Breaking News
Home / Featured / संघिय सरकारद्वारा बजेट निर्माणको अभियान सुरु

संघिय सरकारद्वारा बजेट निर्माणको अभियान सुरु

भैंरहवा । संघीय सरकारले लाईफ लाईनको रुपमा परिचित भैरहवाबाट आगमी आर्थिक वर्ष २०७६।७७को वजेट तथा राजस्व नीति र कार्यक्रमको तयारीका निम्ती रायसुझावको अभियान सुरु गरेको छ ।
अर्थ मन्त्रालय राजस्व परामर्श समितीको आयोजनामा सोमवार भैरहवामा आयोजित वजेट सम्वन्धी छलफल एवं अन्तक्रिया कार्यक्रममा अर्थ मन्त्री डा. युवराज खतिवडाले उक्त कुराको जानकारीदिनु भएको हो ।
प्रदेसस्तरीय उक्त कार्यक्रममा प्रदेस ५ स्थित १२ जिल्लाका भंसार एवं आन्तरिक राजस्व कार्यालयका अधिकारीहरु एवं ३४ उद्योग वाणिज्य संघका अध्यक्ष एवं पदाधिकारीलगायत सरोकारवाला निकायको सहभागिता रहेका छन् ।
सरकारलाई आगमी आर्थिक वर्षको वजेटमा कर बढाउन भन्दा करको दायरा फराकीलो पार्न प्रदेस ५ का उद्योगी व्यवसायीहरुले सामुहिक रुपमा सुझाव दिएका छन् । प्रदेसस्तिरीय उक्त अन्तक्रिया कार्यक्रमको संयोजन सिद्धार्थ उद्योग वाणिज्य संघले गरेको छ ।
आगमी वजेटमा लगानी, उत्पादन र राजस्व बढाउने किसिमको त्रिकोणात्मक ठोस नीति तथा कार्यक्रम ल्याउन अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।
उक्त कार्यक्रममा उद्योग वाणिज्य महासंघ प्रदेस नं. ५का अध्यक्ष गुणनीधि तिवारी, रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारी, उद्योग व्यपार संगठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी, बदीया बासगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिंह थारु, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भूसाललगायत प्रदेस ५का ३४ वटा उद्योग वाणिज्य संघका अध्यक्षहरुले आआफनो जिल्लामा भएका उद्योगी व्यवसायीहरुले झेल्नु परेको कर, अन्तःशुल्क, भंसार आयत निर्यातमा भोग्नु परेका समस्याहरुका वारेमा आआफनो मौखिक तथा लिखित धारणा अर्थमन्त्रीका सामु राखेका छन् ।

सरकारले विगतमा पनि यसकिसिमको राय सुझाव संकलन गरेपनि बजेट तथा कार्यक्रममा धेरै कुराहरु छुटाएकोप्रति गुनासो गर्दै अब आगामी वर्षको वजेटमा यसकिसिमका सुझावलाई आत्मसात गरी कार्यान्वयनमा ल्याउन अर्थमन्त्री समक्ष सहभागीले आग्रह गरेका थिए ।

 

WHO hand washing technique

Check Also

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको

Tweet
Share
Pin
Share