Breaking News
Home / Featured / महिला र दुई बालवालिकाको विभत्स हत्या

महिला र दुई बालवालिकाको विभत्स हत्या

कृष्णप्रसाद ढकाल
भैरहवा। गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरको आलु-खरिपाको जंगलमा विभत्स अवस्थामा महिला र दुईजना बालवालिकाको मृत शरिर फेला परेको छ।

स्थानीयले शनिबार देखेका उक्त तीनवटा शवहरुको सनाखत एवं पहिचान भने हुनसकेको छैन। स्थानिय वडा अध्यक्ष किरण शाहले भरखरैकी ३० वर्षकी जस्ती देखिने महिला एवं ५ वर्षकीे बालिका र १० वर्षका बालकको टाऊकोमा ढुगाले हानेर थिल–थिलिएर विभत्सढंगले मारिएको अवस्थामा भेटिएको संचारकर्मीलाई जानकारी दिएका छन्।

घटनास्थलको प्रकृति देख्दा ५–६ दिनअघि नै मारेर फालेको जस्तो लागेको अध्यक्ष शाहले वताए। गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले स्थानियले शव देखेर खवर गरेको र जिल्लाबाट इन्सपेक्टर राजकुमार रावलको टोलीसमेत घटनास्थलतर्फ गएको जानकारीदिनुभयो।

बाग्लुङ र गुल्मीको सिमावर्ती जंगलमा भएको उक्त घटनास्थल पुग्न प्रहरीलाई गुल्मी सदरमुकामदेखि उतरपूर्व ७० किलोमिटर पर्ने र त्यहा पुग्न करिव ५ घण्टाको समय लाग्ने प्रहरी उपरीक्षक खडकाले बताउनुभयो।

अहिले इलाका प्रहरी कार्यालय चन्द्रकोटबाट खटिएको टोली घटनास्थलमा पुगेको छ। घटनास्थलमा खटिएको प्रहरीको टोलीलाई घटनास्थल प्रकृती तयार पार्ने, मृतकहरुको शव पोष्टमार्टम एवं पहिचान गर्नका साथसाथै अपराधीको खोजतलासका निम्ती आवश्यक अनुसन्धान कार्वाही प्रक्रियाको दायर बढाएर काम गर्न स्पष्ट निर्देशन दिएको प्रहरी उपरीक्षक खडकाले जानकारीदिनुभयो।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share