Breaking News
Home / Featured / सुधार गृहबाट फरार वालकको चातर्फी खोजतलास

सुधार गृहबाट फरार वालकको चातर्फी खोजतलास

भैरहवा । बाल सुधार गृह रुपन्देहीबाट सोमवार राती भागेका ६ जना वालकहरु अझै फेला परेका छैनन ।

विभिन्न जिल्लामा विभिन्न अभियोगमा पक्राउ परि बालसुधार गृहमा राखिएकामध्ये फरार ती बालकहरुको चौतर्फी रुपमा खोजी अभियान जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदयन्द्र थापाले बताउनुभयो ।

सरकारी संरक्षण एवं व्यवस्थापनमा १७ वर्ष मुनीका विभिन्न अभियोग लागेका ७२ जना वालकहरुलाई भैरहवास्थित सुधार गृहमा राखिएको थियो ।

जसमध्ये फरार दुई वालकहरु आजै बुधवार र विहिवार छुट्दै थिए । कसको लहैलहैमा लागेर भागे अब झन फस्नेभए । घर ठेगानामा सम्पर्क गर्दा पनि पता लागेको छैन, वेपता छन् ।

बालसुधार गृह रुपन्देहीकी प्रमुख सुभद्रा गौतमले भनिन । भारत सिमाना नजिक हुदा उतै तिर लागेकी भन्ने प्रहरीले आशंका गरेको छ ।
दुईजना जर्वजस्ती करणीका दुईजना र चोरी अभियोगका ४ जना थिए ।

उनीहरु वाथरुमको भेन्टीलेसन र किचनको ढोकाको ताला तोडेर मुल गेटबाट सुरक्षाकर्मीको आँखा छलि भागेर वेपता भएका छन् । सुधार गृहमा असईको कमान्डमा सादा पोशाकका १० जना नेपाल प्रहरीका सुरक्षाकर्मीले २४ सै घण्टा सुरक्षाका लागि खटिएका थिए ।

उक्त घटनामा जबरजस्ती करणी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका देवदह नगरपालिका ७ रुपन्देहीका १६ वर्षीय जीवन खत्री, नौबाहिनी गाउँपालिका ४ प्युठानका १६ वर्षीय सुरेश घर्ती फरार छन् ।

यसैगरी चोरी मुद्दाका एकमहिना १५दिन सजाय, ८८ हजार एकसय रुपैयाँ जरिवाना तोकिका तानसेन नपा ३ पाल्पाका १७ वर्षीय सन्दीप रणपाल, एकमहिना कैद र २ लाख ५२ हजार जरिवानामा परेका विरुवा गापा ४ स्याङ्जाका १७ वर्षीय अनिश थापा पनि सम्पर्क विहिन छन् ।

यसैगरी नकवजनी चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका गाईघाट नेपालटार ३ उदयपुरका १७ वर्षीय सिद्धार्थजंग लामा (सविन पौडेल) र बुटवल उपमनपा ८ का १५ वर्षीय राजेश सुनार रहेको बाल सुधार गृह रुपन्देहीकी प्रमुख गौतमले जानकारीदिनुभयो ।

एक कोठामा ३० जना अर्को कोठामा ३२ जना र सानो कोठामा १० वालक वस्दै आएका थिए । ठूला दुईवटा कोठाबाट तीन–तीनजना मिलेर भागेका छन् ।

सुधार गृहमा रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्धाखाची, गुल्मी, नवलपरासी पुर्व पश्चिम, रुकुम, दाङ, प्यूठान, बाँके, बर्दिया, स्याङजा, कास्की, गोर्खा, म्याग्दी लगायतका विभिन्न जिल्लामा विभिन्न अभियोग लागेका १८ वर्षमुनीका बालकहरुलाई राखिएको छ ।

सरकारले वाल सुधार गृहको कन्सेफेट ल्याएपनि सुधार गृह वालमैत्री नभएको र कारागार व्यवस्थापन विभागको व्यवस्थापनको कमजोरी एवं सुरक्षाकर्मीहरुको लापवार्हीका कारण बालकहरु भाग्न सफल भएका हुन ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले सुधारगृहबाट भागेको बालकहरुको हुलिया चौतर्फी पठाएर खोजतलासको कार्यलाई प्रहरीले तिव्र पारेकोले छिट्टै सम्पर्कमा आउने दावी गर्नुभयो ।

 

WHO hand washing technique

Check Also

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको

Tweet
Share
Pin
Share