Breaking News
Home / Featured / अंग्रेज फौज हारेकोमा विजयउत्सव

अंग्रेज फौज हारेकोमा विजयउत्सव

बुटवल । तत्कालीन साम्राज्यवादी अंग्रेज सेनालाई परास्त गरेको स्मरणमा शनिवार बुटवलस्थित जीतगढी किल्लामा विजयउत्सव मनाईएको छ ।

बैशाख ७ नेपाल—अंग्रेज लडाईमा नेपाली फौजले अंग्रेज फौजलाई बुटवलको जीतगढीमा पराजीत गरेको दिन नेपाल र नेपालीका लागि एतिहासीक स्वाभीमानको दिन मानिन्छ ।
दुई सय चार वर्षअघि वि. सं. १८७२ वैशाख ७ गते कर्णेल उजिरसिंह थापा नेतृत्वको गोर्खाली नेपाली सेनाले कुटनीति एवं विरता प्रर्दशनी गर्दै सस्त्र–अस्त्रले सम्पन्न अंग्रेज सेनालाई पराजित गरेको खुसियालीमा बुटवल उपमहानगरपालिकाले जितगढी विजय उत्सवको कार्यक्रम आयोजना गरेको हो ।
उक्त अवसरमा शनिवार विहान विभिन्न झाँकी सहित बुटवल बजारदेखि जीतगढी किल्लासम्म विजय–याली प्रर्दशनी गरिएको थियो ।
विजयोत्सव कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भई जितगढी किल्लापरिसरमा विर सेनाका कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिकको अनावरण गरेका छन् । प्रधानमन्त्री ओलीले बीर सेना थापाको शालिकको छेऊमै नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी फरफराउने कार्य गरेको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले बताए ।
नगरपालिकाले उक्त ऐतिहासिक दिनलाई विजयोत्सव दिवसका रुपमा गतवर्षदेखि मनाउन थालेको छ ।

विजयोत्सव समारोहमा प्रधानमन्त्री ओली, रक्षामन्त्री ईश्वर पोखरेल, कांग्रेस सचेतक बालकृष्ण खाण, नेकपा महासचिव विष्णु पौडेललगायत सहभागी छन् ।
साथै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सरकारका मन्त्री, प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यहरु पनि विजय उत्सव कार्यक्रममा सरिक भएका थिए ।

बुटवल उपमहानगरपालिकाले एतिहासीक अवसर सार्वजनिक विदा दिने निर्णय गतवर्षदेखि चलन बसालेको छ ।
विजय उत्सव कार्यक्रममा नेपाली सेनाका टुकुढीले नगरपालिकासंग समन्वय गरी विशेष मञ्च एवं प्रहसन स्थल र स्वागतद्वार निर्माणलगायत सरसफाइका काम भएको नगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जितगढीको संरक्षण, प्रवर्धन र विकासका लागि गुरुयोजना बनाएर अगाडी बढनुपर्ने बताउनुभयो ।
प्रदेश सरकारले जीतगढीमा पर्यटन पूर्वाधार विकासको बृहत योजना अघि सार्दै गरेको प्रदेस ५का मुख्य मन्त्रीका प्रेस संयोजक शेरबहादुर केसीले जानकारीदिनुभयो ।

नले भने, ‘यो विजय उत्सवमा सहभागी बनौं, जीतगढी, फुलबारी सहितका सम्पदाको संरक्षण र प्रचारप्रसारमा हातेमालो गरौं ।’

WHO hand washing technique

Check Also

कोरोनाको ओझेलमा भित्रियो बडादसैं

विजयादशमीमा साईत हेरेर टिका लगाउनेका लागि कात्तिक १० गते १०ः१९ बजे टिकाको उतम साईत रहेको र लगाउनेको मुख पुर्व, लगाईदिने पश्चिम फर्कदा हुने...

Tweet
Share
Pin
Share