Breaking News
Home / Featured / काँग्रेसको जागरणसभामा जनलहर उर्लियो

काँग्रेसको जागरणसभामा जनलहर उर्लियो

भैरहवा।

हिमाल पहाड तराई मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत भदौं २४ गतेदेखिजारी दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अन्तर्गत मंगलबार देसभरी व्यापक रुपमा वृहत जनप्रर्दशन एवं विरोध सभामा जनलहर उर्लिएको छ। 

यसैविच कपिलवस्तु रुपन्देहीलगायतका विभिन्न जिल्लामा विभिन्नढंगले कार्यक्रम संचालन भएका छन्। रुपन्देही सदरमुकाम भैरहवाको बुद्धचोक जाऔं, सर्वसत्तावादी ओली सरकारको विरुद्ध हुने बृहत् विरोध प्रदर्शनमा सहभागी बनौं, भन्दै नेपाली काग्रेस जिल्ला समिती रुपन्देहीले व्यापक रुपमा कार्यक्रम गरेको छ । बुद्धचोक भैरहवाबाट र्याली नगरपरिक्रमा गरी पवन होटल मैत्रीपथमा खुला सभामा परिणत भएको थियो। पार्टीका जिल्ला सचिव रामकृष्ण खाँणले मौसमको प्रतिकुलताका बाबजुद पनि कार्यक्रममा धेरैको सहभागिता भएको र भव्य एवं सभ्यढंगले सम्पन्न भएको जानकारीदिनुभयो। 

उक्त सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले सम्वोधन गर्नुभएको थियो। उनले सरकारको जनविरोधी गतिविधिहरु औल्याउदैं बहुमतको कलंकका रुपमा भ्रष्ट्राचार गरीररहेको आरोप लगाएकी थिईन। पूर्वमन्त्री एवं नेपाली काग्रेस रुपन्देहीका जिल्ला सभापति अव्दुल रजाकले वर्तमान सरकार स्वमले संविधान विरोधी क्रियाकलाप गरेर जनतालाई त्रसीत पार्ने र दुःख दिने काम गरिरहेको बताए।

यसैगरी रुपन्देही क्षेत्र नं. ४ बाट पत्यक्ष रुपमा निर्वाचित प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादवले सरकारले जनतामाथि कर थोपर्ने काम गरि अलोकप्रिय बन्दै गएको बताए। नेपाली कांग्रेस रुपन्देही जिल्लाका पूर्वसभापति रामचन्द्र ढकालले काँग्रेसले लोकतान्त्रिक गणतन्त्र र संविधानलाई मजबूत बनाउन खोजेपनि सरकारकै क्रियाकलापले गर्दा वर्तमान उपलव्धीप्रति जनताको भावनालाई कुण्ठीत पार्ने कार्य सरकारले गरेको हुदा कतिपयले अझै विस्वस्तढंगले स्विकार गर्न नसकेको वताउनुभयो।

प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य निर्मला क्षेत्री, जागरण अभियान रुपन्देही क्षेत्र २(क) का केन्द्रीय प्रतिनिधि माधव प्रसाद नेपाल, नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति मात्रिका प्रसाद यादव, नेपाल महिला संघ रुपन्देहीका सभापति गंगा शाही, माधव देवकोटा, हरि काफ्ले लगायतले कांग्रेसकै नेतृत्वमा देशमा संविधान वनेको, देसको आर्थिक क्रान्ति र विकास गर्ने कार्यपनि काग्रेसको सरकार बनेपछिनै हुने आश्वासन दिएका थिए। पार्टीका जिल्ला सचिव रामकृष्ण खांणले उक्त विरोधसभा कार्यक्रमको संचालन गर्नुभएको थियो।

यसैगरी कोटहीमाइ गाऊपालिका वडा नंं ५ मझगावामा पनि विरोधसभा कार्यक्रम समपन्न भएको छ। उक्त कार्यक्रममा युवा नेता एवं त्यसक्षेत्रका निर्वाचित प्रतिनिधीसभा सदस्य प्रमोद कुमार यादवको विशिष्ट आतिथ्यिता प्रदेश सभासद माननीय अष्टभुजा पाठक र प्रदेससभा सदस्य वशिउद्दिन खान, एवं केन्द्रिय प्रतिनिधि संतु कलवारको उपस्थितामा कार्यक्रम भएको छ।

क्षेत्रिय सभापति मुकेश यादव गयाप्रसाद बरई, विनोद कुमार श्रीवास्तव, मुन्न पाठक, प्रियन्क सिंह शाही, राजकुमार सिंह, शिवकुमार यदव, दिवकर दुवेलगायतले नेपाली काग्रेसको भूमीका र सरकारको कमजोरीका बारेमा आआफनो धारणा राखेका थिए। 

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share