Breaking News
Home / Featured / कपिलवस्तुमा ४ जना ढुबेर निधन

कपिलवस्तुमा ४ जना ढुबेर निधन

ईमरान खान

तौलिहवा। महिलाहरुको महान पर्व तिजकैदिन कपिलवस्तु जिल्लामा खोलामा ढुवेर ४ जना चेलीको ज्यान गएको छ। शुद्धोधन गाउँपालिका वडा नं. ६ मर्थी खोलाको सन्तघाटमा पानीको भेलले बगाएर बेपत्ता भएका तीनजना र मायादेवी गाऊपालिका ४ बुलाडीहवाको स्थानीय पोखरीमा डुबेकी एक बालिका मंगलवार मृत अवस्थामा भेटिएका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक सुनिल मल्लले सोमवारदेखि खोलाले बगाएर वेपता भएका शुद्धोधन गाऊपालिकाका ६ का बेचनप्रसाद कोहारकी १५ बर्षिया छोरी तारा, घन श्याम रैदासकी ८ बर्षिया छोरी खुश्बु र कमलेश कोहारकी पत्नी २५ वर्षीय तारामतीको शव मंगलवार सन्तघाटदेखि ढेड किमि उत्तर मनखोरियामा फेला परेको जानकारीदिनुभयो।

यसैगरी सोमवार अर्कोतर्फ मायादेवी गाऊपालिका ४ बुलाडिहवा पोखरीमा ढुवेर माहोम्द रफिक चिढिमारकी छोरी १५ बर्षिया जमिलाको ज्यान गएको छ। उनी भने घाँस काट्ने क्रममा चिप्लीएर पोखरीमा ढुबेकी थिइन। स्थानियवासी एवं नेपाल प्रहरी, संस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई खोजतलास जारी राखेको थियो।

सन्तघाटदेखि ढेडकिलोमिटर टाढा उनीहरु मृत अवस्थामा खोलामा माथि तैरीएको अवस्थामा भेटिएका थिए। तिजको बेला भएको चेलीको अस्वभाविक निधनको घटनाले भेलभरिया गाउवासी शोकमा ढुबेको स्थानिय रामअचल यादवले गुनासो गर्नुभयो। मृतक महिलाहरुको शव जिल्ला अस्पताल तौलिहवामा ल्याएर पोष्ट मार्टमपछि आफन्तहरुलाई बुझाउन आवश्यक कानुनी प्रक्रिया अगाडी बढीरहेको प्रहरी नायव उपरीक्षक मल्लले बताए। 

 

WHO hand washing technique

Check Also

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको

Tweet
Share
Pin
Share