Breaking News
Home / Featured / राजा शुद्धोधनको दरबार क्षेत्रको उत्खनन् सुरु

राजा शुद्धोधनको दरबार क्षेत्रको उत्खनन् सुरु

कृष्णप्रसाद ढकाल
कपिलवस्तु । बेलायतको दुरहाम विश्व विद्यालयका प्रोफेसर कनिङ घम र नेपाल सरकार पुरातत्व विभाग एवं लुम्बिनी विकास कोषका पुरातत्व अधिकारीद्धारा संयुक्त रुपमा राजा शुद्धोधनको दरबार अर्थात गौतम बुद्धको क्रिडास्थल तिलौराकोट परिसरको मध्येक्षेत्रको खण्डहरमा देखिएका विभिन्न भौतिक संरचनाहरु, दिवाल, कोठा ढोका, गेट, सुरक्षा किल्लाको अवेषणका निम्ती उत्खनन गरी संरक्षण गर्ने कार्य थालेका छन् ।

तिलौराकोटलाई कसरी बुझने ?

तिलौराकोटमा बुद्धकालीन समयभन्दा अघिको प्राचिन सभ्यताको सुन्दर शहर रहेको प्रमाणहरु फेला पर्नुले उत्खनन एवं सरक्षणको कार्यमा उत्साह एवं खुशी संचार आएको विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले जानकारीदिनुभयो ।

तिलौराकोट भित्र र बाहिर गरिएको बैज्ञानिक अध्ययनले प्राचिन मानव संभ्यताकोबारेमा प्रमाण जुटेको र निकै उपब्धी मिलेको उनले बताए। तिलौराकोटमा भेटिएका पुरातात्विक वस्तुहरुले ऐतिहासिक प्रमाणिकता क्रमशः पुष्टी हुदै आएको अन्वेषण टोलीले विस्वास गरेको छ ।तिलौराकोट राजा शुद्धोदनको राजदरवार एवं गौतम बुद्धको वाल्य र पारिवारीक जीवनको २९ वर्ष बिताएको एक कर्मथलो हो भने कन्थक स्तुपा बुद्धले चढने घोडाको समाधी स्थल हो ।

सन् १९६२मा भारतीय पुरातत्वविद् देवला मित्राले तिलौराकोटमा उत्खनन गरी दोस्रो सताब्दीको शहर भएको प्रतिवेदनमा उल्लेख गरेकी थिईन । उनले नै उत्खनन गरेका स्थानको थप उत्खनन गरी अध्ययन गरिएपछि सातौ शताब्दीको प्राचीन खाबोको प्वालहरु भेटिएको दुर्हम विश्व विद्यालयका प्रोफेसर रबिन कनिङघमले बताए । बिगत ३ बर्षको कार्यबाट तिलौराकोट प्राचीन शहर रहेको पुष्टी भएको उनले दावी गरे।

भारतीय पुरातत्वविद देवला मित्रले पहिला उत्खन्न गरेको क्षेत्र समयमाई मन्दिरदेखि पश्चिमपट्टि र दरवार बाहिर पुर्वपट्टि कन्थक स्तुपाको उत्खननसंगै संरक्षणको कार्ययोजना बनाएर काम थालेका छन् ।

उत्खन्नमा वेलायत र पुरातत्व विभागका विज्ञ संलग्न

यसवर्षपनि बेलायतको दुर्हम विश्व विद्यालयका प्रोफेसर कनिङ घम र नेपाल सरकार पुरातत्व विभागका पूर्वमहानिर्देशक कोषप्रसाद आचार्य, विभागका वहालवलाक प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुवर र लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत कृष्ण केसी, हिमाल उप्रेतीलगायतका पुरातत्वविदहरुको टोलीले संयुक्त रुपमा उत्खन्न एवं संरक्षणको लागि फिल्डमा खटिएका छन् । उक्त क्षेत्रहरुमा फेला परेका भंगनाअवशेषको सुक्ष्मढंगले अध्ययन गरी संरक्षण समेत यसैवर्ष सम्पन्न गर्ने लक्ष्य लिईएको छ।

यसैगरी उत्खनन् टोलीसंग त्रिभुवन विश्व विद्यालय स्नाकोत्तरमा कल्चर बिषय अध्ययनरत विद्यार्थी र लुम्बिनी विश्व विद्यालयका बिद्यार्थी पनि सहभागी छन् ।

