Breaking News
Home / Featured / पहिरोमा पुरीएकामध्ये ३ जनाको शव फेला, बालकको शव भेटिएन

पहिरोमा पुरीएकामध्ये ३ जनाको शव फेला, बालकको शव भेटिएन

परराष्ट्रमन्त्री हेलिकप्टर लिएर घटनास्थलमा
घाईते २ जना काठमाण्डौंमा लगियो
मृतकको शव पोष्टमार्टम, दाहसंस्कार विहिवार हुने

भैरहवा। गुल्मी जिल्लाको सत्यवती गाऊपालिका लिंघा र लुम्पेकमा पहिरो पुरीएका मध्ये थप तीन जना मृत अवस्थामा बुधवार फेला परेका छन्। नेपाली सेना, संस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानियको संयुक्त खोज एवं उद्धार टोलीले उनीहरुलाई फेला पारी घटनास्थलबाट शव उठाएर पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखेको छ।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पहिरोमा पुरीएर वेपता भएकाहरुमध्ये बुधवार थप तीनजनालाई मृत अवस्थामा फेलापारिएको र अर्को एकजना सानो बालक अझै फेला नपरेको जानाकारीदिनुभयो।

सुरक्षाकर्मीले ९ वर्षीय तारा वि.क र ४० वर्षीय माया र १६ वर्षीय बवि बिकको शव फेला परेका छन्। वेपतामध्ये ३२ वर्षीय पम्फा बिकको डेढ वर्षको छोरा सुमन भने अझै फेला नपरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारीदिनुभयो।

बुधवार रात परेकाले विहिवार विहानैदेखी उनको खोजी कार्य जारी राख्ने र घटनाको वास्तविक क्षतिको विवरण भोली साझासम्म एकीन गर्नसकिने प्रजिअ पौडेलले वताए।

पहिरोले पुरिएकामध्ये मंगलवार रातीसम्म ९ वटाको शव फेला परेको थियो। उनीहरुको शव पोष्टमार्टम भएको र पिडित परिवारलाई अन्तिम दाहसंस्कारका लागि जिम्मा दिने प्रक्रिया सुरु भएको प्रहरी उपरीक्षक दीपक कुमार वस्नेतले जानकारीदिनुभयो।

यसैविच सत्वती गाऊपालिका ४ ठूलो लुम्पेक कसिङथलामा पहिरोमा पुरिएर घाइते भएका १० वर्षीय करिष्मा तरामु र १३ वर्षीय धनी तरामुलाई उपचारका लागि काठमाडौं लगिएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधवार पिडितलाई राहत प्रदान गर्दै घाईतेलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौं लिएर गएका हुन। उक्त पहिरोले घाईतेका आमा ३२ वर्षीय तिलकुमारी र ९ वर्षीय बैंनी दर्शन तरामुको ज्यान गएको छ।

सुरक्षाकर्मीले घटनास्थलमा खोज एवं उद्धारका क्रममा पम्फाको घरको वाकसमा राखेको ७५ हजार रुपैयाँ बरामद गरेको छ। पहिरो विस्थापीत नजिकको स्कुलमा शरणार्थी जीवन विताई रहेको र उनीहरुलाई त्यही राहत वितरण गरिएको छ।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share