Breaking News
Home / Featured / बुद्धका ५ वटा मूर्ति तोडफोड

बुद्धका ५ वटा मूर्ति तोडफोड

भैंरहवा। अज्ञात व्यक्तिले बुधवार मध्यरातमा वेलहिया–भैरहवा–बुटवल व्यापारीक मार्गको तिलोत्तमा नगरपालिकाको सडक खण्डमा रहेका बुद्धका ५ वटा मुर्ती तोडफोड गरी पुर्ण क्षति पुराएको छ।

 

सिमेन्ट, सुर्की चुना, बालुवाद्धारा निर्मीत एकसय सय २० किलो बढी तौलको ध्यानमा बसेका बुद्धको मुर्तीमाथि आक्रमण भएको छ।

 

नयाँमिलदेखि उत्तरतर्फ शंकरनगर चोकसम्मका ५ वटा बुद्धमूर्तिहरु तोडफोड भएका छन्।

 

तिलोत्तमा नगरपालिकाले नगर सुन्दरीकरण र पर्यटक आकर्षीत गर्ने उदेश्यले त्यस सडक खण्डमा २२ वटा बुद्धका मुर्ती राखेको थियो।

 

सामाजिक धार्मीक सदभाव विथोल्ने मनसायले अपराधीक तत्वले बुद्धका मुर्तीमाथि प्रहार गरेको स्थानिय रमेश गुरुङले बताए।

 

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले मुर्ति किन र कसले तोडे भन्ने विषयमा खोजिनीति भईरहेको र यस सम्वन्धमा प्रहरीलाई समेत खवर गरी अनुसन्धान जारी रहेको बताउनुभयो।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share