Breaking News
Home / Featured / भारतीयको नेपाली नागरीकता बदर : ३४ हजार भारतीय महिलाले नागरिकता लिए

भारतीयको नेपाली नागरीकता बदर : ३४ हजार भारतीय महिलाले नागरिकता लिए

इमरान खान

भैरहवा। नेपाल सरकार मन्त्री परिषदको निर्णयले भारतीय नागरिकको रुपन्देही जिल्ला मर्चवारबाट लिएको नेपाली नागरिकता बदर गरेको छ।

भारत महाराजगंज जिला ग्रामपंचायत बिशुनपुर कुर्थिया निवासी मुस्ताफाको छोरा जमालुदिन धुनियाले झुठा विवरण पेशगरी रुपन्देही जिल्ला ईलाका प्रशासन कार्यालय मर्चवारको मझगावाबाट २०६५ साल चैत २६ गते नेपाली नागरिकता लिएका थिए।

नागरिकता लिएसकेपछि शंका लागि छानविन गर्दै जादा उनी गैर नेपाली भएको ठहर गरी गृहमन्त्रालयको सिफारीशमा जमालुद्दिन धुनियाको नागरिकता बदर गरिएको हो।

धुनियाले लिएको नागरिकता प्रमाणपत्र नं. ३७२०६३।१३३५९ बदर गरेको निर्णय सरकारका प्रवत्ता एवं सूचना तथा संचार प्रविधी मन्त्री गोकुलप्रसाद बास्कोटाले पत्रकार सम्मेलनमा जानकारीदिएका छन्।

सरकारको मन्त्रिपरिषदको मंसिर २३ गते बसेको बैठकले उनको नागरिकता वदर गर्नुका साथै अन्य १७ वटा महत्वपुर्ण निर्णय गरेको छ।

निर्णयको १० नम्वर बुदामा इलाका प्रशासन कार्यालय, मझगवा रुपन्देहीबाट झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने ना.प्र.न. ३७२०६३।१३३५९ का जमालुद्दिन धुनियाको नेपाली नागरिकता प्रमाणपत्र रद्ध गरी नेपाली नागरिकबाट हटाइएको उल्लेख छ।

यसैगरी रुपन्देहीबाट चालुवर्ष गलतढंगले झुकाएर नेपाली नागरिकता लिने अर्का भारतीय व्यक्तिको पनि भदौंमा नागरिकता वदर गरेको थियो।

रुपन्देहीबाट ३४ हजार भारतीय महिलाले नागरिकता लिए

मधेसवादी दलले नयाँ संविधानले मधेश समुदायको नागारिकता खोसेको आरोप लगाए पनि रुपन्देही जिल्ला प्रशासन कार्यालयबाट करिव ३४ हजार भारतीय मुलका महिलाले नेपाली नागरिकता लिएका छन्।

पूरानो एवं नयाँ संविधानको प्रावधान अनुसार भारतीय महिलाले वैवाहिक अंगीकृतको नागरिकता लिन सफल भएका छन्।

भारत युपी महाराजगंज जन्मेकी ५९ वर्षीय प्रमिला देवी चौधरीले समेत नयाँ संविधान अनुसार नागरिकता पाएकी छन्। यस महिनामा मात्रै २ सय २५ जना भारतीय चेलीले नेपाली नागरिकता लिएका छन्।

असुरैना गाविसबाट एकैदिन तीनजनाले नागरिकता लिएका छन्। जसमा वडा नं. १ बाट शिला केवट र शिला हरिजनले, वडा नं. ३ बाट विमा तेलीले नागरिकता लिएकी छन्। सरोजा चाई, कमलवती केवटले तिलोतमा नगरपालिका १५को ठेगानामा नागरिकता लिएका छन्।

यसैगरी भारतीय छोरी प्रमीला देवी चौधरी, उषा यादव, फातिमा वेगम, इसरावती केवट, ईन्द्रा मल्लाह, खुशबु चमारले पनि नेपाली पुरुषसंग विवाह गरेको आधारमा वैवाहिक नागरिकता लिएका छन्।

‘सचिवले सिफारीश दिए, कागपत्र सवै मिलेको थियो। सिडीओ अफिसमा खासै दुःख भएन एकैदिनमा नागरिकता पाए।’ नागरिकता देखाउदै तिलोतमा नगरपालिका १५ की कमलावती केवटले भनिन।

बैवाहिक मात्रै होईन प्रशासनले अंगीकृत नागरिकता पनि दिएको छ। बाबुले नागरिकता पाउनु अघि जन्मेको सिनपा १० का पुनम भर र गोनाहा ६ की अमन मानु वनियाले पनि नयाँ संविधान जारीभएपछि अंगीकृत नागरिकता पाएकी छन्।

अनुसूचि फारम एवं आवश्यक काजपत्रहरु सदर भएपछि मात्रै वैवाहिक अंगीकुतवालाहरुले प्रशासकीय अधिकृतको दस्तखतमा नागरिकता पाएका छन्।

रुपन्देहीमा अंगीकृतको प्रमुख जिल्ला अधिकारीले र वैवाहिक नागरिकताको सहायक प्रमुख जिल्ला अधिकारीले सदर गरेपछि मात्रै नागरिकता बन्दछ। वंशजको नागरिकता प्रशासकीय अधिकृतले सिधै गर्ने र दिने अधिकार प्रत्यायोजन भएको छ।

प्रशासनले नेपाली पुरुषसंग गरेको विवाह दर्ता प्रमाण, गाउँ सर्जमिन मुजुल्का, गाविस सचिवले सिफारीश गरेको अनुसूचि फारम, पतीको नागरिकता एवं सनाखतको आधारमा मात्रै नागरिकता दिने गरेको छ।

जिल्ला प्रशासन कार्यालयमा भिड 

यतिवेला जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा नागारिकता लिनेको भिड ज्यादै बढेको प्रशासकीय अधिकृतले बताए। भारतको विभिन्न प्रदेश एवं शहरमा जन्म भई रुपन्देहीका नेपाली पुरुषसंग वैवाहीक बन्धनमा बाँधिएका भारतीय महिलाले नागरिकता ऐन तथा नेपालको संविधान–२०७२ बमोजिम नागरिकता वितरण भईरहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।

कसैकसैले कुरो नवुझीकन जनतालाई भ्रममा पारी नयाँ संविधानले नागरिकता खोसीयो भन्ने गलत अफभाव फैलाउने कार्य गर्दाले सिधासादा जनता भ्रममा परेका छन्। ‘मधेशका अशिक्षित जनतालाई झुकाउने र भ्रम फैलाउने कार्य कसैले पनि गर्नुहुदैन।’ एकजना अधिकारीले भने। ‘संविधानले नागरिकता खोसेको छैन । जनताले धरै अधिकार पाएका छन्।’

रुपन्देही जिल्लाबाट अघिलो वर्ष एकहजार ८६९ जना भारतीय चेलीले नागरिकता पाएका थिए भने गतवर्ष करिव ८ सयजना महिलाले नागरिकता लिएको प्रशासन स्रोतले जानकारीदियो।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका नागरिकता फाँटका अनुसार रुपन्देही जिल्लाबाट बंशज ६ लाख २० हजार ४३ जना, जन्मको आधारमा ११ हजार ३१ जना, अंगीकृत ४सय ७८ जना र भारतबाट विवाह गरी नेपाल आएका ३४ हजार जना महिलाले वैवाहिक अंगिकृत नागरिकता लिईसकेका छन्।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share