Breaking News
Home / Featured / सरकारी बाल सुधार गृहबाटै ६ जना वालक वेपता

सरकारी बाल सुधार गृहबाटै ६ जना वालक वेपता

कृष्णप्रसाद ढकाल
भैरहवा । कारागार व्यवस्थापन विभागको कमजोरी एवं सुरक्षाकर्मीको हेलचक्राईका कारण बाल सुधार गृह रुपन्देहीबाट ६ जना वालावलिकाहरु सोमवार रातीदेखि हराएका छन् ।

सरकारको संरक्षणमा सुधार गृहमा रहेका विभिन्न जिल्लाका १७ वर्षमुनीका ६ जना वालकहरु सुधार गृहबाट फरार भई वेपता भएका छन् । सुधार गृहमा कुल ७२ जना कैदी वन्दी रहेकोमा ६ जना फरार भएसंगै अहिले ६६ जना वालक छन् । उनीहरु तीनवटा कोठामा वसेका छन् ।

कति वालक, कुन कसुरका

एक कोठामा ३० जना अर्को कोठामा ३२ जना र सानो कोठामा १० वालक छन् । सुधारगृहमा रहेकामध्ये सवैभन्दा वढी जर्वज्रस्ती करणीका २३ जना, लागु औषधका १४ जना, नकवजनी र चोरीका १४ जना, कर्तव्य ज्यानका ५ जना, सरकारी छाप किर्ते, अप्राकृतिक मैथुन, सार्वजनिक अपराध, सवारी ज्यानलगायत विभिन्न १६ वटा कसुरका ७२ जना वालकहरुले कैदी एवं वन्दी जिवन विताईरहेका छन् ।

जसमध्ये कैदी २५ जना र थुनवातर्फ भारतीय ४ जनासहित ४७जना तीनवटा कोठामा खाजीएर बसेका छन् ।

कुनकुन जिल्लाका

रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्धाखाची, गुल्मी, नवलपरासी पुर्व पश्चिम, रुकुम, दाङ, प्यूठान, बाँके, बर्दिया, स्याङजा, कास्की, गोर्खा, म्याग्दी लगायतका विभिन्न जिल्लाका १८ वर्षमुनीका विभिन्न कसुर लागेका बालकहरु सुधार गृहमा छन् ।

‘फरार भएका दुई वालकहरु बुधवार र विहिवार छुट्दै थिए, अनजानमा कसको योजनामा फसेर भागी वेपता भए ।’ बालसुधार गृह रुपन्देहीकी प्रमुख सुभद्रा गौतमले भनिन । ‘प्रहरीले खोजि रहेको छ चौतर्फी तर अझै फेला पार्न सकेको छैन । हालसम्म वेपता भएका उनीहरुमध्ये दुईजना जर्वजस्ती करणी र ४ जना चोरी मुद्धाका अभियोगमा वसीरहेका थिए ।’

कहाबाट कसरी भागे, डियुटी ईन्चार्ज असई फेरिए
उनीहरु वाथरुमको भेन्टीलेसन र किचनको ढोकाको ताला तोडेर मुल गेटबाट बुद्धिमताकासाथ भागी सुरक्षाकर्मीको आँखा छलि वेपता भएका छन् ।

सुधार गृहमा असईको कमान्डमा सादा पोशाकका १० जना नेपाल प्रहरीका सुरक्षाकर्मीले सुरक्षा पहरेदारी दिईरहेका छन् । वालकहरु भागेसंगै डियुटीमा रहेका प्रहरी जवान नारायण कुवर र घनेश्याम वानिया दुईजना प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आवश्यक कार्वाही थालेको छ ।

डियुटी ईन्चार्ज असई टेक बहादुर क्षेत्रीलाई पनि जिल्लामा तानी उनको ठाऊमा असई राघव भट्टसहित थप तीनजना सुरक्षाकर्मी थप गरिएको छ ।

भदौंदेखि कार्यान्वयनमा आएको नया कानुन संहिता अनुसार सरकारले कारागार व्यवस्था विभाग मातहत नेपाल भर पहिलो चरणमा तीन ठाउमा वाल सुधार गृह संचालनमा ल्याएकोमध्ये यो एक हो ।

यहाको महिला तथा वालवालिकाको कार्यालयलाई वाल सुधार गृहको भवनका रुपमा मर्मत गरी भदौं देखिनै यहा वालवालिकाहरु राख्न थालिएको हो ।

सरकारले वाल सुधार गृहको कन्सेफेट ल्याएपनि सुधार गृह वालमैत्री नभएको र व्यवहारीक एवं व्यवस्थापनमा कमजोरी देखिएको स्थानिय रामशंकर शर्माले गुनासो गरे ।

दुईजना रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरले वालकहरु भागेको र उनीहरुको चौतर्फी रुपमा प्रहरीले खोजतलास गरिरहेको जानकारीदिनुभयो ।


काँडेतारवारले घेरीएको भैरहवास्थित बाल सुधार गृह । फाटो : कृष्णप्रसाद ढकाल

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share