Breaking News
Home / Featured / सरकार कहिकतै विचल्लीत हुदैन : संचारमन्त्री बास्कोटा

सरकार कहिकतै विचल्लीत हुदैन : संचारमन्त्री बास्कोटा

बुटवल । नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले जुनसुकै पार्टी वा मिडियाले जतिसुकै विरोध गरेपनि सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्डबाट समृद्ध नेपाल र सुखी नेपाली वनाउने अभियानमा कहिकतैपनि विचल्लीत नहुने बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका सरकारका प्रवक्ता वास्कोटाले उक्त कुरा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको सोमवार आयोजित वार्षिक साधारणसभामा बताए हुन ।

सरकारलाई मात्रै नभई मुलुकमा गणतन्त्र एवं संघियतालाई समेत असफल बनाउन विभिन्न षणयन्त्र भईरहेको मन्त्री वास्कोटाले गुनासो गर्नुभयो ।

‘विपक्षीले त विरोध गर्ने नै भयो, तर कहिले काहि गहिरीएर कुरो बुझन पट्टी नलागी हल्लाकै पछाडी मिडियापनि लाग्दा अलिकति दुःख लागेको छ ।

जतिसुकै विरोध भएपनि सरकार आफनो मार्ग दर्सन लिएर अगाडी वढिनै रहन्छ ।” उनले भने । नकारात्मकलाई भन्दा सकारात्मक कुरालाई प्राथमीकता दिनुपरयो ।

सवै आआफनो सिमामा रहेर काम गर्नु परयो, देस र जनतालाई समृद्धी बनाउने कामका लागि सरकारलाई सवैले सहयोग गर्नुपरयो ।’

सरकारले नया मिडियामा कानुन वनाउने तयारीमा लागेको बताउदै प्रेस स्वतन्त्रता र मिडियालाई वलियो वनाउनका समानुपातिक विज्ञापन नीतिलाई कार्यान्वयनमा ल्याउने सोचमा रहेको उनले बताए ।

विज्ञापन सम्बन्धि विधेयक संसदमा दर्ता रहेको छ । यसले मिडियालाई फाइदा गर्ने उनको तर्कथियो । नेपालमा हाल १२ अर्बको विज्ञापन रहेको तथ्याङक उल्लेख गर्दै ऐन आएपछि यो बढेर २० अर्ब पुग्ने उनको दावी थियो ।

बाहिरी हल्ला एवं कसैको भ्रममा नपर्न आग्रह गर्दै उनले भने । दुईतिहाई वहुमतको सरकारले लोकतन्त्रलाई नै आत्मसात गर्दै अगाडी वढ्छ । विरोध गरेर केहि परक पर्दैन । काग कराउँदै गर्दछ पिना सुक्दै गर्छ, सरकार अगाडी बढिरहन्छ ।’

यसैविचमा सरकारले ६५ बर्ष पुगेका पत्रकारलाई निवृत भरण गर्ने र ७ वटैं प्रदेसमा सञ्चारग्राम स्थापना गर्ने तयारीमा रहेको मन्त्री वास्कोटाले वताए ।

यसैगरी नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्ट मूलुकको समृद्धिका लागि मिडियाले सकरात्मक भूमिका खेल्नुपर्ने बेला आएको कुरा वताउनुभयो ।

उक्त कार्यक्रममा केन्द्रिय सदस्य वसन्त गिरी, प्रदेश नम्बर ५ का सांसद कमला विश्वकर्मा, पूर्व सांसद विनोद पहाडी, बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदी, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरे, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति गोविन्द खनाल, पत्रकार महासंघ रुपन्देहीका सल्लाहाकार खिमानन्द भट्टराई, नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, लुम्बिनी सामुदायिक टेलिभिजनका अध्यक्ष एजाज आलम, उत्कृष्ट पत्रकारिता मूल्यांकन समितिका संयोजक डिआर घिमिरे, शैक्षिक पत्रकारिता पुरस्कार मूल्यांकन समितिका संयोजक इन्दिरा अर्याललगायतले पत्रकारिता विश्वसनीय हुनुपर्नेमा जोडदिएका थिए । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसिको अध्यक्षता, सचिव रामप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

Sublime Attire Creation

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share