Breaking News
Home / Featured / नरपानीमा कार दुर्घटना एकैपरिवारका ३ जनाको मृत्यु (अपडेट)

नरपानीमा कार दुर्घटना एकैपरिवारका ३ जनाको मृत्यु (अपडेट)

भैरहवा। रुपन्देही मुर्गियादेखि अर्घाखाँचीको सन्धिखर्कतर्फ जादैं गरेको बा १७ च ६९१७ नम्बरको नीजि कार बुधवार विहान नरपानीमा दुर्घटना हुदा ३ जनाको ज्यान गएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार उक्त दुर्घटनामा कारमा सवार रहेका ५ जनामध्ये ३ जनाको ज्यान गएको छ। दुईजना घाईते भएका छन्।

दुर्घटनामा ज्यान गुमाउने रूपन्देही सैनामैना नगरपालीका २ मुर्गीया निवासी ७० बर्षिय दुर्गादेबी खड्का, ४० बर्षिय तिलक खड्का र ४३ बर्षिय भक्तबहादुर खडका रहेको प्रहरीले जानकारीदिएको छ।

घाईते हुनेमा ४९ बर्षिय गंगा बहादुर खड्का र २८ बर्षिय बिनोद खड्का रहेका छन्। घाईतेको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पस्चात थपउपचारका लागि बुटवलतर्फ ल्याईदै छ। उकालो साघुरो पहाडी सडकमा कारमा एकासी ब्रैक लगाउदा दुर्घटना भई सडकदेखि एकसय ५० मिटर तल पुगेकोे अर्घाखाची जिल्लाका प्रहरी नायब उपरीक्षक प्रकाश बिस्टले जानकारीदिनुभयो। 

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share