Breaking News
Home / Featured / प्रधानमन्त्री ओलीको पुत्ला जल्यो ! एकदर्जन विद्यार्थी गिरफतार

प्रधानमन्त्री ओलीको पुत्ला जल्यो ! एकदर्जन विद्यार्थी गिरफतार

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिहरु

कपिलवस्तु । प्रदेस ५को अस्थायी राजधानी रुपन्देहीको छिमेकी जिल्ला कपिलवस्तुबाट प्रहरीले नेपाल विद्यार्थी संघका सहमहामन्त्री प्रकाश घिमिरे लगायत एक दर्जन विद्यार्थी नेताहरुलाई गिरफतार गरेको छ ।

सरकारको कार्यशैलीको कडा रुपमा विरोध जनाउदैं प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लाह दहन गर्नेक्रममा कपिलवस्तु प्रहरीले उनीहरुलाई जिल्ला सदरमुकाम तौलिहवाबाट शुक्रवार साझ नियन्त्रणमा लिएको छ ।

सहमहामन्त्री घिमिरेको नेतृत्वमा विद्यार्थीहरु सरकारको विरोध गर्दै प्रधामन्त्रीको पुत्ला जलाउने राके जुलुश तौलिहवामा निस्केको थियो । प्रहरीले सहमहामन्त्री घिमिरे, जिल्ला अध्यक्ष राकेश पाण्डे, नेपाली काग्रेसका जिल्ला सदस्य परमेशवर पाठक, राजु खराल, धिरेन्द्र उपाध्याय, निलकन्ठ ढुन्ङेल, अनिल छेत्री, राजेश उपाध्याय, दिनेश पान्डेयलगायतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।

नेपाली काग्रेस कपिलवस्तु एवं नेविसंघ जिल्ला समिती कपिलवस्तुले नियन्त्रणमा रहेका व्यक्तिहरुलाई तुरुन्त रिहा नगरे अझ थप आन्दोलनमा उत्रीने चेतावनी दिएको नेविसंघका ईकाई सभापति अबिनाश शुक्लाले वताए ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युत पुडासैनीले विधार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाउन खोजेको र यस्तो अवान्छीत एवं असोभनीय काम नगर्नु भन्दा अटेरी गरेकाले केहिजनालाई नियन्त्रण लिएको जानकारीदिनुभयो ।

WHO hand washing technique

Check Also

मुलुकका १२ अस्पतालमा अक्सीजन प्लान्ट राख्न १७ करोड विनियोजन

कपिलवस्तु। संघिय सरकारले अस्ती बजेट बाडफाड गर्दा बर्दिया र कपिलवस्तु जिल्लालाई छुटाएपछि कपिलवस्तुवासीले सरकारले विभेद …

Leave a Reply

Tweet
Share
Pin
Share