Breaking News
Home / Featured / बकर इदमा काटिए हजारौ खसी

बकर इदमा काटिए हजारौ खसी

भैरहवा। ईस्लाम धर्मावलम्वीको दोस्रो महान पर्व बकरईदमा मुस्लिम समुदायले हजारौ खसी बलि गरेका छन्। रुपन्देही, कपिलवस्तु, बाँके, दाङ, काठमाण्डौैलगायत देसैभर छरिएर रहेका मुस्लीम समुदायले सोमवारदेखि तिनदिनसम्म धुमधामसंग बकरईदमा हजारौं खसी काटेर मनाएका छन्।

 

बकरईदमा खसी, रांगा एवं पाठी काटेर कुरवानी दिईन्छ। काटेको मासुलाई ३ भाग लगाईन्छ। जसमध्ये पहिलो भाग गरीबका असहायका लागि, दोस्रो भाग साथीभाइ इस्टमित्रलाई छुटाएर बचेको तेस्रो भाग घरमा राखेर परिवारले खाने चलन रहेको प्रदेश सभाका सदस्य फकुरद्धिन खाले जानकारीदिनुभयो।

 

विगतमा झै यसवर्ष पनि मुस्लीमका प्रत्येक घरमा एक–एकवटा खसी काटिएका छन्। ठूलाबडा कसैले ६०।७० किलोको खसी काटेका छन। गरिवले पनि कम मुल्य पर्ने सानै भएपनि काटेर रमाईलो गरि मिलीजुली खाएका छन्। उनले भने।

 

मुस्लिम धार्मिक ग्रन्थ अनुसार अल्लाहले सबैभन्दा प्यारो वस्तु कुरवानी मागेपछि नवि इब्राहिम अलि सलामले आफ्नो प्यारो छोरा इस्माइलको बली स्वरुप कुरवानी दिन खोज्दा अल्लाह खुशी भइ इस्माइलको ठाउँमा दुम्बा अर्थात् भेडाको कुरवानी दिने अभियान चल्दै आएको किवदन्ती छ।

 

मुस्लीम अगुवा मान्नुला खाले यसपर्वमा मुस्लीम समुदायको घरघरमा सक्दो क्षमता अनुसार पशु वलि गर्ने चलन रहेको बताउनुभयो। बकरईदमा मुसलमानले बिहान मस्जीदमा सामुहिक भेला भएर नमाज पाठ गर्ने र घरघरमा खसी, रांगा एवं पाठी काट्ने प्रचलन छ।

 

बकरइदको अवसरमा मुस्लिमले हिन्दु तथा अन्य धर्माबलम्बी व्यक्तिलाई आफ्नो घरमा निमन्त्रणा गरी कुरवानी गरेको मासु भोजन गराएर खुशी मनाउनुका साथै दुःखसुख साटासाट गर्दै मनाएको तौलिहवा उद्योग वाणिज्य संघका उपाध्यक्ष जाहिद खांले बताए।

 

यसैविच कपिलवस्तुबाट बकरइदको अवसरमा हाजी बन्न २ सय २३ जना मुस्लिम महिला तथा पुरुषहरु साउदी अरेवियाको मक्का मदिनामा पुगेर हज गरेका छन् । यसैविच प्रदेस ५ र प्रदेस २ सरकारले मुस्लीमको यसपर्वमा सार्वजनिक विदा समेत दिएका थिए।

 

धार्मिक सदभाव एवं सहिष्णुताको सन्देश दिँदै हिन्दु समुदायले समेत मुस्लीम पर्वमा शुभकामना आदान–प्रदान गरेका छन्। कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा, चन्द्रौटा, बहादुरगंज, कृष्णनगर, मर्जादपुर, पकडी, अभिराव, महाराजगंजलगायत विभिन्न स्थानका मस्जिदमा मुस्लीम महिला पुरुष तथा बालवालिकाहरु सामुहिक रुपमा भेला भएर सामूहिक नमाज पाठ गर्नुका साथै आपसमा शुभकामना आदान–प्रदान गरेका देखिन्थे।

 

तौलिहवामा भने महिला पुरुषहरु छुट्टा छुटै समूहमा भेला भएर नमाज पाठमा सरिक भएका थिए । मुस्लीमले यसलाई इदुल अजाह पर्व का रुपमा मनाउदै आएका छन्।
कपिलवस्तु जिल्लाको कुल जनसंख्यामध्ये १७ प्रतिशत मुस्लीम समुदाय छन्। रुपन्देहीमा ५ प्रतिसत रहेको छ।

 

देसभरमा मुस्लीमको संख्या तिव्रगतिमा बढीरहेको छ। मुस्लीम समुदायले सन्तान वृद्धिलाई निरन्तरता दिदै आएका छन्। धार्मीक आडमा मुस्लीम दम्पतीले बन्ध्याकरण गर्न हिजकिचाउने गरेको भैरहवाका समाजसेवी फकुरुदिन खाँ (संजय)ले जानकारीदिनुभयो।

WHO hand washing technique

Check Also

कोरोनाको ओझेलमा भित्रियो बडादसैं

विजयादशमीमा साईत हेरेर टिका लगाउनेका लागि कात्तिक १० गते १०ः१९ बजे टिकाको उतम साईत रहेको र लगाउनेको मुख पुर्व, लगाईदिने पश्चिम फर्कदा हुने...

Tweet
Share
Pin
Share