कृष्णप्रसाद ढकाल
भैरहवा। प्रदेश ५ को नाम लुम्बिनी राख्ने तर राजधानीको स्थान एउटै तोक्न नसकी प्रदेस सभाको विषेश समितीले प्रतिवेदन तयार पारेको छ।
प्रदेस सभाले डेढवर्षअघि प्रदेसको नाम जुराउन र राजधानीको स्थान तोक्न १५ सदस्यीय विशेष समिती गठन गरी जिम्मेवारी सुम्पेको थियो।
समितीका सदस्यहरु प्रदेसको नामका विषयमा एकमत भएपनि राजधानी रहने स्थान तोक्ने विषयमा साझा धाराणा सहित प्रतिवेदनलाई अन्तिम रुप दिने कार्यमा जुटेका छन्।
प्रतिवेदन अब दुईतिनदिनमा अन्तिम रुपमा पुरा हुने र प्रदेस सभामा बुझाउने तयारीमा लागेको समितीका सदस्य एवं प्रदेससभा समाजवादी दलका सचेतक सहसराम यादवले जानकारीदिनुभयो।
प्रदेसको नाम लुम्बिनी राख्ने र राजधानी राख्ने स्थानका रुपमा रुपन्देही, कपिलवस्तु र दाङ जिल्ला मध्ये कुनै एकठाऊमा राख्न सक्ने समितीले विकल्प सहितको प्रतिवेदन तयार पारेको छ।
समितीले प्रदेसका १२ वटैं जिल्लाहरुको भ्रमण स्थलगत स्थानिय सरोकारवालाहरुसंगको सामुहिक छलफल अन्तरक्रियाबाट प्राप्त राय सुझाव संकलनगरी प्रतिवेदन तयार पारेको सभासद यादवले बताए।
समितीलाई रुपन्देहीको बुटवल वा सैनामैना, कपिलवस्तुको बाणगंगा एवं बुद्धभूमी नगरपालिका क्षेत्र र दाङ जिल्लाको भालुवाङ वा लमहीमा प्रदेसको राजधानी राख्न स्थानियले गरेको व्यापक आग्रह अनुसार नै प्रतिवेदनतयार पारिएको उनले वताए।
उक्त प्रतिवेदन एवं सिफारीशलाई प्रदेशसभा बैठकमा दुई तिहाइले पारित गरेपछि मात्रै लागु हुनेछ।
प्रदेस सभा बैठकले २०७५ साउनमा प्रदेश सभा सदस्य दिपेन्द्र पुन –सिजल)को संयोजकत्वमा विशेष समिति गठन गरी नाम र राजधानी तोक्ने विषयमा सहमति जुटाएर प्रतिवेदन वुझाउन निर्देशन गरेको थियो।
प्रदेस सभाको हिउदैं अधिवेसनको बैंठक पुसको दोस्रो साता हुने र संवैधानिक व्यवस्था अनुसार नाम र राजधानी रहने स्थानको टुंगो लाग्ने संयोजक पुनले जानकारीदिए। राजधानीका विषयमा सतारुढ नेकपाका सभासदहरु नै दुईध्रुवमा बाढिएका छन्।