Breaking News
Home / Featured / सत्तापक्षको बहुमतद्धारा प्रदेस ५ को बजेट पारित

सत्तापक्षको बहुमतद्धारा प्रदेस ५ को बजेट पारित

भैरहवा । प्रदेश ५ को सरकारले प्रदेससभामा दर्ता गराएको आर्थिक वर्ष २०७६।७७को पुर्ण आकारको वजेट बहुमतले पारित भएको छ ।

प्रदेस सरकारका मुख्यमन्त्री शंकर पोख्रेलले असार १ गते ३६ अर्ब ४१ करोड बजेट ६८ लाखको बजेट सदनमा पेस गरेका थिए ।
असार ५ गतेदेखि सुरु भएको बजेट सम्वन्धी छलफल ५ दिनसम्म सभासदहरुले आफनो धारणा राखी दफावार छलफलपछि पास भएको हो ।

प्रतिपक्ष दल नेपाली काग्रेसले भने बजेटप्रति पुर्ण समर्थन गरेको छैन् ।

प्रदेससभामा नेकपाको पुर्ण बहुमत सदस्य र उसैको सरकार हुदा वजेट पारित गर्न सरकारलाई सहज भएको हो ।

सभामुख पूर्णबहादुर घर्तीले अर्थ सम्बन्धी विधेयक बैठकमा निर्णयार्थ पेश गरेका थिए ।

प्रदेश सभाका कुल ८६ सभासदमध्ये ५३ जना सदस्यहरु उक्त बैंठकमा सहभागी भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी मनोज कुमार पाण्डेले जानकारी दिनुभयो ।
मुख्यमन्त्री शंकर पोखरेलले वजेट एवं सरकारको नीति तथा कार्यक्रमका सवालमा सभासदहरुले राखेको जिज्ञासा एवं प्रश्नको जवाफ दिएका थिए ।

प्रदेस सरकारले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई साकार पार्नका निम्ती ल्याएको बजेट समग्र पक्षलाई समेटको र सन्तुलित भएको बताउनुभएको थियो । बजेटमा पुँजीगततर्फ १८ अर्ब ५७ करोड ६४ लाख अर्थात ५१ प्रतिशत र चालुतर्फ १३ अर्ब ४५ करोड ५ लाख अर्थात ३७ प्रतिशत बजेट विनियोजन भएको छ ।

प्रदेस सरकारले प्रदेसका १२ जिल्लाका स्थानीय तहका लागि वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ३८ करोड ९८ लाख विनियोजन गरेको छ ।

प्रदेश सभाको अर्को बैठक असार २९ गतेका लागि आह्वान गरी स्थगित भएको छ ।

WHO hand washing technique

Check Also

कपिलवस्तुमा मनकारीको बलमा अक्सीजन प्लान्ट जडान हुने

कपिलवस्तु नगरपालिकाको सक्रियतालाई देखेर उतरी क्षेत्रको बाणगंगा नगरपालिकाले पनि नगरभित्रै अक्सीजन प्लान्ट राख्ने सोच एवं आवश्यकता महशुस गर्न थालेको

Tweet
Share
Pin
Share