Breaking News
Home / Featured / विपल्वको गृह प्रदेसका ४ जिल्लामा विस्फोट

विपल्वको गृह प्रदेसका ४ जिल्लामा विस्फोट

भैरहवा । प्रदेस ५का सवै १२ वटैं जिल्लाहरुमा विपल्वले आह्वान गरेको नेपाल वन्दको प्रभावले विहिवार यसक्षेत्रको जनजीवन प्रभावित भएको छ । प्रदेसको राजधानी बुटवलको कालिकानगर, नवलपरासीको राजमार्गखण्डको वासावसै, दाङ, बाके नेपालगंजको राँझा चोकमा शक्तिशालि विस्फोटक पदार्थ फेला परेका छन् ।
विपल्व समूहले जनतालाई आंतकित पार्ने उदेश्यले उक्त वस्तुहरु राखेको तर कहिकतैपनि अप्रिय ठूलो क्षति नभएको सुरक्षा अधिकारीहरुले जानकारीदिए ।
बुटवल–भैरहवा व्यापारीक मार्गको कालिकानगरस्थित कालिकाचोकमा डिभाइडरमाथि राखेको उक्त वस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो ।
यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा ५ बि.पि.चोक नजिकै एककपडा पसलको बाहिर फेला परेको शंकास्पथ वस्तु पनि प्रहरीले डिस्पोज गरेको प्रदेस प्रहरी प्रमुख अधिकारीले वताए ।
पश्चिम नवलपरासीको बासाबसहीमा बिहीबारबिहान एक ट्रकमा आगजनी गरेका छन् । आगलागीबाट ट्रकको पछाडीको टायर जलेर क्षति भएको छ । अर्कोतर्फ विप्लव समुहको नेकपा जनपरिषदले नेपाल बन्दकको मौका छोपी पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ पडरीमा एकव्यक्तिको ३४ विगाहा जमिनमा झण्डा गाडेर कब्जा गरेको स्रोतले बतायो । खेतमा गाढेको उक्त झण्डा प्रहरीले फालिदिएको छ ।
बन्दका कारण यसक्षेत्रमा विहानदेखि दिनभरीजसो लामो दुरीका सवारी साधनहरु संचालनमा आएनन । बजारका पसलहरु एकदुईबाहेक धेरैजसो बन्द रहेका थिए । नीजि तथा सामुदायिक सरकारी सवै शिक्षण संस्थाहरुले विद्यालय बन्द गरेका थिए । सडकमा बाक्लै रुपमा नेपाल प्रहरी र सशंस्त्र प्रहरीको गस्ती परिचालन भएका थिए ।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share