Breaking News
Home / Featured / राजपरिवारलाई छोडेर पूर्व राजा एक्लै प्रदेस ५ को भ्रमणमा निस्के (फोटो फिचर समेत)

राजपरिवारलाई छोडेर पूर्व राजा एक्लै प्रदेस ५ को भ्रमणमा निस्के (फोटो फिचर समेत)

कृष्णप्रसाद ढकाल

भैरहवा। पूर्व राजा ज्ञानेन्द्र विरविक्रम शाह राजपरिवारलाई छोडेर एक्लै आठ दिनको लामो धार्मीक भ्रमणको कार्यक्रम तय गरी आईतवार साझँपख भैरहवा आईपुगेका छन्।

पूर्वराजा रुपन्देहीको टाईगर प्यालेसमा रात बिसाउने र आठदिनसम्म प्रदेस ५ का विभिन्न जिल्लाको भ्रमण एवं भेटघाटमा व्यस्त रहने कार्यसूची तयार पारिएकोछ। जिल्ला प्रमुख सुरक्षा अधिकारीहरुले पूर्व राजाको सुरक्षाका लागि विशेष सुरक्षा टोली परिचालन गरेका छन्।

भैरहवा विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा सहभागी जनसमुदाय।

पूर्व राजा शाह सर्वसाधारण यात्रु जसरी बुद्ध एयरको विमान मार्फत काठमाण्डौंदेखि भैरहवा गौतमबुद्ध विमानस्थलमा अवतरण गरेका हुन। राजावादी एवं हिन्दुका भक्तहरुले उनीलाई विमानस्थलमा भव्य रुपमा स्वागत गरेका छन्।

परिवारलाई काठमाण्डौं नै छोडेर ज्ञानेन्द्र शाह एक्लै प्रदेश पाँचको भ्रमणमा आएका छन्। बुधवार मंसिरको १५ गतेदेखि २२ गतेसम्म प्रदेशका विभिन्न जिल्लाहरुको धार्मीक भ्रमणको कार्यक्रम तय भएको भ्रमण दलका प्रमुख सल्लाहकार एवं पूर्वमन्त्री प्रकाश चित्रकारले जानकारीदिनुभयो।

पूर्वराजाको स्वागतका लागि पूर्वमन्त्रीहरु, पूर्व जिविस सभापति एवं मेयर तथा विशिष्ट व्यक्तित्वहरुको सल्लाहकार समिती सक्रिय रुपमा लागेका छन्।

‘राजाको यो भ्रमण विशुद्ध धार्मीक भ्रमण हो, मठ मन्दिरहरुमा दर्शन गर्ने कार्यक्रम छ। शुद्ध मनले राजासंग भेट्न खोज्न चाहनेलाई पनि भेटघाटका लागि छुट छ।’ पूर्वमन्त्री चित्रकारले भने।

भ्रमण कार्यक्रमका सवारी व्यवस्थापन समिती संयोजक शक्तिप्रसाद सापकोटाले राजाले रुपन्देही, पाल्पा, कपिलवस्तु र नवलपरासी जिल्लाका मुख्य धार्मिक मठमन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको जानकारीदिनुभयो।

उक्त जिल्लाहरुमा राजाको स्वागत सवारी एवं पूजाका निम्ती छुटाछुटैं समिती गठन भएको छ। रुपन्देहीमा रामअवतार यादवको संयोजकत्वमा समिती वनेको छ।

बुधवार १५ गते भैरहवा विमानस्थलमा राजाको स्वागत गर्ने र टाईगर प्यालेसमा वास वसाल्ने व्यवस्था भएको छ। पूर्व राजा १६ गते सोमवार रुपन्देहीको सैनामैनास्थित पर्रोहा बोलबम धामको र १७ गते रुपन्देहीकै मर्चवारी गाउपालिकाको मर्चवारीमाई मन्दिरको अवलोकन भ्रमण एवं पूजाआजा गर्ने कार्यक्रम छ।

१८ गते मंगलवार टाइगर प्यालेसमै विश्राम एवं भेटघाट तथा छलफल कार्यक्रम रहेको छ भने १९ गते बुधवार पाल्पा जिल्ला तानसेनमा रहेको भगवती मन्दिरको अवलोकन एवं पूजा गर्ने कार्यक्रम तय गरिएको प्रमुख सल्लाकार चित्रकारले बताउनुभयो।

यसैगरी २० गते कपिलवस्तु जिल्लाको गोरुसिंगेमा रहेको पशुपति मन्दिर र २१ गते नवलपरासी जिल्लाको पाल्ही भगवती मन्दिरको अवलोकन एवं पूजाआजा र दर्शन गर्ने कार्यक्रम निश्चित भएको सवारी व्यवस्थापन समितिका संयोजक शक्तिप्रसाद सापकोटाले जानकारीदिनुभयो।

भ्रमणका सवै कार्यक्रमहरु दिउसो ३ः०० वजेका लागि समय तय गरिएको छ। आठ दिनसम्म रुपन्देही वसेर विभिन्न जिल्लाहरुको भ्रमण सम्पन्न गरि पूर्व राजा शाह २२ गते आईतवार काठमाण्डौं फर्कने कार्यक्रम बनेको छ।

भैरहवा विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा सहभागी जनसमुदाय। फोटो : कृष्णप्रसाद ढकाल

WHO hand washing technique

Check Also

हुईप जारीसंगै बहुमतले लुम्विनी प्रदेसको राजधानी बुटवलबाट देउखुरी जादैं

बुटवलबाट राजधानी सार्दा लुम्विनीको क्षेत्र १२ जिल्लासम्म फैलिएको, सरकारले प्रदेसको प्रशासनिक राजधानी देउखुरीमा वनाएर रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई पर्यटकीय, सांस्कृतिक राजधानी र बुटवल–भैरहवा वितिय राजधानी वनाउने यसैगरी बुटवल–भैरहवा वितिय राजधानी वनाउने

Tweet
Share
Pin
Share