जिओफिजीक्स सर्भेमा देखियो शहर

तिलौराकोट क्षेत्रको जिओफिजीक्स सर्भे गर्दा प्राचिन सभ्यताको शहरको अवशेषहरु देखिएको छ । सुरक्षा पर्खाल, बाटो, भवनहरु, गेट, ढोका, दरवारका कोठाहरु, हतियार बनाउने कारखाना, दरवार र राजाको वासस्थानको सुरक्षा किल्ला, कोठाहरुको आकार भेटिएका छन् ।

त्यो पुरानो जमानामा पनि राम्रो र व्यवस्थीतढंगले बसोवास गरेको प्रमाणका संकेत भेटिएको विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्यले बताए । पहिला उत्खन्न गर्दा देखिएका उक्त क्षेत्रहरुलाई यसवर्ष संरक्षण गरी देखाउने कार्य गरिनेछ । गतवर्ष पुर्वी गेट, उतरी हिंसा, समयमाई मन्दिर किनार क्षेत्रमा उत्खन्न गरि प्लास्टीकले ढाकेर त्यसैक्षेत्रको माटोले ढाकीएको थियो ।

पुरातत्वविज्ञहरुले बैज्ञानिकढंगले विभिन्न चरणमा बार्षिक कार्यक्रम बनाएर उत्खनन, अन्वेषण, भुभौतिक सर्वे, ड्रोन फोटोग्राफी, फिल्ड बाकिङ सोसोईकनोमिक सर्वे भिजिटर सर्वे गरी अध्यययन अनुसन्धानको कार्य गर्दै आएका छन् ।

उत्खन्नमा कुषाणकालमा निर्माण गरिएका महत्वपुर्ण भौतिक संरचनाको अवशेषहरु भेटिएको नेपाल सरकार पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुवरले जानकारीदिनुभयो । विगतदरबार क्षेत्रमा उक्त टोलीले उत्खन गर्दा निकै सुक्ष्म तरिकाले अध्ययन अन्बेशषण गर्ने गरिने बताइएको छ ।

जापानिज र युनेस्को आर्थिक सहयोग

उत्खनन एवं संरक्षणमा जापानिज फण्ड ईन ट्रस्ट, युनेस्को र जापानिज नागरिक कसाईको आर्थिक सहयोग र दुरहाम विश्व विद्यालय एवं पुरातत्व विभागका प्राविधिकद्धारा विगत एक दसकदेखि तिलौराकोट दरवार परिसरभित्रका विभिन्न साईट एवं वाहिरि सुरक्षा किल्लाको उत्खन्न एवं संरक्षणको कार्य जारी राख्दै आएको छ ।

सन् २०१२ देखि विज्ञ टोलीले वार्षिक रुपमा नियमितढंगले उत्खनन र अनुसन्धानको कार्यलाई निरन्तरता दिदै आएका छन् । यसअघि जापानिज फण्ड ईन ट्रस्टको सहयोगमा लगातार ४ बर्षदेखि उत्खनन गरिएको थियो । यसवर्ष जापानीज नागरिक कसाईको आर्थिक सहयोगमा काम थालिएको छ । यसवर्ष ७० दिने कार्ययोजना छ ।

सभासद र जिल्ला अधिकारी भन्छन
यसैगरी प्रदेश नम्बर ५का प्रदेश सदस्य बिष्णु पन्थी, दिर्घनारायण पाण्डेय धर्मवहादुरलाल श्रीवास्तवलगायतले तिलौराकोटको विकासमा अब ढिलाई गर्न नहुने र यसको विकासका लागि आफुहरुले जोडदार रुपमा आवाज उठाउने आश्वासन दिए । 

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्य)ले तिलौराकोटको ऐतिहासिकता उत्खन्नमा फेला परेका अवशेषले पुष्टी गर्दै जाने बताए । अबको ६ महिनाभित्र तिलौराकोट हेर्न लायक बनाउने उनले वताए ।

प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलले ३ वटा बुद्धको कर्मथलोका रुपमा रहेको प्राचिन कपिलवस्तुको विकासमा सबैले हातेमालो गर्नुपर्ने सवालमा जोडदिए । 

 

WHO hand washing technique

Check Also

हुईप जारीसंगै बहुमतले लुम्विनी प्रदेसको राजधानी बुटवलबाट देउखुरी जादैं

बुटवलबाट राजधानी सार्दा लुम्विनीको क्षेत्र १२ जिल्लासम्म फैलिएको, सरकारले प्रदेसको प्रशासनिक राजधानी देउखुरीमा वनाएर रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई पर्यटकीय, सांस्कृतिक राजधानी र बुटवल–भैरहवा वितिय राजधानी वनाउने यसैगरी बुटवल–भैरहवा वितिय राजधानी वनाउने

Leave a Reply

Tweet
Share
Pin
Share