Breaking News
Home / Featured / अर्घाखाँचीमा बस दुर्घटना १७ जनाको मृत्यु (अपडेट) घाईते र मृतकहरुको नाम खुल्दै

अर्घाखाँचीमा बस दुर्घटना १७ जनाको मृत्यु (अपडेट) घाईते र मृतकहरुको नाम खुल्दै

भैरहवा। अर्घाखाँचीको सन्धीखर्कबाट बुटवलतर्फ आउदैं गरेको लु २ ख २१४८ नम्वरको यात्रुवहाक बस दिउसो ४ः१५ वजेतिर दुर्घटना हुदा १७ जनाको ज्यान गएको छ।

गोरुसिंगे सन्धीखर्क सडक खण्डको कालाखोलामा सडकको दायातर्फ भिरालोमा खस्दा घटनास्थलमै १७ जनाको ज्यान गएको घटनास्थलबाट डिएसपी प्रकाश विष्टले जानकारीदिनुभयो। 

मृतकहरुको पहिचान गर्ने र घाईतेहरुको उद्धारको कार्यमा नेपाली सेना, संसत्र प्रहरी नेपाल प्रहरी एवं स्थानियवासीहरु सक्रिय रुपमा लागि परेका छन्। अफठारो ठाऊमा वस दुर्घटना भएकोले घाईतेहरुको उद्धार कार्यमा समेत ढिलाई एवं समस्या हुनगएको छ।

उक्त वसमा सवार अन्य १३ जना घाईते भएको बताईन्छ। घाईतेहरुको सन्धीखर्क, ठाडा एवं नरपानी स्वास्थ्य चौकीमा प्राथमीक उपचार पस्चात गंभीर घाईतेहरुको एम्बुलेन्स र प्रहरीको गाडीबाट बुटवलस्थित प्रादेशीक अस्पताल र भैरहवाको युनिभर्सल शिक्षण अस्पतालमा लैजाने कार्य भएको अर्घाखाची जिल्लाका डिएसपी प्रकाश विष्टले जानकारीदिनुभयो। 

प्रादेशीक अस्पताल बुटवलमा विष्णु अधिकारी, लोकनाथ पाण्डे र एकजना नाम नखुलेकी महिलाको उपचार भईरहेको अस्पतालको डियुटीमा रहेका एक प्रहरी हवल्दारले वताए।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share