Breaking News
Home / Featured / प्रहरीमाथि ढुंगामुडा, दुईप्रहरी जवान घाईते, नारा जुलुसको भिडियो हेर्नुहोस

प्रहरीमाथि ढुंगामुडा, दुईप्रहरी जवान घाईते, नारा जुलुसको भिडियो हेर्नुहोस

प्रहरीको गोली लागेर दुर्गा घाईते
कृष्णप्रसाद ढकाल
भैंरहवा । सुरक्षाकर्मीको गोली लागेर कपिलवस्तु शिवराज नगरपालिका ९ तुरुन्तापुर निवासी दुर्गा बहादुर रोक्का घाईते भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेक्रवित्रम चन्द (विप्लव)को गृह गाऊमा सर्च गर्न पुगेको सुरक्षाकर्मीमाथि स्थानियले ढुंगा प्रहार गरेका छन् ।

नेकपा माओवादीका नेता विपल्वका भतिजा यादव चन्दको घरमा सर्च गर्नेक्रममा स्थानियले प्रहरीमाथि ढुंगा वर्षाएका हुन ।

ढुङ्गा लागेर प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

विहिवार विहान ५ वजे वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको सर्च टोलीको बन्दुकको गोलीले रोक्काको खुटा छेडेर घाईते बनेको स्थानिय रामशंकर पौडेलले जानकारीदिए । घाईते रोक्काको सुरक्षाकर्मीको निगरानीमा उपचार भईरहेको छ ।

रोक्काको घरमा प्रहरीले के के बरामद गरयो ?

नेपाल प्रहरी र संसस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले रोक्काको घरबाट दुईथान एसएमजी र एकथान चाइनिज पेस्तोल सोमा लाग्ने ४ थान म्याग्जिन, ३ थान गोली, एम १६ मा लाग्ने १ सय २९ थान गोली, ४० मिटर वायरिङ तार र एउटा रिमोर्ट पनि बरामद गरेको प्रहरीको दावी छ ।
प्रहरीले रोक्काको घर खानतलासी गर्दा चाईनिज पेस्तोल एकथान, सोको दुईवटा एसएमजी गोली वरामद गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिनुभयो । रोक्का विपल्व समूहका कार्यकर्ता भएको वताईन्छ ।

प्रदेस ५ मा विपल्वका कार्यकर्ता धमाधम पक्राऊ

यसैविच नेपाल प्रहरी प्रदेस ५को दाड, रोल्पाबाट समेत विपल्वका कार्यकर्ता नियन्त्रणमा लिएको छ ।

यसअघि अर्घाखाची, पाल्पामा पनि विपल्वका आधा दर्जन कार्यकर्ताहरु सुरक्षाकर्मीको नियन्त्रणमा परेका थिए ।

प्रहरीले विप्लवका शंकास्पद गतिविधीहरुलाई निरुतसाहित गर्न ठाऊठाऊमा कार्यकर्ताहरुलाई नियन्त्रणमा लिन सर्च उण्ड अप्रेसनको अभियान थालेको छ ।

 

विद्यार्थीलाई डाल बनाएर प्रहरीमाथि ढुंगामुडा

प्रहरीमाथि एकासी विद्यार्थी र स्थानीयले एकतर्फी रुपमा ढुंगा हानेको तर प्रहरीले निकै संवेदनशील भएर आफनो बचाऊ गरेको डिएसपी उपाध्यायले वताए ।

माओवादी कार्यकर्ताले नेपाल राष्ट्रिय निमाविका विद्यार्थी र स्थानियलाई साथमा प्रयोग गरी रोक्कालाई छुटाउन दवाव स्वरुप सरकार र सुरक्षाकमीृका विरुद्ध नाराबाजी गरेका थिए ।

शिवगढी प्रभाव क्षेत्र
शिवगढी माओवादीको पहिलैदेखिको प्रभावित क्षेत्र हो ।

माओवादीले जनयुद्धकालमा पनि यसउक्षेत्रलाई आफनो पकेट क्षेत्र बनाएर आफना गतिविधीहरु विस्तार एवं तिव्र पारेको थियो ।

शिवगढी विपल्वको गृह गाऊमा प्रहरीले विषेश सर्च अप्रेसन अभियान थालेको छ ।

प्रचण्डसँग रुष्ट भएर विद्रोह

नेकपाका अध्यक्ष प्रचण्डसंग लडाकु समायोजनदेखिनै तिव्र मतभेद राख्दै पार्टीको जनगणतन्त्रको उदेश्य पुरा नभएको भन्दै विपल्वले विद्रोह गर्ने चेतावनी दिएर भूमीगत भएका छन् ।

