Breaking News
Home / Featured / देवदहमा प्रहरी र गुन्डाको हातबाट ५ जनाको हत्या

देवदहमा प्रहरी र गुन्डाको हातबाट ५ जनाको हत्या

तरुण दलका कार्यकर्ता पुरी हत्यामा १२जना युवा प्रहरी नियन्त्रणमा
कृष्णप्रसाद ढकाल
भैरहवा । रुपन्देहीको देवदहमा तरुण दलका देवदह नगर कार्यसमिती सदस्य अनिश पुरीको हत्यासंगै दुईवर्षको अवधीमा उक्त क्षेत्रमा प्रहरी र गुन्डाको हातबाट ५ जना युवाको हत्या भएको छ ।
रुपन्देहीको देवदह नगरपालिका खैरनीमा आइतबार साझपख तरुण दलका कार्यकर्ता २० वर्षीय अनिश पुरीको हत्याका आरोपीत मध्ये १२ जना युवा नियन्त्रणमा लिएको छ ।
हत्यारालाई पक्राउ गरी कडा कार्वाहीको माग राख्दै स्थानिय एवं विद्यार्थीले महेन्द्र राजमार्गको देवदह सडकखण्डमा दिउसो एकछिन राजमार्गमा यातायात ठप्प पारेका थिए ।
यस घटनासंगै दुईवर्षको अवधीमा देवदह क्षेत्रमा तीन जना सर्वसाधारण र दुईजना प्रहरीका मोष्ट वान्टेड सहित ५ जनाको हत्या भएको छ ।
प्रहरीले गुण्डा नाइके मनोज पुन र सोम आलेलाई गतवर्ष इन्कान्टर गरी हत्या गरेको थियो । मनोज पुन समूहले दुर्गा तिवारी र वसन्त पौडेलको हत्या गरेको थियो ।
समयसमयमा देवदहमा अप्रीय घटनाहरु घटिरहेका छन् । बुद्धको मावलीस्थल देवदहलाई स्थानिय प्रहरी प्रशासनले शान्ति सुरक्षा मजवुत पार्न देवदहमा अस्थायी प्रहरी पोष्ट समेत खडा गरेका छन् । तर अझैपनि देवदहमा हत्या, चोरी, लागूऔषध, गुन्डागर्दी र गोली प्रहारका घटनाहरु निस्तेज भएका छैनन ।
प्रहरीले उक्त घटनाका आरोपीत एवं शंकास्पदमध्ये नियन्त्रणमा लिएका ५ जनामाथि अदालतको आदेसमा पक्राउ पुर्जी जारी गरी प्रहरी हिरासतमा राखेको छ । अन्य ७ जनालाई सोधपुच्छका लागि नियन्त्रणमा राखी वयान लिने कार्य जारी रहेकाले उनीहरुको नाम प्रहरीले खुलाउन चाहेन ।
‘हामी गहिरोढंगले अनुसन्धान गर्दैछौं, अहिलेनै सवै कुरा र नाम दिन मिल्दैन, पछि पत्रकार सम्मेलन गरेर जानकारीदिने नै छौं ।’ ईप्रका बुटवलका प्रहरी नायव उपरिक्षक डिल्ली मल्लले भने ।
पक्राउ पर्ने सवै देवदह नगरपालिका निवासी हुन । प्रहरीले स्थानिय २८ वर्षीय रमेश शाही, २१ वर्षका अर्जुन मगर, आकाश थापा, शिशिर राना र २० वर्षीय सुवास अर्याललाई नियन्त्रणमा लिएको छ ।
घटनाका मुख्य योजनाकार भनिएका दुईजना भने फरार रहेका छन् । प्रहरीले योजनाकारका रुपमा रहेका देवदह नगरका तारा बराल र माला भन्ने सागर रानालाई खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारीदिनुभयो ।
ढुंगा र लाठीको प्रहारबाट टाउको र छातीमा गम्भीर चोट लागी घाईते भएका पुरीको देवदह मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । उनी १२ कक्षामा अध्ययनरत विद्यार्थी हुन ।
देवदहमा लाग्ने मेलामा सवारी पार्किङ गर्ने विषयमा भएको सामान्य विवादलाई दुस्मनी साधेर पुरीमाथि आक्रमण भएको बताइन्छ ।
मृतक पुरीको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको शव गृहमा पोष्टमार्टमका निम्ती राखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्ली मल्लले जानकारीदिनुभयो ।
पुरीको हत्यामा संलग्नलाई कडा कारवाहीको माग गर्दै नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल र नेपाली काँग्रेसले सोमवार छुट्टाछुट्टै विज्ञप्ती प्रकाशीत गरेका छन् ।
नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणद्वारा जारी विज्ञप्तीमा जगन्य घटनाको निन्दा गर्दै सुरक्षा निकायलाई संवेदनशील हुन आग्रह गरेका छन् ।
यसैगरी नेपाल तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङ् र सचिव रमेश शाहीले गृहमन्त्री सहित सुरक्षा समितिको बैठक रुपन्देहीमै बसीरहँदा निर्दोस नागरिकको ज्यान जाने घटना हुनुले युवालाई आक्रोशीत बनाएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

WHO hand washing technique

Check Also

कोरोनाको ओझेलमा भित्रियो बडादसैं

विजयादशमीमा साईत हेरेर टिका लगाउनेका लागि कात्तिक १० गते १०ः१९ बजे टिकाको उतम साईत रहेको र लगाउनेको मुख पुर्व, लगाईदिने पश्चिम फर्कदा हुने...

Tweet
Share
Pin
Share