Breaking News
Home / Featured / प्रदेस ५ मा विपदबाट २ सय ८० जनाको मृत्यु

प्रदेस ५ मा विपदबाट २ सय ८० जनाको मृत्यु

भैरहवा। प्रदेश ५ मा प्राकृतिक विपदबाट ठूलो धनजनको क्षति भएको छ। प्रदेशमा विगत ३ वर्षको अवधिमा प्राकृतिक विपद्बाट २ सय ८० जनाले अकाल्मै ज्यान गुमाएका छन्।

यसअवधीमा विपदबाटै २ सय ३४ जना नागरिकमाथि बज्रपात भई शारिरिक रुपमा अंगभंग एवं घाईते भएर जोखिमपुर्ण जीवन बिताईरहेका छन्। प्रदेश प्रहरी कार्यालय दाङले मानविय क्षतिका साथै पशुचौपाय एवं भौतिक क्षति पनि डरलाग्दो रहेको तथ्याङ संचारकर्मीलाई जानकारीदिनुभयो।

यसैगरी प्रदेसका १२ वटा जिल्लामा गाई गोरु, भैसी, भेडा बाख्रा, बंगुर आदी ४ हजार ९ सय ५४ पशु चौपाया मरेका छन्। प्रदेसमा तराईका जिल्लाहरु दाङ, कपिलवस्तु, बाके, वर्दीया, रुपन्देही, नवलपरासीमा वढी आगलागि, चट्याङ, बाढी ढुवानबाट विपदका घटना छन्। पहाडी जिल्ला गुल्मी, अर्घाखाची, प्यूठान, रोल्पा, रुकुम, पाल्पामा पनि विपदका घटनाहरु घटेका छन्। 

प्रदेशमा प्राकृतिक विपद चट्याङ, चिसो मौसममा कंठग्रीएर, बर्खामा ढुवान, खोला नदीको बाढीले बगाएर, हिउद खडेरीमा आगोलागिका घटना, विद्युत करेन्ट लागेर, बाघ, चितुवा, स्यालको आक्रमणबाट वर्षेनी ज्यान गुमाएका व्यक्तिहरुको प्रहरीले तथ्याङ संकलन गरेको छ। 

विगत तीनवर्षको तथ्याङका हेर्दा वर्षमा औसतमा ८४ जनाको ज्यान गरेको छ भने ७५ घाईते हुनेगरेका छन्। त्यसपूर्व वर्षमा ६४ जनाको ज्यान गएको तथ्याङक छ।

प्रदेश प्रहरी प्रवक्ता डिएसपी नवराज पोखरेलले विपद्लाई कसैले रोक्न सक्दैन तर समयमै सजग र सचेत हुनसके ठूलो क्षति हुनबाट केहिहदसम्म बचन सकिने बताउनुभयो। प्रहरीले विपद व्यवस्थापनको पूर्वतयारी स्वरुप प्रदेशभरमा १ सय २५ जना तालिम प्राप्त सुरक्षाकर्मीहरु तयारी गरी चनाखो अवस्थामा राखेको उनले जानकारीदिए।

प्रदेसमा प्रहरीको एक छुट्टै युनिटका रुपमा विपद् व्यवस्थापन गुल्म रहेको छ। 

यसैविच प्रदेस सरकारका सामाजिक विकास मन्त्री कुलप्रसाद केसीले प्रदेसस्तर र १२ वटैं जिल्लाहरुमा जिल्लास्तरीय दीर्घकालिन विपद व्यवस्थापन योजना एवं रणनीति बनाउन जरुरी देखिएकाले त्यसको तयारी आफू लागिरहेको जानकारीदिनुभयो।

WHO hand washing technique

Check Also

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको

Tweet
Share
Pin
Share