Breaking News
Home / Featured / विखण्डनकारीलाई मुलधारमा ल्यायौं : गृहमन्त्री

विखण्डनकारीलाई मुलधारमा ल्यायौं : गृहमन्त्री

भैरहवा : गृहमन्त्री रामबहादुर थापाले देसका विखण्डनकारी तत्वहरुलाई आधारभूत रुपमा मुलधारमा ल्याउन सरकार सफल भएको ठोकुवा गर्नुभएको छ ।
प्रदेस नं. ५को भैरहवामा आईतवारदेखि आयोजित दुईदिने सुरक्षा गोष्ठीलाई सम्बोधन गर्नेक्रममा सोमवार विहान गृहमन्त्री थापाले उक्त कुरा बताउनुभएको हो ।
एकवर्षको अवधीमा सरकारले अन्तराष्ट्रिय स्तरमा समेत विभिन्न ठोस कदमहरु चाली सम्वन्ध विस्तार गर्नुका साथै देसका विखण्डनकारी तत्वहरुलाई समेत मुलधारमा ल्याउन सफल भएको उनले दावी गरे ।
स्वतन्त्र मधेश गठवन्धनसंग गरिएको संझौता संविधान र मुलुकको शान्ति सदभावका लागि कोषेढुंगा वनेको बताउदैं सरकारले देसका विखण्डनकारी तत्वहरुलाई मुलधारमा ल्याउने काम गरेको बताउनुभयो ।
सिके रावतले स्वतन्त्र मधेश गठवन्धनको नीति छोड्ने सहमतीमा ११ बुदे संझौता पत्रका हस्ताक्षरकर्ता समेत रहनुभएका गृहमन्त्री थापाले भन्नुभयो । ‘आत्मसर्पण गरो भन्ने आरोप निराकारण छन् । यो त दुवैले अखण्ड राष्ट्रको हितमा गरेको शान्ति संझौता हो । संझौता अनुसार सिके रावतले अब पुरानो नीति, नारा र झण्डा सवै परित्याग गर्छन् । हिजो जनकपुरमा रावतलाई गरेको सम्मान एवं स्वागत अन्तिम विदाई हो ।’
कसैले सिके रावतसंग सरकारले आत्मसर्पण गरयो भन्ने, कसैले सरकारसंग सिके रावतले आत्मसर्पण गरुयो भन्ने दईवटै आरोप निराकारण छन् । बाहिरी हल्ला र भ्रममा नर्पन उनले आग्रह गरे ।
भर्खर जेलबाट उनी छुटेकोले कार्यकर्ताहरु पनि भ्रममा छन् । भविश्यमा विगतको जस्तो गतिविधी गर्ने छैनन । पुरानो सवै परित्याग गरी नेपालको संघीय लोकतान्त्रिक संविधानलाई आत्मसाथ गर्दै नयाढंगले उनीहरु अगाडी बढ्ने सरकारले विस्वास गरेको उनले वताए ।
नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द (विपल्व)लाई लगायत राज्य विरोधी सवै समूहरुलाई मुलधारमा ल्याउन सरकारले बारम्वार अपील गरेको बताउदैं उनले प्रधानमन्त्री समेत प्रत्यक्ष लागि पर्नुभएको जानकारीदिनुभयो । विप्लवले गरेको पछिलो घटनाका सम्वन्धमा गृहमन्त्रीले कुरा गर्न चाहनुभएन ।
यसैगरी असामाजिक अपाराधीक तत्वहरुलाई निस्तेज पार्न एवं प्राकृतिक प्रकोप असुरक्षा क्षेतिहरुलाई पनि न्यूनिकरण गर्नमा सरकारले ठोस कदम चालेको उनले बताए ।
मुलुकको सुरक्षा संवेदनशिलताका सवालमा गृहसचिव प्रेम राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान गुप्तचर विभागका प्रमुख गणेश अधिकारी, संसत्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका रथी एवं बाहिनीपतीलगायत प्रदेस ५ का १२ जिल्लाका सुरक्षा अधिकारीहरु आईतवारदेखि नै भैरहवाको वसन्तपुरस्थित बोधी रेडसन होटलमा आयोजित सुरक्षा गोष्ठीमा सहभागी भएका छन् ।
