Breaking News
Home / Featured / हेल्मेटले हिर्काएर ६ लाख रुपैया लुटेर फरार

हेल्मेटले हिर्काएर ६ लाख रुपैया लुटेर फरार

भैरहवा। अज्ञात व्यक्तीले रुपन्देहीको भैरहवा–लुम्विनी सडकस्थित औधोगिक कोरिडोरमा विहिवार दिउसै रिलायन्स सिमेन्टको ६ लाख रुपैया लुटेर फरार भएका छन्। भैरहवादेखि पैसा लिएर ८ किलोमिटर पश्चिम फैक्ट्रीतर्फ जार्दै गरेका सिमेन्टका बजार प्रतिनिधी अवधेश त्रिपाठी -सुनिल- लाई फैक्ट्री नजिकै दुईजना लुटेराले हेल्मेट प्रहार गरेर ६ लाख रुपैया लुटेर फरार भएका छन्।

लुटेराले हेडमेडले हानेर घाईते भएका त्रिपाठीको भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका छन्। उनको अवस्था सामान्य छ। उक्त घटनाको प्रहरीले थप विस्तृत अनुसन्धान एवं जानकारी लिने काम गरिरहेको रिलायन्स सिमेन्टका कर्मचारी गोविन्द बोगटीले बताए।

दुईसाता अघि पनि अज्ञात व्यक्तिले रुपन्देहीको सदरमुकामदेखि पूर्व भैैरहवा–धकधई–परासी सडकखण्डको रोहीणी पुल नजिक बैकुण्ठपुरमा पटखौलीका ४० वर्षीय महेन्द्र यादवमाथि गोली हानेर हत्या गरी ५ लाख रुपैया लुटेर लगेका थिए । उक्त घटनाका अपराधी पनि अझै पक्राउ परेका छैनन।

रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेम कुमार थापाले उक्त घटनाको विशेषढंगले गंभिरतापूर्वक अनुसन्धान भईरहेकोले छिटैं वास्तविक रहस्य एवं हत्यारा पता लागेरै छोडिने त्यो छिट्टै सार्वजनिक गरिने बताउनुभयो।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share