Breaking News
Home / Featured / बैंक कर्मचारी तनाव व्यवस्थापनको प्रशिक्षणमा सहभागी

बैंक कर्मचारी तनाव व्यवस्थापनको प्रशिक्षणमा सहभागी

सिद्धार्थनगर । नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयमा कार्यरत कर्मचारीहरु तनावमुक्त हुनका साथै कार्य क्षमता अभिबृद्धि गर्ने उदेश्यले योग प्रशिक्षण एवं ध्यान शिविर तथा तनाव व्यवस्थापनको प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन् ।
बैकका निर्देशक अशोक कुमार पौडेलले यसकिसिमका कार्यक्रमले कर्मचारीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्नुका साथै क्षमता अभिबृद्धिमा पनि सहयोग प¥याउने धारणा राख्नुभएको थियो । यसकिसिमका कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने कुरामा उनीले जोडदिए ।
कर्मचारीहरुलाई शारिरिक र मानसिक तनाव व्यवस्थापन गर्न तिन वटा सत्रमा विभाजन गरिएको कार्यक्रम संयोजक एवं बैंकका सहायक निर्देशक रमेश कुमार न्यौपानेले जानकारीदिनुभयो ।
योगले प्रत्येक व्यक्तिको शरीरमा सकारात्मक उर्जा थप हुने हुदा कर्मचारीको उत्पादकत्व समेत बृद्धि हुने विस्वास गरिएको छ ।
पतञ्जली योगपीठका प्रशिक्षक गिरीजेश शरण चौधरीले योगबारे प्रशिक्षण दिनुभएको थियो । यसैगरी ओशो तपोवनका प्रशिक्षक प्राध्यापक खेम डल्लाकोटीले ध्यान तथा तनाव व्यवस्थापनको प्रयोगात्मक अभ्यासहरुमा सहभागीहरुलाई सक्रिया तुल्याउनुभएको थियो ।
योगपीठका प्रशिक्षक चौधरीले पतञ्जली योगपिठबाट सिकाइने योगका प्रारम्भिक अभ्यासहरु तथा शूक्ष्म ब्ययामहरुको जानकारी गराउदै सबै सहभागीहरुलाई योगका विभिन्न आसनहरु, अनुलोम विलोम, भ्रमरी प्राणायाम र शूक्ष्म ब्ययामहरुको अभ्यास गराउदै दैनिक रुपमा यस्ता अभ्यास गरेमा मानिस शरीरिक बिकारबाट मुक्त भई शरीरमा रक्तसंचार (ब्लड सर्कुलेशन) राम्रो हुने, तौल नियन्त्रण गर्न सहयोग पुग्ने, मुटु, कलेजो, मृगौला तथा अन्य भागसंग सम्बन्धित रोगको खतरामा कमी आउने, पाचन शक्ति राम्रो हुने कुराको जानकारीदिनुभएको थियो ।
कार्यक्रमको दोस्रो र तेस्रो सत्रमा ओशो तपोवनका प्रशिक्षक एवम् त्रिभूवन विश्वविद्यालय पुल्चोक ईन्जिनियरिङ क्याम्पसका प्राध्यापक खेम डल्लाकोटी (स्वामी प्रेम सुन्दर)ले बैंकका कर्मचारीहरुलाई सक्रिय ध्यानको अभ्यास गराउनु भएको थियो ।
यसप्रकारको अभ्यासबाट शरीरको आन्तरिक क्रियामा विशेष परिवर्तन आर्ई शरीरका प्रत्येक शुक्ष्म कोषहरुमा ऊर्जा भर्ने काम गर्छ जसले हामीमा प्रसन्नता, शान्ति र उत्साह ल्याउने साथै शरीरको प्रतिरक्षा प्रणालीमा सुधार आउने उनले वताए ।
तेस्रो तनाव व्यवस्थापन सम्बन्धि सत्रमा मानवको मन मष्तिस्कबाट उत्पन्न हुने विचारहरुको बारेमा चर्चा गर्दै यस्ता विचारको कारण हुने तनाव र त्यसको ब्यवस्थापन बारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । कार्यक्रममा शारिरीक स्वास्थ्यको साथै मानसिक स्वास्थ्यलाई ब्यवस्थापन गर्न आवश्यक पर्ने ब्यवहारिक कुराहरुको बारेमा जानकारी गराईएको थियो ।
मानवले आफ्नो दैनिक दिनचर्यामा प्रत्येक क्षण मष्तिस्कबाट उत्पन्न गर्ने विचारहरुलाई मनबाट नियन्त्रण गर्ने तरिकाको बारेमा चर्चा गर्दै प्रत्येक ब्यक्ति सफल र सुखी हुनका लागि आफ्नो इच्छा बमोजिम वर्तमानमा जिउन सक्नु पर्ने, कामलाई थाती राख्नुको सट्टा समयमा नै खुशीसाथ सम्पन्न गर्नुपर्ने र सन्तुलित भोजन सेवन गर्नुपर्ने कुरामा प्रशिक्षकले जोड दिएका थिए ।

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share