प्रदेस अन्तर्गत रहेका १२ वटैं जिल्लाका प्रमुख जिल्ला अधिकारी, संस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धानका सुरक्षा अधिकारीहरुले सुरक्षाका बारेमा आ–आफनो जिल्लाको सुरक्षास्थितीबारे कार्यपत्र प्रस्तुत गरेका छन् ।
यसैगरी उक्त बैंठकले सिके रावत, विपल्वले नेतृत्व गरिरहेको नेकपा माओवादी, सिमा क्षेत्रमा हुने मानव तस्करी, लागु औषध, साना हतियार, भारतीय नम्वर प्लेटका गाडीहरुको समस्या, भौगोलिक, जातिय, धार्मीक, लैंगिक एवं सामाजिक तथा सांस्कृतिक सवालसंग जोडिएर आउने साम्प्रदायिक घटनाहरुका सवालमा समेत गंभिरढंगले छलफल चलेको बैंठकमा सहभागी रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारीदिनुभयो ।
अर्काेतर्फ विपक्षी काँग्रेसले शान्ति सुरक्षासंगै प्रदेसको नाम र स्थायी राजधानीको स्थान तोक्न दवावको आन्दोलन थाल्ने र अर्कोतर्फ विपल्व एवं राजपाले आन्दोलन चर्काउने स्थितीलाई सुरक्षा अधिकारीहरुले थ्रेटका रुपमा लिएका छन् ।
बैंठकमा विहिवार नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विपल्व)को गाऊमा भएको सर्च एण्ड अप्रेसनमा स्थानिय तथा स्कुले वालवालिकाले पुराएको अवरोध एवं प्रतिकार र शुक्रवार सरकारले स्वतन्त्र मधेश गठवन्धनका संयोजक सिके रावतसंग गरेको ११ बुदे संझौता, सरकारलाई दिएको समर्थन फिर्ता लिएको मधेश केन्द्रित राष्ट्रिय जनता पार्टीले दिएको आन्दोलनको चेतावनीका सम्वन्धमा सुरक्षा अधिकारीहरुविच गंभिरढंगले छलफल भएको छ ।
विपक्षी दल नेपाली काँग्र्रेसलगायत साना दलहरुलाई पनि सरकारले सम्मानका साथ हातमा लिन सकेन भने मुलुक पुनः अर्को द्वन्द्व फस्न सक्ने मधेश मानव अधिकार गृहका अध्यक्ष रविन्द्रनाथ ठाकुरले चिन्ता व्यक्त गर्नुभयो ।
सुरक्षा थ्रेटलाई सुरक्षा अधिकारीहरुले बढो सुझबुझका साथ संयमित भई गंभिरढंगले परिचालित भएनन भने शान्ति सदभाव पुनःबिग्रनसक्ने अवस्था देखिएको नागरिक समाज सिद्धार्थनगरका सचिव रविन्द्र घिमिरेले बताउनुभयो ।
भविश्यमा प्रदेसको नामाकारण र राजधानी तोक्दा आउने चुनौतिहरुलाई कसरी सामान गर्ने भन्ने सवालमा सुरक्षा अधिकारीले गंभीरढंगले छलफल गरेका छन् । तर ठोस सुरक्षा रणनीति भने तयार भईसकेको छ्रैन् ।

प्रदेस ५को भैरहवामा आयोजित सुरक्षा गोष्ठीमा गृहमन्त्री लगायतका उच्च सुरक्षा अधिकारीहरु । फोटो : कृष्णप्रसाद ढकाल

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share