Breaking News
Home / Featured / बैंक व्याजप्रति उद्योगी व्यापारीको आपती

बैंक व्याजप्रति उद्योगी व्यापारीको आपती

भैरहवा । बैंकहरुले विभिन्न प्रलोभनमा पारी सुरुमा सहजढंगले सुरुमा दिएकोे ऋणको व्याजमा दोव्वर वृद्धि गरेको आरोप लगाउदैं यसक्षेत्रका उद्योगी व्यापारीहरुको टोलीले नेपाल राष्ट्र बैंकका अधिकारी एवं संचारकर्मीहरु समक्ष गुनासो पोखेका छन् । बैंकले सुरुमा ७ प्रतिसत व्याज ऋण लिने गरेकोमा अहिले एकासी वृद्धि गरी १४ प्रतिसत पुराएको उद्योगी व्यापारीहरुको गुनासो छ ।

बैंकहरुले शेयरधनीलाई दिने बोनस बढाएर ४०% सम्म पुरयाएका छन् तर उद्योगी, व्यवसायीहरु ऋणको व्याज एवं किस्ता तिर्न नसकेर छटपटीरहेका छन् । बैंकले ७% मा दिएको ब्याज बढाएर १४%सम्म बनाउदा नेपाल सरकारको कालोबजारी ऐन कहाँ गएको छ ? उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारीले प्रतिप्रश्न गरे ।

व्यवसायीहरुले रु.१० को समानलाई रु.१२मा बिक्री गर्दा कालोबजारी ऐन अन्तर्गत जेल हालीन्छ भने बैंकहरुलाई पनि उक्त ऐन अनुसार कार्वाही हुनुपर्ने उद्योगी व्यापारीको माग छ । सरकारले राष्ट्र बैंकलाई ब्याजदरमा पुनरावलोकन गरी बैंकहरुलाई बढीमा ९% तोकी निर्देशन जारी गर्न यसक्षेत्रका उद्योगी व्यापारीले अपील गरेका छन् ।

सरकारले उद्योग मैत्री भएको बताएपनि बैंकहरुले मनपरीढंगले व्याज लिदा समेत कार्वाही गर्ने र उनीहरुमाथि कडा नियमन नगरेको उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारीले वताए । 

उद्योगी, व्यवसायीहरु विभिन्न आन्दोलन र नाकावन्दीको संकटमा परी टाट पल्टेपनि बैंकहरुले सधैं नाफामा गईरहेको उनले वताए ।
संगठनका उपाध्यक्षद्वय गिरीष चन्द्र त्रिपाठी, रामचन्द्र रेग्मी, महासचिव अनिल कुमार ज्ञवाली, संस्थापक जिल्ला अध्यक्ष मनिष कुमार जोशी, पूर्व अध्यक्ष खिमबहादुर खत्री, उषाकिरण गुरुङ्ग, सुरेन्द्र बस्याल, दर्पण श्रेष्ठ, विनोद खरेललगायतले बैंकको पछिलो नीति एवं व्याज दर उद्योगी व्यापारी हित विपरीत भएको गुनासो सुनाएका थिए ।

WHO hand washing technique

Check Also

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको

Leave a Reply

Tweet
Share
Pin
Share