Breaking News
Home / Featured / नेपाल गरिव छैन तर सरकार गरिव : राष्ट्रियसभा अध्यक्ष

नेपाल गरिव छैन तर सरकार गरिव : राष्ट्रियसभा अध्यक्ष

कृष्णप्रसाद ढकाल
लुम्विनी। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले नेपाल राज्य गरिव नभएको तर सरकार गरिव हुनुको पीडा व्यक्त गर्नुभएको छ। विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्विनी सांस्कृतिक नगरपालिकामा सोमवार आयोजित मित्र राष्ट्र स्पेन र चीनका व्यवासायी एवं लुम्विनी गार्डेन फाउण्डेशन माड्रिड स्पेन तथा बुद्ध लुम्विनी ग्रुप नेपाल। स्पेनका दाताहरुको विचको संयुक्त बैंठक एवं अन्तरक्रीया कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सीनाले उक्त कुरा बताउनु भएको हो। 

‘हामी जन्मेको भूमी नेपाल देश गरिव छैन। देश राज्य भूमीको कुरा गर्ने हो भने नेपाल विश्वभरिमा धनिको सूचीभित्र पर्दछ। तर यहाको सरकार गरिव छ।’ उनले भने। ‘हामीसंग विश्वमा नभएका धेरै सम्पदाहरुबाट धनी छौं। आर्थिक एवं प्राविधिको अभावले हाम्रा सम्पदाहरुको सहि प्रयोग गर्न नसक्दा पछाडी परेका मात्रै होऊ। अब समृद्ध नेपाल सुखी नेपालीको मार्ग कोरिदैछ। हामी धनी हुने आधारहरु प्रसस्त छन्।’

नेपालमा पर्यटक आउदैंमा देशमा आर्थिक प्रगती हुननसक्ने उनले बताए। अध्यक्ष तिमिल्सीनाले पर्यटकलाई स्वदेशी उत्पादनले सम्मान सत्कार गरि ख्वाई पीलाई गरेर केहिदिनसम्म राख्नसकेमात्रै विकास एवं उपलब्धी हुने धारणा राख्नुभयो।

यति संख्यामा पर्यटक भित्रीएर भनेर हामी मख्ख हुने र खुशी हुनुपर्ने अवस्था नरहेको बताउदैं उनले भने। पर्यटक आउछन, यहा वस्दैनन, घुमेर फोहोर गरेर मात्रै जाने स्थितीलाई अब हामीले चिर्नुपर्दछ । तब मात्र पर्यटन क्षेत्रबाट नेपाललाई केहि फाईदा पुग्नेछ।

स्पेनको माड्रिड महानगरपालिकामा बुद्ध स्तुपा : Buddha was born in Lumbini, Nepal

स्पेनको माड्रिड महानगरपालिकाले आफनो शहरमा लुम्विनी गार्डेन, बुद्ध स्तुपा निर्माण गर्ने कुरालाई उनले सकारात्मक रुपमा लिदैं उक्त कार्यका अभियान्ताको प्रशंसा गर्नुभयो। बुद्ध स्तुपा लुम्विनी गार्डेनमा Buddha was born in Lumbini, Nepal लेखी लुम्विनीको प्रचारप्रसार गर्ने योजना छ।
स्पेनमा वार्षिक ९ करोड विदेशी पर्यटकहरुले भ्रमण गर्ने गरेको लुम्विनी गार्डेन फाण्डेशन माड्रिन स्पेनका उपाध्यक्ष एवं एनआरएन केन्द्रिय सल्लाहकार गोविन्द सुवेदीले बताउनुभयो।

‘स्पेनमा करिव पाँच करोड जति जनसंख्या छन तर वर्षेनी त्यहा देशको जनसंख्या भन्दा दोव्वर विदेशी पर्यटक आउने गर्दछन्।’ उनले भने। लुम्विनी सांस्कृतिक नगरपालिका मेयर मनमोहन चौधरीले स्पेनको उक्त माड्रिड महानगरपालिकासंग गतवर्ष भंगिनी सम्वन्धमा हस्ताक्षर गरीसकेका छन्।

यसैगरी स्पेनका दाता एवं एनआरएनको सहयोगमा लुम्विनीमा कृषि प्रविधी भित्र्याउने लुम्विनीमा रोजगार एवं कृषि उत्पादनमा वृद्धि गर्ने र कृषि प्रशिक्षार्थी छनोट कार्यको प्रस्तावमाथि व्यापक छलफल भएको छ।

लुम्विनी अन्तराष्ट्रिय मेयर सम्मेलन

उक्त संयुक्त बैंठक एवं अन्तरक्रिया कार्यक्रममा लुम्विनीमा सुविधा सम्पन्न अत्याधुनीक अस्पताल निर्माण गर्ने, कार्तिक मंसीरमा शुद्ध, बुद्ध ऋषिमन लुम्विनी अन्तराष्ट्रिय मेयर सम्मेलन गर्ने र नेपाल भ्रमण वर्ष २०२०लाई सफल बनाउने विषयमा समझदारी बनेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले जानकारीदिनुभयो।

कार्यक्रममा स्पेनका लुम्विनी गार्डेन फाण्डेशनका अध्यक्ष Mr. Jose Manuel Vilanova,, चीनका प्रतिष्ठीत व्यवसायी Mr. Tony, Ms. Tinna, स्पेनका प्रतिष्ठीत व्यवसायी Mr. Alev Villanova, एनआरएन युरोपका उपसंयोजक तथा बुद्ध लुम्विनी ग्रुप नेपालका निर्देशक एकराज गिरी, उपमेयर जानकी देवी श्रीवास्तव, नगरपालिकाका वडा अध्यक्ष एवं कार्यपालिकाका सदस्यहरु, पर्यटन व्यवसायी एवं लुम्विनी होटल व्यवासायी संघका उपाध्यक्ष गोविन्द ज्ञवाली, समाजिक अभियान्ता रामविकास चौधरी, प्रख्यात वन्जाडे, शिक्षक अरुण मरासीनीलगायत छलफलमा सहभागी थिए।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share