एसपी पनि शिवराज गए
घटनास्थलबाट सुरक्षाकर्मीको टोली अहिले फर्केर सुन्दरी डाँडास्थित इलाका प्रहरी कार्यालयमा जम्मा भएका छन् ।

घटनाको विस्तुत विवरण बुझनका प्रहरी उपरिक्षक अच्युत पुडासैनी सहितको जिल्लाको थप सुरक्षा टोली समेत चन्द्रौटा पुगेको छ ।

प्रहरीका विरुद्ध विद्यार्थीहरुको नारा जुलुसको भिडियो हेर्नुहोस -सनि उल्लाह

विप्लवका कार्यकर्ता पक्राउ,कपिलवस्तुको भगवानपुर तनवग्रस्त (भिडियो)सनिउल्ला धोबी, कपिलवस्तु फागुन २३/नेकपाका केन्द्रिय अध्यक्ष नेत्र बिक्रम चन्द विप्लवको गृह जिल्ला कपिलवस्तुमा प्रहरीले घेरा हालेको छ । गएराती नेकपाका कार्यकर्ता कपिलवस्तु शिवराज नगरपालिका वडा नं ९ अन्चलपुर बस्ने वर्ष ३९ का दुर्गा बहादुर रोकालाई प्रहरीले हातियार सहित पक्राउ गरेको छ । प्रहरीको अनुसर पक्राउ परेका रोक्काको घर खनतलसी गर्दा smg दुई नाल, म्याग्जिन ३थान, ६८ राउन्ड गोलि,च्यनिज पेस्तोल १ नाल , म्याग्जिन र ३राउन्ड गोलि, एम 16 को १२९ राउन्ड गोलि,वाइरिङ तार त रीमोट समेत बरामद गरेको छ । अझै हातियार रहेको अशंकामा भगवानपुरका शिक्षक यादव चन्दको घरमा प्रहरिले छापा मर्ना जादा स्थानीयले विरोध गरेका थिए । शिवगढि बाल मैत्री स्थानीय शासन वडा घोषणा भएकोले बालबालिका प्रहरीलाई गाउँ प्रवेशमा रोक लगायका थिए । बालबालिका अघि आउँदा भगवानपुर गाउँ तनव पुर्ण रहेको थिए । प्रक्राउ परेका रोक्कालाई छोड्न पर्छ । बालबालिकाले प्रहरी प्रशासन मुर्दाबाद लगायतका नारा लगाएका थिए । गाउँका स्थानीय र बालबालिकाहरुले नेपाल प्रहरी र शसस्त्र प्रहरीका १ सय ६८ जवानलाई गाउबाट करिब एक किलोमिटर पछि सम्म हट्ना बध्य बनाएका छ्न । प्रहरीले भगवानपुरको ५ घरमा खनतलासी समेत गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्यले बताए । अझै गाउको केही घरमा खनतलासी गर्न जादा गाउले तथा विद्यार्थिले विरोध गरेपछी हामी पछी हाटेको उनले बताए । प्रहरी अझै भगवानपुर नजिकै रहेको सुन्दरी डाडा चौकीमा तैनाथ रहेको छ । प्रहरिको फौज देखेर स्थानीय त्रशीत समेत भएका छन ।

Gepostet von Sanny Kapilvastu am Donnerstag, 7. März 2019

Yatra Gear

Check Also

नेपाली शरणार्थी प्रकरणले विश्व तरंगीत

नेपाली शरणार्थी बनाएर अमेरीका पठाउने योजनामा दुई पूर्वप्रधानमन्त्रीहरु र उनका पत्नीहरु समेत संलग्न छन् भन्ने आरोपले नेपालभित्र मात्रै नभई यो घटना अन्तराष्ट्रिय चर्चामा पुग्न थालेको छ। नेपाललाई बदनाम गराउने कार्यमा मुख्य दलका कठपुतली नेता जो जो आर्थिक प्रलोभनमा ढुबुल्की मारेका छन् तिनै भ्रष्ट नैतिकहिन चरित्रहिन व्यक्ति र त्यसका पछलंगुहरु नै मुख्य दोषी हुन भन्नेमा देशभक्त नागरिकमा दुई राय छैन।

Tweet
Share
Pin
Share