Breaking News
Home / Featured / नोटको सुरक्षा नगर्ने व्यक्तिलाई कैंद र जरिवाना

नोटको सुरक्षा नगर्ने व्यक्तिलाई कैंद र जरिवाना

भैरहवा। नेपाल राष्ट्र बैंकले नेपालको सामाजिक सांस्कृतिक पर्व बडा दशैंलाई मध्यनजर गर्दै अवौं रुपैया नया नोट बजारमा सर्वसाधारणका लागि विशेष रुपमा सटही सुविधा खुल्ला र व्यवस्थीत डेस्क खडा गरेको छ। बैंकले यसवर्ष ३ खर्व नया नोट छपाएको छ जसमध्ये नया नोटहरु नेपाल भित्रीनेक्रम सुरु भएको छ। वर्षनी बैंकले नया नोट छपाई तथा व्यवस्थापन कार्यमा पाँच अर्वजती खर्च गर्ने गरेकोछ।

यसवर्षको वडा दशैंको अवसरमा आईतवारदेखि बैंकले नया नोट सटही वितरण खुल्ला गरेको छ। फूलपातीसम्म बैंकको काउन्टरहरु खुला रहनेछन्। नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयले यसवर्ष वडा दशैं सुरु भएको घटस्थापना आईतबारदेखि सर्वसिाधारणका लागि नया शुद्ध र सुकिलो नोट वितरणको कार्य जारी राखेको छ।

बैकले पाचवटा काउन्टरबाट बैंक वितिय संस्था, सर्वसाधारण, संघसंस्था, बृद्ध, अशंक्त अपाङगहरुका लागि छुटाछुट्टै काउन्टर खडा गरी सेवा प्रवाह गरेको बैंकका डिपुटी डाइरेक्टर प्रकाश राईले जानकारीदिनुभयो। गतवर्ष एक अर्ब १५ करोड नया नोट वितरण भएको थियो। यसवर्ष पनि त्यसैको हाराहारीमा नया नोटहरु बैंकको ढुकुटीबाट सर्वसाधारणको हातमा पुराउने लक्ष्य रहेको छ। 

यसैविच नयाँ कानुन मुलुकी अपराध संहिता ऐन अनुसार पैसा नोटमा लेख्ने वा कोर्ने व्यतिलाई तीन महिना कैंद र पाँच हजार जरिवाना हुने कडा व्यवस्था लागु रहेको छ।

बैंकको नोट राष्ट्रको सम्पति हो त्यसैले नोटको हिफाजत गरौं र नोटमा जथाभावी केरमेट नगरौं भनि राष्ट्र बैंकले सार्वजनिक रुपमा अपील गर्दै आएकोमा सरकारले कानुन बनाएर कैद र जरीवाना गर्न लागेको हो। मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २२ मुद्रा सम्वन्धी कसर अन्तर्गतको दफ २६३ मा बैंक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैंक नोटमा लेख्न नहुने व्यवस्था गरेको छ।

यदि कसैले उक्त गलत कार्य कुसर गर्ने वा गराउने व्यक्तिलाई सोही दफाको उपदफा ३ वमोजिम तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँ जरीवाना हुनेछ। यस सम्वन्धमा बैंकले वेभसाईटमा समेत सार्वजनिक सूचना प्रकाशन गरेको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका डिपुटी डाईरेक्टर अशोक राईले जानकारीदिनुभयो। पैसा खुम्चाएर पोको पारी राख्ने, नोटमा लेख्ने, कोरमेट गर्न प्रतिवन्द्ध लगाईएको छ। गतवर्षदेखि लागु भएको यस नियम कानुन वमोजिम बैंकले हालसम्म एकजनालाई पनि पक्राउ गरी कार्वाहीको दायरामा ल्याएको छैन।

यसैगरी बैंकले पुराना बैंकका नोटहरु जलाउदैं आएको छ। विगत देखिनै यस्तै गरी बैंकमा आएका झुद्रा फाँटेका नोटहरु नष्ट गर्ने गरेका छौं।’ उनले अगाडी भने– ‘नोट नष्ट गर्न जलाउन माथिको आदेश चाहिदैन, हामी आफैंले विचार गरेर जलाउने गरेका छौं।’ वर्षनी अर्बै रुपैया जलेर खरानी हुन्छ। यसको पुर्ण विवरण केन्द्रलाई थाहा हुन्छ । तर हामीले जोडेर राख्दैनौं।

प्रदेस ५ को राजधानी जिल्ला सदरमुकाम रुपन्देहीको यस नेपाल राष्ट्र बैंक सिद्धार्थनगरले कपिलवस्तु, नवलपरासी, पाल्पा, दाङ, प्यूठान, सल्यान, गुल्मी, अर्घाखाँची, रोल्पाका जिल्लामा बैंकहरुमा पैसा पठाउने र त्यहा जम्मा भएका नोटहरुको सुरक्षा दिने, झुद्रो नोटहरु संकलन गर्ने र जलाउने काम गर्दै आएको छ।

अब नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाले दशैलगतै रुकुम पूर्व पनि बैंकको नगद कोष खडा गर्ने तयारीमा पुगेको छ। यसअघि त्यहा नेपालगंजस्थित राष्ट्र बैंकले त्यहा सेवा प्रवाह गर्दै आएको थियो।

नेपाल राष्ट्र बैंक नोट धुल्याउने नियमावली २०५९ र बैंकको विनियम २०५८को दफा ११० को उपदफा १ ले दिएको अधिकार निर्देशकले प्रयोग गरी नचाहिने नचल्ने नोटहरु जलाएर नष्ट गर्दै आएका छन्।

बजारमा धेरै चलनचल्तीबाट झुद्रो बनेका, नोटमा केरमेट भएर विभिन्न बैंकहरु मार्फत राष्ट्र बैंकमा जम्मा हुन आएका नोटहरु जलाएर नष्ट गरिएको कार्यालयका निर्देशकले बताए। हरेक वर्षको दसै तिहारमा बैंकले ठूलो मात्रामा नयाँ नोट बजारमा वितरण गर्ने र पुरानो नोटहरु संकलन गरी नष्ट गर्दै आएको छ।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share