपन्देही जिल्ला टपेका विद्यार्थीहरुको नाम लिएर प्रशंसा गर्नुभएको थियो। 

 
उक्त सम्मान कार्यक्रममा विद्यालयका जनसम्पर्क अधिकृत टिकाराम भट्टराई, शिक्षकहरु बालकृष्ण कुर्मी, राजन लम्साल, भिमार्जुन पोख्रेलले एसइइ सफल विद्यार्थीहरुलाई सम्मान गर्दै विषयगत शिक्षाको महत्व दर्साउदैं अरुको भनाईमा भन्दा आफनो क्षमता र रुचीको विषय छनोट गरी अध्ययन गर्न विद्यार्थीहरुलाई मार्गदर्सन गरेका थिए।

 

Yatra Gear

Check Also

राष्ट्रपति लुम्विनी र कपिलवस्तुको ज्ञान महायज्ञमा

धर्म संस्कृतिको संरक्षणमा राज्यले आवश्यक पहल गर्ने र यसको विकास एवं विस्तारमा निन्तररुपमा सक्दो सहयोग गर्ने आश्वासन

Tweet
Share
Pin
Share