Breaking News
Home / Featured / प्रदेसको विकासमा विपल्व बाधक छैन : मुख्यमन्त्री पोख्रेल

प्रदेसको विकासमा विपल्व बाधक छैन : मुख्यमन्त्री पोख्रेल

 
बुटवल । प्रदेस नम्वर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा माओवादी (विपल्व)का गतिविधीहरुले विकास निर्माणको अभियानलाई ततकाल खासै प्रभाव नपारेको बताएका छन्।

मुख्यमन्त्री पोख्रेलले सोमवार प्रदेस सभाको संसदीय समिति बैठकमा उक्त धारणा राखेका हुन। प्रदेस सरकारले वैधानिक पाएको डेढ वर्षपछि सोमवार पहिलो पटक मुख्यमन्त्रीले संसदीय समितीमा उपस्थित भएका छन्।

प्रदेश मामिला तथा कानून समितिले मुख्यमन्त्रीलाई पत्राचार गरी निम्तो पठाएपछि प्रदेशको सुरक्षा र शुशासनको विषयमा जवाफ दिन उनी बैठकमा उपस्थित भएका थिए।

बैंठकमा प्रदेशको सुरक्षा, सरकारद्धारा प्रतिवन्धीत विप्लप पार्टीको गतिविधी, प्रदेसमा भए गरेका विकास क्रियाकलापको अनुगमन तथा मानव अधिकारको विषयमा सांसदहरुले प्रश्न एवं जिज्ञासाहरु राखेका थिए। नेपाली काँग्रेसका सांसद भुवनेश्वर चौधरीले प्रदेस सरकारले विप्लपका गतिविधिलाई कसरी हेरेको छ ? उसप्रति कस्तो धारणा बनाएको छ भनी जिज्ञासा राखेका थिए।

विप्लपका गतिविधिलाई प्रदेस सरकारले गंभिरतापूर्वक नजिकबाट हेरिरहेको वताउदैं मुख्यमन्त्री पोख्रेलले भने। ‘प्रदेसमा विपल्वका गतिविधीहरुमा कमी आएको छ। ठूला अप्रिय घटनाहरु घटेका छैनन । बन्द हड्तालमा पनि उसले विगतमा जस्तो अप्रिय घटनाहरु घटाएको छैन।’

प्रदेस सरकार शान्ति सुरक्षाप्रति गंभिर छ, सुरक्षा निकायहरु पनि चनाखो बनी गंभिरढंगले सुक्ष्म अनुसन्धान तथा कार्वाही थालेको उनले सासंदहरुलाई जानकारी गराएका थिए।

प्रदेशका १२ वटैं जिल्ला प्रशासन र सुरक्षा निकायहरुले शान्ति सुरक्षाको वातावरण सहज पार्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा लाग्न निर्देशन दिईरहेको उनले वताए। सुरक्षाप्रति प्रदेस सरकार मात्रै नभई संघीय सरकार पनि गंभीर वनेर वेलावखतमा निर्देशन दिदैं आएको उनले बताए। 

मुख्यमन्त्रीले जे कुरा भनेपनि विपल्वको गृह जिल्ला यसै प्रदेसभित्रको कपिलवस्तु हो। उसले प्रदेस ५ लाई नै मुख्य आधार र सुरक्षा सेल्टर बनाएर आफनो गतिविधीहरु अगाडी बढाईरहेको छ।

विपल्वको गाऊबाट सुरक्षाकर्मीले अघिलो महिना तीनवटा हतियार वरामद गरेको थियो। सुरक्षाकर्मीले हतियार खोस्न र व्यक्तिलाई पक्राउ गर्न खोज्दा स्थानिय महिला तथा वालवालिका एवं स्कुले विद्यार्थीहरुले सुरक्षाकर्मीलाई घेरावन्दी गरेका थिए। 

विपल्वले प्रदेस एवं पश्चिमी क्षेत्र दाङ, बर्दीया, रोल्पा, जाजरकोटमा फाटफूट अप्रिय घटना घटाएको छ।

स्थानियसंग मिल्ने र उनीहरुलाइ्र्र हातमा लिनका लागि विपल्वले प्रदेस ५को कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाचीमा खासै ठूलो घटना घटाएको छैन। रुपन्देहीबाट विपल्वका १० जना कार्यकता पक्राउ परेका छन्।

उनीहरुलाई राजद्रोह, विस्फोटक र सार्वजनिक मुद्धा लगाईएको छ। यसैगरी कपिलवस्तु जिल्लाबाट ७ जनमा पक्राउ परेको प्रहरीले जनाएको छ।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share